Thursday, November 5, 2009

खोजी पानीको

चन्द्रमामा पानी पाइने आशामा अमेरिकन अन्तरिक्ष अनुसन्धान केन्द्र -नासा) ले १८ जुन, २००९ को दिन स्थानीय समयअनुसार साँझ ५:३२ मा Cape Canaverall Air Force Station Florida बाट Lunar CRater Observation and sensing Satellite (LCROSS) नामक भूउपग्रह प्रक्षेपण गरेको थियो र त्यस भूउपग्रहले चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेट्टाउने विश्वास गरिएको छ ।
चन्द्रमा र पुर्विय ज्योतिष

पुर्वीय (Vedic) ज्योतिषमा चन्द्रमालाई जलतत्व ग्रह चन्द्रमा मानिन्छ । जब पूणिर्माको दिन चन्द्रमा पूर्णरूपले दाउँदछ । तब यसले आफ्नो आकर्षा शक्तिको बलले पानीलाई आफूतिर अर्थात् आकाशतर्फखिच्दछ र समुद्रमा ज्वारभाटा आउँदछ । चन्द्रमा जलीय ग्रह भएको प्रमाण अथर्व वदेको १८ सकन्दमा सुक्त ४ को मन्त्र ८ र ९ मा व्याख्या गरिएको छ ।
चन्द्रमा अपस्वन्तरा सुपणौ धावतीदिवि नवी हिरण्य ।
नेमयः पदं विन्दन्ति विद्युतो वित्रमे अस्य रोदसी ।
के चन्द्रमामा पानी सम्भव छ ?
के चन्द्रमा पानी सम्भव छ त भन्ने विषयमा हामी आत्मविश्वासको साथ भन्न सक्दछौँ कि चन्द्रमामा पानी सम्भवछ । किनकि हजारौँ वर्षपहिले हाम्रा ऋषि-महषिर्हरूले आफ्नो योग विद्याको आधारमा ब्रहृमाण्डको जुन व्याख्या गरिएका थिए, सतप्रतिशत वैज्ञानिक परीक्षणमा खरो उत्रिएकोछ । पुर्वीय ज्योतिषले मङ्गललाई रातो रङ्को मान्दछ  र, आधुनिक अन्तरिक्ष वैज्ञानिक पनि मङ्गललाई रातो ग्रह Red Planet भनेर नै सम्बोधन गर्दछन् । चन्द्रमामा जल भएको आफ्नो योगविद्याले देखेका हुनाले नै चन्द्रमालाई
जलतत्वको रूपमा स्वीकार गरिएको हुनर्पर्दछ भन्ने हाम्रो वश्वास र निष्कर्षरहन्छ । भूउपग्रह्रह प्रक्षेपण समयको ग्रह्रहस्थिति भूउपग्रह LCROSS प्रक्षेपण भएको समयमा तुला लग्नको मिथुन नवांश उदाइरहेको थियो । तुला लग्नमा शनिको उच्च दृष्टि पर्नु र लग्नमाथि बृहस्पति, शुक्र, मङ्गल, चन्द्रमाको पूर्ण दृष्टि पर्नाले लग्न बलियो रहेको देखिन्छ । तर, दुःखको कुरा चन्द्रमा केतुको नक्षेत्र शनिको भुक्ति ९क्गदयिचम० मा रहेको हुनाले यस मिसनले धेरै समय लगाउने छ र केही प्राविधिक कठिनाई आउनेतर्फपनि संकेत गर्दछ । किनकि ज्योतिर्विज्ञानमा चन्द्रमा मन (इच्छा) र शनि (ढिलो) ग्रहको रूपमा चिनिन्छ । वर्तमान समयमा फेब्रुअरी २२, २०१० सम्म केतुभित्र शनिको अन्तर छ । केतुभित्र शनिको अन्तरज्योतिष विज्ञान दुःख, कष्ट, खर्चिलो र झन्झटिलो मान्दछ । त्यसैले यस मिसनले सफलता पाउन गाह्रो हुने देखिन्छ ।
उपसंहार
चन्द्रमामा पानीको खोजीको लागि गरिएको यो प्रयास मानव मस्तिष्कको प्रखर मस्तिष्कको अतुलनीय योगदान हो । यो योगदान मानव जातिको लागि गौरवको विषय रहिरहने छ । पुर्वीय ज्योतिषले चन्द्रमालाई जलीय ग्रहको रूपमा स्वीकार्नु र वैज्ञानिकहरूले त्यसको परीक्षण गर्नु आफैँमा रोमाञ्चक विषय हो । भूउपग्रह प्रक्षेपण गरिएकोसमयमा ग्रह केही बाधक देखिए तापनि यस प्रयासले पूर्ण सफलता पाओस् र पुर्वीय दर्शन एवं वर्तमान भौतिक खोजबीच समानान्तर सम्बन्ध रहिरहोस् ।

No comments:

Post a Comment

Google Search