Wednesday, October 21, 2009

तन्त्र परिचय


तनादिगणपठित तुन धातुदेखि उणादि 'ष्ट्रन्' प्रत्यय गर्दा तन्त्र शब्द बन्दछ । यसको सामान्य अर्थ फैलावट हो । त्यसैले तन्त्रशास्त्रमा आफ्नो इष्टदेवीको विषयमा पूजा, पाठ, मन्त्र, न्यास, ध्यान पुरश्चरण आदिको विस्तृत विवरण पाइन्छ । तन्त्र भन्नाले सामान्य जनमानसमा जादु, टुना, झारफुक, मारण, मोहन, वशीकरण, स्तम्भन उच्चाटन, लाग, छोड आदिको बोध हुन्छ । कसै-कसैले त यसलाई वेदविरुद्ध, पञ्चमकारको प्रयोग गर्ने र अश्लील कर्ममा आधारित भनेर पूरै तन्त्रलाई नै निन्दा गर्दछन् तर तन्त्र शास्त्रको वास्तविक विषय उच्च छ, आदर्शमय छ , र नियमबद्ध छ । पूज्य गुरुको निर्देशनमा उपासना गर्दा षट्चक्र भेदन गरी स्वयं शिवमय बन्ने विधिको यो शास्त्रमा वर्ण्र्ााछ । सच्चा साधकको लागि त भोग र मोक्ष दुवै वस्तु दुई हातका लड्डु हुन् । त्यसैले शास्त्रमा भनिएको छ-'ओगश्च मोक्षश्च करस्थ एव' । सच्चा हृदयले भक्तिपूर्वक इष्टदेवीको उपासना गर्ने साधकका सामु वाक्य सिद्धि हुनु, स्वतः सांसारिक सुखभोगका साधन प्राप्त हुनु, शरीरबाट सुगन्ध निस्कनु, अष्टसिद्धि प्राप्त हुनु आदि त साधारण विषयमात्र हुन्, यस्ता सुख-भोगमा कुराहरू मोक्षमार्गका लागि भने बाधक नै हुन् । सच्चा तान्त्रिकका लागि यी तुच्छ कुरा हुन् । उसको उद्देश्य परम पद प्राप्त गरी शिवमय बन्नु हो ।
तन्त्रशास्त्रमा मुख्य आराध्या देवी दश मानिन्छन् । यिनलाई दश महाविद्या भनिन्छ । दक्षप्रजापतिको यज्ञमा हठात् जान लागेकी सतीदेवीलाई शिवजीले रोक्न खोज्नुभयो । त्यो समयमा शङ्करदेखि दश दिशाबाट उम्कन खोज्ने सतीदेवीको अवतार मानिएका दश देवी नै दश महाविद्या हुन् । दश महाविद्या भन्नाले १.काली २. तारा ३. षोडशी -(त्रिपुरसुन्दरी) ४. भुवनेश्वरी ५. छिन्नमस्ता ६. भैरवी (त्रिपुर भैरवी) ७. धूमावती ८. बंगलामुखी ९. मातङ्गी १०. कमला (लक्ष्मी) यी दश भगवतीलाई बुझिन्छ । यी भगवतीका १. महाकाल २. अक्षोभ्य ३. पञ्चवक्त्र शिव ४. त्र्यम्बक ५. कबन्ध ६. दक्षिणमूर्ति -(कालभैरव) ७. एकवक्त्र ८. महारुद्र ९. मतङ्ग १०. सदाशिव (विष्णु) यी पुरुषहरू हुन् । यी महाविद्याका आ-आफ्नै मन्त्र, पूजापद्धति, ध्यान, न्याय, स्तोत्र, पुरश्चरणहरू छन् ।
माथि उल्लेखित सबै भगवतीहरू नाम, रूप र कार्यका कारण भिन्दा-भिन्दै देखिए पनि आखिरमा परब्रह्मस्वरूपा भगवती भने एक नै छिन् । यी परब्रह्मस्वरूपा भगवती कहिले नवदर्ुगा, कहिले दश महाविद्या, कहिले अष्टमात्रिका बनेर लीला गर्दछिन्, त्यसैले सप्तशती -चण्डी) मा भनिएको छ-'एकैवाहं जगत्यत्र द्वितीया का ममापरा ।'

No comments:

Post a Comment

Google Search