Sunday, November 1, 2009

जन्म कुण्डली Natal Chart

जन्म कुण्डलीलाई बुझ्नको लागि र्सव प्रथम सौर मण्डल Solar System को बारेमा केही जान्नु आवश्यक छ । किनकि ज्योतिषशास्त्र आकाश मण्डलका अनगिन्ती तारा मण्डलहरू मध्यको केवल हाम्रो सौर्य मण्डलसँग मात्रै सम्बन्ध राख्दछ । आकाशमा यस्ता अनेकौं सौर्यमण्डल भएको वेद पुराणमा उल्लेख गरिएको छ । त्यसैले हाम्रो सौर्यमण्डलका सूर्य  लगायत ९ ग्रहको जानकारी हुन जरुरी छ । हाम्रो ज्योतिष शास्त्रमा ९ ग्रह १. सूर्य २.चन्द्रमा ३.वृहस्पति ४. शुक्र ५. बुध ६.मंगल ७. शनी ८. राहु ९ केतु छन् । पाश्चात्य देशमा प्रजापति Uranus तथा बरुण Neptune लाई पनि ग्रहको रूपमा मान्दछन तर हामी ९ ग्रहलाई मात्रै प्राथमिकता दिन्छौं किनकि पाश्चात्य ज्योतिर्विदले मानेका ग्रहहरू पृथ्वी भन्दा धेरै टाढा रहेका हुनाले त्यसको प्रभाव कम मात्रामा पर्दछ । हाम्रो ज्योतिषशास्त्रमा ९ ग्रहको अतिरिक्त २७ नक्षत्रको पनि महत्व छ । नक्षत्र ताराहरूको समुह हो । पृथ्वी सहित चन्द्रमा ग्रह तथा नक्षेत्र सूर्यको वरिपरी घुम्दछन् ।
पृथ्वी जुन मार्ग भएर सूर्यको परिक्रमा गर्दछ त्यसलाई क्रान्तिवृत्त Ecliptic  भन्दछन् र यो मार्ग अण्डाकार छ । क्रान्तिवृत्तको उत्तर र दक्षिण दिशामा ९-९ अंशको एक कल्पित पेटी Belt खिचिएको छ । यो १८ अंशको भागलाई नै राशिचक्र Zodiac भनिन्छ । यो राशि चक्रको मान ३६०. मानिएको छ । पृथ्वी सहित अन्य ग्रह चन्द्रमा तथा नक्षत्र (तारा समूह) क्रान्तिवृत्तमा या त्यसको उत्तर दक्षिण दिशामा राशिचक्रको १८ अंशको पेटीमा घुम्दछन् तथा विभिन्न समयमा सूर्यको परिक्रमा गर्दछन ।
कुनै व्यक्तिको जन्म समयमा जन्म स्थानको आकाशमा राशिचक्र Zodiac को जुन नक्शा बन्दछ । त्यसैलाई जन्म कुण्डली Natal Chart भन्दछन् । कुण्डलीमा सूर्यचन्द्रमा ग्रह तथा नक्षत्रको स्थिति देखाएको हुन्छ ।

1 comment:

Google Search