Monday, October 4, 2010

२०६७ साल दसैंको टीकाको साइत

काठमाडौं, असोज १८(ज्योतिर्विज्ञान मञ्च) यस वर्ष दसैंको टीकाको साइत असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ।
 नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २२ गते शुक्रबार बिहान ९:४१ बजे घटस्थापना, २६ गते मंगलबार पचली भैरवयात्रा र २८ गते बिहीबार फूलपाती एवं बिहान ११:३० बजे तुलजा भवानी यात्राको साइत परेको छ।
यसैगरी, असोज २९ गते शुक्रबार महाअष्टमी एवं कालरात्रि, ३० गते शनिबार महानवमी, ३१ गते आइतबार र खड्गयात्रासहित ११:०५ बजे भवानीको यात्राको साइत छ।
समितिले कात्तिक १ गते सोमबार अन्नपूर्ण यात्रा, कात्तिक ४ गते बिहीबार अखिल वलिपूर्ति र कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत रहेको उल्लेख गरेको गृह मन्त्रालयले पत्रमार्फत जानकारी गराएको छ

No comments:

Post a Comment

Google Search