Friday, April 30, 2010

नयाँ वर्षवि. सं. २०६७

नयाँ वर्ष नयाँ संवत्, संवत्सरहरू युगयुगान्तरसम्म घुमिरहेका हुन्छन् । जसरी कुमालेको चक्र घुम्दछ, त्यसैगरी, जीवनचक्र, समयचक्र घुमिरहन्छ । यसरी घुम्ने समयचक्रलाई घडी, पला आधुनिक भाषामा भन्दाखेरी सेकेन्ड, मिनेट र घण्टाको गणनादेखि लिएर दिन, महिना, अयन र वर्ष युगसम्ममा गणना गरिन्छ । हामी नयाँ वर्षवि. सं. २०६७ सालमा प्रवेश गरी नयाँ वर्षमनाउँदैछौँ । संवत् नयाँ वर्षो संस्कारमा पर्ने संस्कृति हो । यस्तो संस्कृतिलाई सभ्यताको वर्षगणनाको रूपमा पनि लिइन्छ । किनकि वर्षो गणना भएन भने सभ्यताको र इतिहासको जन्म पाउन सकिँदैन । त्यस कारण पनि इतिहास मानव समाज, मानव संस्कृति र मानव संस्कारको मात्र नभई भौतिक आधारको वर्षगणना पनि हो । प्राचीनता र आधुनिकताबीचको तुलनात्मक दृष्टिकोणमा सिंवाहलोकन गर्न समयको मापदण्डलाई पनि वर्षगणनाको रूपमा लिन सकिन्छ । धर्ममा इतिहास पुराण हो । इतिहासलाई पुराण स्मृति वा श्रुति मानिन्छ, इतिहास होस् या पुराण समयको गणनामा संवत्को भूमिका अकाट्य प्रमाणको रूपमा रहन्छ, चाहे त्यो संवत् इशापर्ूवको नै किन नहोस् । नेपालको इतिहासमा काल गणना र्सवप्रथम लिच्छविकालीन अभिलेखबाट प्रारम्भ भएको देखिन्छ । त्यो युगभन्दा पुरानो युग पुर्वलिच्छविकालीन युग मानिन्छ । भारतको आर्य सभ्यतालाई पनि पुर्व आर्य सभ्यता र उत्तर आर्य सभ्यता भनी नामाकरण गरेको प्रमाण छ । इशापुर्व वा कलिगत संवत् आजको इतिहासमा समयको काल गणना गर्ने माध्यम पनि संवत्को थालनी पाउनु अगाडिदेखि नै विद्यमान थियो भने बुझिन्छ । नेपालको वंशाबलीमा प्रचलित संवत्को प्रयोग कलिगत संवत् हो । यो कलिगत संवत्को नववर्षचैत शुक्ल प्रतिपदाबाट प्रारम्भ हुन्छ । भारतमा शकको शक्ति विस्तार भएपछि यो कलिगत संवत्को नामलाई परिवर्तन गरी शक संवत्को नामाकरण गरिएको प्रमाण भेटिन्छ । भारतको आधुनिक ज्योतिर्विद्को मतमा कलिगत संवत् श्रीकृष्णको देहवसानबाट प्राुम्भ भएको हो भन्ने पाइन्छ । वंशावलीको प्रमाणअनुसार द्वापर युगको अन्त्यपछि कलिगत संवत् आएको देखिन्छ । कलियुग प्राचीन मतमा ४,३२,००० वर्षम्म रहन्छ । अहिले यो विक्रम संवत् २०६७ सालको कलियुग संवत् ५१११ हो ।
वर्तमान नेपालको सरकारी कामकाजमा प्रयोग हुने संवत्चाहिँ विक्रम संवत् हो । विक्रम संवत् भनेको सुर्यको मेष राशि प्रवेशको आधारमा लिइएको हो । विक्रम संवत्को थालनी र्सर्ूयको मेष राशि प्रवेशसँगै हुन्छ । त्यसैले यो सुर्य सिद्धान्तको काल गणना पद्धति हो । नेपालको आफ्नो मौलिक परमपरागत पञ्चाङ्ग गणनामा सुर्य सिद्धान्तले प्राथमिकता पाएको देखिन्छ । कलिगत संवत्को आरम्भ चैत शुक्ल प्रतिपदाबाट राजा र वैशाख संक्रान्ति अर्थात् सुर्यको मेष राशि प्रवेशको समयको बारलाई मन्त्री मानी वर्षरिको भविष्यवाणी गर्ने प्रचलन पुर्वैय ज्योतिषमा पाइन्छ । नयाँ वर्ष२०६७ साल कलिगत संवत् ५१११, ६० प्रकारको संवत्सरमध्ये ३७ औँ संवत्सर शोभन नामको संवत् परेको छ । संहिता ज्योतिषअनुसार यो वर्षपानी राम्ररी पर्नेछ अन्न उब्जनी राम्ररी हुनेछ र कृषि उत्पादनमा वृद्धि हुन जानेछ । तर, नारद संहिताअनुसार यो वर्षजनतामा नयाँ रोग देखा पर्नेछ । आपसमा क्रोध र लोभले गर्दा हत्या, हिंसाजस्ता अपराधहरू बढ्नेछन् । आत्महत्याको घटना औँसी र पूणिर्माको आसपास बढी घट्ने छन् । यस वर्षवर्षो शासक ग्रह (राजा) मंगल र सहयोगी (मन्त्री) बुध ग्रह पर्ूर्वीय महादेशको लागि रहेका छन् भने अमेरिकी महादेशको लागि शासक (राजा) चन्द्रमा र सहयोगी (मन्त्री) मङ्गल हुन आएका छन् । एसियाली मुलुकका शासक ग्रह परस्पर विरोधी वर्गमा परेका हुनाले यो साल एसियाले दुःख उठाउनुपर्नेछ । प्राकृतिक आपतविपतदेखि राजनीतिक परिवर्तनहरू बढी देखिनेछ । अमेरिकी महादेशको लागि भने शासक ग्रह परस्पर मित्रवर्गमा पर्ने गएका छन् । जसको आशर्ीवाद् स्वरूप अमेरिका संसारमा आफ्नो प्रभुत्व जमाउन अझ सफल हुनेछ ।

No comments:

Post a Comment

Google Search