Friday, December 4, 2009

पुराणअनुसार राहु केतु,

पुराणअनुसार हिरण्यकशिपु राक्षसको सिंहिका नाम गरेकी पुत्रीको विवाह व्रि्रचित्ति नामक दानवसित भएको थियो । उक्त दानवको गर्भबाट राहुको जन्म भएको थियो । समुद्रमन्थनको समयमा जब श्रीविष्णु मोहनी रुप धारण गरेर देवताहरूलाई अमृत वितरण गरिरहेका थिए त्यसै समयमा राहुले पनि देवताको स्वरुप धारण गरेर देवताहरूको पंक्तिमा गएर बसी अमृतपान गर्‍यो । राहुले गरेको यस छलकपटलाई सूर्य तथा चन्द्रमाले देखिरहेका थिए । सूर्य तथा चन्द्रमाले विष्णुको संकेत पाएर वास्तविकता बताइ दिएपछि विष्णुले आफ्नो सुदर्शन चक्रद्वारा राहुको कन्चटमा प्रहार गरे । चक्रको प्रभावबाट राहुको शिर काटिइ अलग हुन गयो । तर अमृतपान गरेको हुनाले उ मर्न सकेन भने उसको शिर र शरीर अलग-अलग भए ।  त्यसपछि शिरको नाम राहु र शरीरको नाम केतु हुन गयो । त्यसै समयदेखि राहु र केतु सूर्य तथा चन्द्रमाका शत्रु भएर बसेर भने ग्रहण लगाउने काम उनीहरूको भयो । पुराणअनुसार राहु सूर्यदेखि १०००० योजन तल रहेको छ भने अन्य ग्रहझैं यिनीहरू आकाश मण्डलमा भ्रमण गरिरहेका छन् । ज्योतिष विज्ञानअनुसार अन्य ग्रहझैं सौर्यमण्डलमा राहु तथा केतुको कुनै ज्योतिपिण्ड नभएको बताइन्छ । यिनीहरूलाई पृथ्वीको उत्तरी तथा दक्षिणी धु्रवको छायामात्र मानिएको छ । प्राचीन भारतीय ज्योतिष विज्ञानमा मुख्य ग्रहको रुपमा ७ वटा ग्रहलाई मात्र मानिएको पाइन्छ । तर पछिगएर यी दुवै ग्रहलाई छाया ग्रहको रुपमा ग्रहमण्डलमा स्थान दिएको पाइन्छ । त्यसपछि ग्रहहरूको संख्या ९ पुगेको हो । केही विद्वानहरूले राहुको व्यास ३०,०००० मिल तथा पृथ्वीबाट यसको दूरी ९०,००,००० मिल टाढा रहेको मानेका छन् । राहु तथा केतु आपसमा ६ राशि अर्थात् १८० अंशको अन्तरमा बक्र-गतिबाट -उल्टो गतिमा) पर्रि्रमण गर्दछन् । यिनीहरू एक राशिमा १८ महिना  तथा १२ राशिमा पूरा भ्रमण गर्नको लागि १८ वर्षलगाएको पाइन्छ । नवग्रह मण्डलमा राहु केतुको कुनै स्थान प्राप्त भएको छैन । यिनीहरूको आफ्नो कुनै राशि पनि छैन परन्तु कुनै विद्वानहरूले कन्या राशिमा राहुको आधिपत्य मानेका छन् भने कुनै विद्वानहरूले वृष राशि र मिथुन राशिको १५ अंशसम्म भएकोलाई उच्च मानेका छन् । कुनै विद्वानहरूले कर्कट र कुम्भ राशिलाई मूल त्रिकोण मानेका छन् । राहु मेष, वृष, मिथुन कर्कट, कन्या, वृश्चिक र कुम्भ राशि तथा दशम भावमा बलवान् हुन्छ भनेका छन् । बुध, शुक्र र शनि यसको नैर्सर्गिक मित्र, सूर्य, चन्द्रमा र मंगल शत्रु, वृहस्पति राहु वा केतुको समभाव भएको पाइन्छ । यसको गणना क्रूर ग्रहमा गरिएको छ । वृष र तुला लग्नमा यसलाई योगकारक मानिन्छ । आर्दा ,स्वाति तथा शतभिषा नक्षत्रमा यसको विशेष प्रभाव हुन्छ ।

No comments:

Post a Comment

Google Search