Sunday, October 31, 2010

" यो औंठी मेरो गुडलक हो " बैंकर किशोर महर्जन

हातमा ३ वटा सुनका औंठी छ 'रुबी' र 'पुष्पराज' जडिएका । पूर्व दिशा फर्केको कार्यकक्षमा टेबुलको अगाडी र पछाडि भगवान गणेशको कलात्मक विशाल पेन्टिङ छ । दायाँ भित्तामा झुण्ड्याइएको छ गणेशकै बिम्ब मानिने हात्तिको आधादर्जन श्वेतप्रतिमा । दायाँ हातमा सुनको ब्रासलेटभन्दा पनि उनलाई माया लाग्छ घाँटीमा झुण्ड्याइएको गणेशको प्रतिमाको ।
निर्माणाधिन अवस्थामै रहेको सिभिल बैंकको कमलादीस्थित मुख्य कार्यालयमा निकै हतारमा भेटिएका बैंकर किशोर महर्जन अचेल वास्तु र चिनाराशीमा आस्था राख्ने भएछन्
 हुन त म आस्तिक होइन न त नास्तिक नै हुँ कुराकानीको शुरुमै उनले आफुलाई धर्मभिरुको आरोपबाट मुक्त गराए पनि भन्न भ्याए धर्म अनुशाशन हो धर्ममा विश्वास नगर्ने मान्छेले कहिल्यै अरुलाई सम्मान गर्न जान्दैन । ऊ अनुशाशनहिन र अराजक हुन्छ ।
 पछिल्लो समयमा चर्चित बैंकर किशोर महर्जनले हातभरी औंठी लगाउन थालेको ८ महिना मात्र भएछ । त्यसयता उनमा ज्योतिषिय आस्था निकै बढेको छ । भगवान गणेशका भक्त किशोरलाई धातुजडित औंठीको शरणमा पुर्याउने घट्ना पनि नयाँ खुल्न लागेको सिभिल बैंकसँगै जोडिएको छ ।
 सनराइज बैंकको चारबर्षे करारलाई दुईबर्षमै भङ्ग गरेर उनी खुल्ने तयारीमा रहेको सिभिल बैंक पुगे । त्यो गतबर्षको दशैं अगाडिको कुरा थियो । तिहार अघि नै बैंक स्थापनाको एलओआई लेटर अफ इन्टेन्ट आउँछ भनेर उनी तम्तयार भए । तर आएन । मंसिर भनियो आएन । पुस र माघ पनि बित्यो । फागुनमा बैंक शुरु गर्न उनले कर्मचारी भर्ना गरेर ठिक्क पारे तर फेरी उही नियती दोहोरियो ।ठुलै महत्वाकांक्षा बोकेर सनराइज पुगेका उनी एउटा तनावका बिच सिभिलसँग जोडिएका थिए तर यता पनि काम भैरहेको थिएन । उनी लगभग निराशझैं भए । यसैबिच एक नजिकको मित्रले भन्यो 'तलाइ 'ब्याडलक' छ, चिना नदेखाई हुँदैन ।'  उनैले भारतको दिल्लीमा रहेका एक 'बाबा'को विषयमा सुनाए । दिल्ली जाँदा तिनै मित्रलाई आफ्नो 'चिना' पठाए किशोरले । 'त्यसपछि बाबाले औंठी लगाउने सुझाव दिनुभयो मैले त्यही आज्ञा परिपालन गरेु दिल्लीबाट आएको औंठी देखाउँदै उनले आफ्नो भाग्यवादतर्फको यात्राबारे सुनाए ।
 औंठीको फाप र अफापु सिद्धान्तप्रति पनि उनको ज्ञान छ । परिक्षणकै शैलीमा उनले सुनाए- 'चिना हेराएर लगाएको औंठीलाई सिक्रीमा राखेर तुर्लुङ्ग झुण्ड्याउँदा घडी दिशामा घुम्यो भने फाप्छ उल्टो घुम्यो भने फाप्दैन । घडी दिशामा जति छिटो घुम्यो त्यति नै बढी फाप्ने हुन्छ ।'
उनको हकमाचाहिँ के भयो त  अब यसबारे जानौं उनकै मुखबाट । 'मेरोमा पनि घडि दिशामा नै घुम्यो । गत पुसदेखि मैले यी औंठी लगाएँ त्यसपछि बैंकको काम अघि बढ्यो । राष्ट्र बैंकले कागजातहरु मगाउन थाल्यो । संयोग नै होस् रोकिएको काम त शुरु भयो । अहिले हामी बैंक सन्चालनको अन्तिम चरणमा छौं । तर म यसलाई संयोग मात्रै मान्दिनँ ।'
उनी अचेल औंठीप्रति एक प्रकारले परनिर्भर जस्तै भैसकेछन् । सुनाए 'यदाकदा म औंठी खोलेर घरमै राख्छु । केही दिन यसै काम गर्दा 'अनईजी-फिल' हुन्छ । फेरी कामकाजमा ब्यवधान आउँछ औंठी लगाउँछु समस्या पार लाग्छ ।'
 किशोरको जीवनमा 'औंठी महिमा' यतिमै सकिदैँन । एउटा बैंकस्रको नाताले भोगेको ७ बर्षदेखिको पीडा उनले यसैबर्ष पार पाउँदैछन् । यसमा एउटा लामो कथा छ  - :
 सातबर्षअघि उनी हिमालयन बैंकमा डिजिएम थिए । त्यसबेला कृषि सामग्री संस्थानले इजराइलबाट रसायनिक मल झिकाउँथ्यो । उनले इजराइली कम्पनीको नाममा एलसी खोलिदिए । सिटी बैंकमार्फत १६ लाख डलर भुक्तानी गयो तर मल आएन । त्यसपछि शुरु भयो उनको दशा । विदेशी मुद्रा घोटालाको आरोपमा उनलाई राजस्व अनुसन्धान विभागले मुद्दा हाल्यो अख्तियारले कठघरामा झिकायो । वकिल अख्तियार राजस्व र राष्ट्र बैंकको तारेखमा उनका दिनहरु बित्न थाले ।
हिमालयन बैंकको कर्मचारीको हैसियतले खेपेको मुद्दाले उनलाई सनराइज हुँदै सिभिल आइपुग्दा पनि छोडेन । अमेरिकी डलर घोटाला काण्ड निप्ट्याउन बेलायतको सिटि बैंक र हिमालयन बैंकले इजराइली कम्पनीबिरुद्ध मुद्दा हालेको थियो । गतबर्ष त्यो मुद्दाको तारेख खेप्न उनी इजराइल गए ।
इजराइली अदालतको कठघरामा उभिएर किशोरले आफ्नो निदोर्षिताको प्रमाण पेश गरे । उनको बयान र कागजातलाई विश्वास गर्दै अदालतले फैसला गर्यो । उनीहरुले मुद्दा जिते । सात बर्षपछि पैसा फिर्ता आयो । उनले भने 'सायद यो बर्षदेखि त्यो मुद्दाबाट पार पाउँछु होला । अख्तियारले सफाइ दिइसक्यो अब राजस्वमा अदालतको कागजात पेश गर्न बाँकी छ ।'
 जतिखेर उनी सिभिल बैंकको सिइओ भएर हिमालयन बैंकको कर्मचारीको हैसियतमा इजराइली अदालतको कठघरामा थिए । त्यतिखेर उनलाई लाग्यो बैंकस्र हुनु साँच्चिकै सजिलो छैन । अरुले देख्ने हाइफाइ र शानभित्रको समस्याहरु पनि थुपै्र छन् ।
त्यहिबेला थियो उनले औंठि लगाउन शुरु गरेको । जब विदेशी अदालतमा उनले मुद्दा जिते औंठीप्रतिको उनको प्रभाव अब विश्वासमा परिणत भयो । भज्छन- 'यो मेरो गुडलक हो ।'

No comments:

Post a Comment

Google Search