Sunday, October 18, 2009

पुर्बजन्मको पाप र पुण्य


ज्योतिष शास्त्रमा केवल यस जन्मको घटना मात्रै नभएर (पुर्बजन्मको -जन्मनु भन्दा अघिल्लो) फल पनि थाहा हुन्छ । पहिलाको जन्ममा उसले के कस्तो पाप या पुण्य गरेको थियो । त्यसको फल यस जन्ममा भोग्नु पर्ने ज्योतिष शास्त्र बनाउँछ । कुनै पनि व्यक्तिको पुर्बजन्मको स्थिति कस्तो थियो । उ कुन योनीमा जन्म लिएको थियो । उसले के कस्तो फल भोगेको थियो । यि सबैको विवरण महान् ज्योतिष ग्रन्थ भृगु संहितामा उल्लेख छ ।
भृगु संहिता अनुसार पुर्बजन्ममा भएका घटनाक्रमको जानकारीको लागि जन्म कुण्डलीमा स्थिति सबै ग्रहको शुभाशुभ स्थितीको विचार गर्नु पर्दछ । कुन ग्रह बलवान र कुन ग्रह निर्वल छ । कुन शुभ छ कुन पाप पीडित छ । ति सबैको जानकारी हुनु पर्दछ । जुन ग्रह अशुभ फलदायक बनिरहेको छ, त्यस ग्रहसँग सम्बन्धित विषयको बारेमा व्यक्तिले पुर्ब जन्ममा अशुभ कार्य गरेको हुनेछ र त्यसैको फल यस जुनीमा भोग्दछ । अब कसले पुर्बजन्ममा के कस्तो कार्य गरेको थियो त भन्ने बुझ्नलाई जन्म कुण्डलीको अष्टम भावको विचार गर्नु पर्दछ । जन्म कुण्डलीमा अष्टम भावलाई मृत्यु आयु रहस्यमय विषय पुर्बजन्म तथा दैविकृपाको भाव मानिन्छ । अतः अष्टम भावको ग्रहस्थिति अनुसार पुर्ब जन्मको पाप पुण्य यस प्रकार छ ः-
१.  यदि अष्टम भावमा कुनै पनि ग्रह निच राशिमा या पाप ग्रहको प्रभावमा पीडित भएको छ भने यस्ता व्यक्तिले निश्चय नै पुर्बजन्ममा पाप कर्म गरेको हुनेछ र वर्तमान जीवनमा त्यस ग्रहको पालोमा विभिन्न दुःख कष्ट र दण्ड भोग्दछ ।
२.  अब यदि अष्टम भावमा सुर्य निच या पाप पीडित भएर बसेको छ भने यस्ता व्यक्तिले पुर्ब जन्ममा राज्यको, सत्ताको एवं आफ्नो अधिकारको दुरूपयोग गरेर अनेकौं व्यक्तिलाई पीडित गरेको हुनेछ । त्यसैले यस्ता व्यक्तिलाई राज्यदण्ड लाग्नेछ ।
३.  यदि उक्त स्थितिमा चन्द्रमा छ भने व्यक्तिले पुर्ब जन्ममा आफ्नो आमा सानीमा, काकी या मातातुल्य स्त्रीलाई सताएको दुःख दिएको हुनेछ । त्यसैले यस जुनीमा उसले मातृसुख पाउँदैन ।
४.  यदि मंगल निच वा पाप पीडित भएर अष्टम भावमा जन्म कुण्डलीमा छ भने व्यक्तिले पुर्बजन्ममा आफ्नो शारिरीक बललाई प्रयोग गरेर मारपिट खुन खराब मच्चाएको हुनेछ । अंगभंग पनि गरिदिएको हुनेछ । त्यसैले वर्तमान जन्ममा यस्ता व्यक्तिको अंगभंग हुन जानेछ । बारम्बारदुर्घटनाको शिकार बन्नेछ ।
५.   यदि बुध छ भने पुर्ब जन्ममा आफ्नो कुटील बुद्धिको कारणले अनेकौंसँग धोका गरि उनीहरूबाट नाजायज फाइदा उठाएको हुनेछ । जसले गर्दा वर्तमान जन्ममा उसको ज्ञानले भाग्यलाई साथ दिदैन ।
६.    यदि गुरु अष्टम भावमा निच या निर्वल छ भने पुर्बजन्ममा व्यक्तिले आफ्नो कर्तव्य एवं दायित्वबाट बिमुख भएर चरित्रहीनताले जीवन व्यतित गरेको हुनेछ । माता पिता एवं गुरुजनलाई सताएको हुनेछ ।
७.  यदि शुक्र छ भने पुर्ब जन्ममा आफ्नो पत्नी या प्रेमिकामाथि अत्याचार गरेको घरमा स्त्री या प्रेमिका हुँदाहुँदै भनेकौं स्त्रीसँग व्यभिचार गरेको हुनेछ । जसको फल वर्तमान जीवनमा पत्नी सुख कम मिल्नेछ या स्त्रीको पीडा सहनु पर्नेछ ।
८.  यदि शनी अष्टम भावमा निच या पाप स्थितिमा छ भने यस्ता व्यक्तिले पुर्बजन्ममा सेवक एवं मजदुरमाथि अत्याचार गरेको उनीहरूलाई पीडा दिएको हुनेछ भन्ने बुझ्नु पर्दछ ।
९.  यदि राहु/केतु उक्त स्थितिमा छ भने पुर्बजन्ममा आचरण भ्रष्ट बदमास थियो भन्ने बुज्नुपर्दछ ।
यो त भयो पुर्बजन्मको हाल अब पुनर्जन्म आगामी जन्म कस्तो हुनेछ भन्ने थाहा पाउन द्वादश भावलाई विचार गर्नुपर्दछ । द्वादश भावमा कुनै ग्रह निच या पाप स्थितिमा छ भने उसको आगामी जन्ममा विभिन्न पाप कार्यहरू गर्दछ ।
यदि द्वादश भावमा केतु शुभ प्रभावमा छ भने व्यक्तिले अर्को जन्ममा जन्मनु पदैन उसलाई मोक्ष मिल्लेछ । द्वादश केतुलाई मोक्षदायक मानिएको छ । द्वादशमा कुनै पनि ग्रह स्वराशि या उच्चमा छ भने उसको आगामी जन्म शुभ हुनेछ ।

No comments:

Post a Comment

Google Search