Monday, October 19, 2009

तन्त्रशास्त्रमा क्रमदीक्षा

तन्त्रशास्त्रमा क्रमदीक्षाको अति महत्व छ । क्रमादीक्षाको क्रममा मन्त्रग्रहणलाई पर्ूवाधारको रूपमा स्वीकार गरिएको छ । मन्त्रग्रहण गर्दा वर्ग जुराउनु पर्छ । मन्त्र लिने र मन्त्रको वर्ग शत्रु पर्न गएमा त्यो मन्त्र जर्ुर्दैन।
वर्गचक्र
वर्ग            अक्षर
गरुड    अ, आ, इ ,इ, उ, ऊ, ऋ, ऋ,लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः   
बिरालो     क, ख, ग, घ, ङ,
सिंह    च, छ, ज, झ, ञ
कुकुर    ट, ठ, ड, ढ, ण
र्सप    त, थ, द, ध, न
मुसो     प, फ, ब, भ, म
मृग    य, र, ल, व
भेडो    श, ष, स, ह
(बाराही तन्त्र)
यसको उदाहरण-
अरूण नाम गरेको व्यक्तिले 'त' अक्षरबाट उठेको मन्त्र ग्रहण गर्दा 'अ' अक्षरको गरुड वर्ग र 'त' अक्षरको र्सप वर्ग  भएकोले र्सप र गरुडको सधैं शत्रुता भएकोले यो मन्त्र जर्ुर्दैन । 'अ' बाट नाम उठेको मन्त्र भने जर्ुछ । यसमा व्यवहारअनुसार पनि विचार गर्नुपर्छ । आफ्नो वर्गदेखि पाँचौं वैरी र चारौं मित्र हुन्छ ।

No comments:

Post a Comment

Google Search