Saturday, May 1, 2010

बेबकुफ बकबास गर्छस्

उक्त वाक्य मित्रराष्ट्र भारतका भूतपर्ूवप्रधानमन्त्री जवाहरलाल नेहरूले एक ज्योतिर्विज्ञानीप्रति गरेका हुन् । जुन आफैँमा अपमानजनक छ । तैपनि ज्योतिर्विज्ञानको महानताबाट नेहरू कसरी नतमस्तक भए भन्ने कुरा हामीले 'माया' मासिक पत्रिकाको डिसेम्बर १९७७ अंकबाट लिएका छौँ । उक्त पत्रिकाको पृष्ठ संख्या १०५ मा 'नेहरू र ज्योतिष' नाममा छापिएको सत्य घटनालाई यहाँ प्रस्तुत गर्दछौँ ।
संसद्को कारोबार स्थगित भएपछि सबै सांसद सदस्य आ-आफ्नो क्वाटरमा गए । त्यसै समयमा मौलाना अब्दुल कलाम आजाद बिरामी परेका थिए । बाथरुममा चिप्लेर लडेका थिए । डा. विद्यानचन्द्र राय उपचारमा संलग्न थिए र डाक्टरले उनलाई खतराबाट मुक्त छन् भन्ने बताएका थिए । श्री सत्यनारायण सिन्हा त्यसताका संसदीय मामिलाका मन्त्री थिए र जोपछि गएर सूचना प्रसार मन्त्री बने । उनले नेहरूजीको नजिक आएर सोधे- "मौलाना त ठीक छन् होइन - कुनै खतरा त छैन नि -" सत्यनारायण सिन्हाले विस्तारै भने एक ज्योतिषीले भविष्यवाणी गरेका छन् कि.... भन्दाभन्दै रोकिए । "के भने -" नेहरूजीले सोधे । "३-४ दिनमा त सिद्धिन्छन् रे" के भन्छौँ नेहरू झस्किए । डा. विद्यानचन्द्र रायजस्ता कुशल डाक्टरले उनलाई खतराबाट एकदमै बाहिर बताएका छन् ।" सत्यनारायण सिन्हा चुपचाप रहिरहे । नभन्दै चौथो दिन शिक्षामन्त्री मौलाना आजादको देहान्त हुन पुग्यो । त्यसपछि सत्यनारायण सिन्हालाई देख्नेवित्तिकै नेहरूजी काम्न थाले । उनको ज्योतिषसम्बन्धी नास्तिकता डगमगाउन थाल्यो ।
सन् १९७२ मार्च महिनामा नेहरूजी पुनाबाट दिल्ली फर्किएर आएका मात्र के थिए, उनलाई निकै ज्वरो आयो । डाक्टरहरूले यसलाई सिर्फथकाई भने तर बिरामी यस्तो बन्न पुग्यो कि नेहरू लगभग एक महिना जति थला नै परे । त्यसैबेला सत्यनारायण सिन्हाले भने, "पण्डितजी तपाईं आफ्नो चिना कुनै जयोतिषीलाई देखाउनुहोस्, ग्रहदशा के-कस्तो छन् - केही थाहा पाइएला ।" "बकबास" पण्डितजी कड्किए । गुलजारीलाल नन्दा पनि सँगै बसेका थिए । भने 'देखाउनुहोस् न देखाउँदैमा के नोक्सान छ र -' मौलाना अजादको कुरा स्मरण गर्दै नेहरूजी बोले 'ठीकै छ, बोलाउ, कस्ता ज्योतिषी रहेछन् ।" सत्यनारायण सिन्हाले बन्दोबस्त मिलाइदिए । ज्योतिषीले चिना हेरे र भने "तपाईंको कुनै घनिष्ठमित्रले यो वर्षतपाईंसँग विश्वासघात गर्नेछ र यसै वर्षचीनले भारतमाथि आक्रमण गर्नेछ ।" ज्योतिषीले यति मात्र के भनेका थिए, नेहरूजी एकदमैसँग बर्बराउन थाले 'बेबकुफ बकबास गर्छस्' यदि सत्यनारायण सिन्हाले उनको हात नसमाइदिएको भए सँगै रहेको कलमदानी ज्योतिषीको मुखमा फ्याक्ने थिए ।न ेहरूजी चिच्याउन थाले 'यिनै बेबकुफहरूले भविष्यावणी गर्दागर्दै देशको इज्जत नै खराब पारिदिएका छन् “Singha Get out ... I say Get out ... what nonsense” त्यस समयमा भारत-चीन मैत्री सम्बन्ध चरम् सीमामा थियो । सारा देशमा हिन्दी-चिनी भाइभाइको नारा गुञ्जिरहन्थ्यो । तर, केही हप्तापछि चीनले भारतमाथि अन्धाधुन्द हमला गर्न थाल्यो । नेहरूजी हड्बडाएर सत्यनारायण सिन्हालाई भने- "ती ज्योतिषीलाई बोलाउ ।" "तपाईं उसलाई मार्नु त हुँदैन नि..." नेहरूजी लजाए ।
त्यस दिनको अपमानको बाबजुद पनि ज्योतिषीजी आए । नेहरूजीले ज्योतिषीको हरेक कुरालाई ध्यानपर्ूवक सुने । ज्योतिषीले नेहरूजीको जीवन अल्पायु बताए र भने "केवल पूजापाठबाट मात्रै केही फाइदा हुनेछ ।" यी ज्योतिषीको सल्लाहअनुसार कालकाजी मन्दिरमा ५० ब्राहृमणले नेहरूजीको लामो आयुको लागि पूजा गर्ने गर्दथे । प्रतिदिन पूजापछि तिलक लगाइन्थ्यो तर यो कार्य अत्यन्त गुप्तरूपले गरिएको थियो । यी ज्योतिषीसँग नेहरूजीले इन्दिरा गान्धीको बारेमा पनि सोधेका थिए । ज्योतिषीले भने- "इन्दिराजी सर्वोच्च सत्तामा पुग्नेछिन् । तर अरूको भरोसाले उनलाई पतिन गर्नेछ । ६० वर्षो उमेरमा संकटको सामना गर्नुपर्ने हुन्छ । देहावसान निकै विषम परिस्थितिमा हुनेछ र इतिहासमा सधैँ स्मरण गरिनेछ । उनको जिद्धिपना शनिको रूपमा सधैँ अनिष्ठ गर्नेछ ।" ज्योतिषीजीले मनकै कुरा भनिदिएका थिए कि इन्दिराजी सर्वोच्च सत्तामा पुग्नेछिन् । सायद यसैले गर्दा होला नेहरूजी इन्दिराको लागि प्रयत्नशील बनिरहे ।

No comments:

Post a Comment

Google Search