Thursday, April 15, 2010

धर्मको आवश्यकता र महत्त्व

सुमोदवर्धन कौण्डिन्न्यायन
धर्मको आवश्यकता र महत्त्वका विषयमा स्वाद्ध्यायशालाबाट प्रकाशित वैदिक धर्म मूल रूपमा -२०४५) भन्ने ग्रन्थका प्रमुख आधारबाट संक्षेपमा तल केही लेखिन्छ । मानिसहरु जन्मैदेखि प्रायः बहिर्मुखी हुने हुनाले इन्द्रियहरुका शब्द, र्स्पर्श, रूप, रस, गन्ध विषयहरुमा आकृष्ट हुन्छन् । कोही-कोही धीर व्यक्ति मात्रै आप\mनो दृष्टिलाई अन्तर्मुखी बनाएर अमरता प्राप्त गर्न आत्मस्वरूपको विचार गर्नतिर लाग्छन् । मानवको यस प्रकारको सहज प्रवृत्तिले गर्दा आप\mनो हृदयलाई सुसंस्कृत गर्न नसकेका व्यक्तिहरु आफू जनबल, धनबल, शरीरबल इत्यादिले सम्पन्न हुँदा असहाय, निर्धन, दर्ुबल, सोजा र निमुखा मान्छेहरुलाई पिर्ने, लुट्ने, दबाउने, सताउने, तर्सर्ााे इत्यादि गरी आप\mना न्याय्य-अन्याय्य सबै इच्छा पर्ूण्ा गर्ने प्रयास गर्छन् । साथै आफू त्यति धेरै सबल नभए तापनि कतिपय अपराधी स्वभावका व्यक्तिहरु पनि नाना प्रकारले सज्जनलाई दुःख दिने गर्छन् । यस्तो प्रवृत्तिले मान्छेको व्यक्तिगत, कौटुम्बिक, सामाजिक र राष्ट्रिय जीवन-यात्रामा धेरै बाधा-व्यवधान ल्याउँछ र उन्नतिका मार्गमा विभिन्न प्रकारले अवरोध खडा गर्दछ ।
मानिसका उक्त प्रकारका सहज दुष्प्रवृत्तिबाट व्यक्ति, कुटुम्ब, समाज र राष्ट्रलाई जोगाउन राष्ट्रमा दण्डको र दण्डधारी व्यक्तिको पनि व्यवस्था गरिन्छ । तर ती दुवै मान्छेका हृदयमा गहिरो प्रभाव पार्न प्रायः अर्समर्थ देखिन्छन् । तर्सथ टाठाबाठाहरु र धनि-बलीहरु दण्डलाई छलेर नाना प्रकारका अपराध गर्छन् । सामाजिक असम्मतिले पनि मान्छेको त्यस प्रकारको दुष्प्रवृत्तिमा केही रोक लगाउने गर्छ । तर त्यो पनि त्यस दुष्प्रवृत्तिको मूल जरो उखेल्न र्समर्थ हुँदैन । त्यसैले दर्ुजनहरु समाजका आँखा छलेर गम्भीर अपराध पनि गर्ने गर्छन् । धर्मविचार नै एउटा यस्तो कुरो हो, जसले मान्छेका हृदयभित्र पसेर उक्त दुष्प्रवृत्तिको जरै उखेल्न सक्छ । त्यसैले शास्त्रमा परस्परको भयले र राजदण्डको भयले मात्र पापको वा दुष्प्रवृत्तिको र्सवांशमा नियन्त्रण हुन नसक्ने र त्यसका लागि यमराजको दण्डको पनि आवश्यकता पर्ने कुरा देखाइएको छ । जस्तै(
राजदण्डभयादेके पापाः पापं न कर्ुवते ।
यमदण्डभयादेके परलोकभयादपि ।।
परस्परभयादेके पापाः पापं न कर्ुवते ।
एवं सांसिद्धिके लोके र्सवं दण्डे प्रतिष्ठितम् ।।
- महाभारत, शान्तिपर्व १५।५-६
मनुस्मृतिमा मान्छेलाई आत्मविचारतिर उन्मुख गराएर पाप वा दुष्प्रवृत्तिबाट निवृत्त हुन सचेत गराइएको छ -८।८४,९१,९६) । यस प्रकार पापबाट वा दुष्प्रवृत्तिबाट बच्न प्रत्येक मान्छेलाई आफै सावधान हुन प्रेरणा गर्ने तत्त्व धर्मविचार नै हो भन्ने कुरा स्पष्ट हुन्छ । निर्दलतावादी, साम्यवादी, समाजवादी, लोकतन्त्रवादी इत्यादि नाना प्रकारका राष्ट्रनीतिसम्बन्धी आदर्शका पक्षधरसमेत समाजका सबै नै सदस्यका लागि कर्तव्य र अकर्तव्यको एउटा भरपर्दो मर्यादाको रेखा आवश्यक हुन्छ, त्यो नभै वास्तविक राष्ट्रिय उन्नति र सुखशान्ति हुन सक्दैन, "जतिञ्जेल बाँचिन्छ सुखैसित बाँच्नपर्छ, ढाँटिछली रिनसिन गरेर भए पनि घिउ नै खानपर्छ, ढाँटछल गरेको पापको फल अर्का जुनीमा पाइन्छ र अहिले खाएको रिन अर्का जुनीमा तिर्नपर्छ भन्ने कुरा हुन सक्दैन, मरेपछि पोलेर खरानी पारिएको शरीर फेरि कहाँबाट खडा भएर आउँछ र-"
यावज् जीवेत् सुखं जीवेदृणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।।
( चार्वाकदर्शन
भन्ने नास्तिकचार्वाकसिद्धान्तका आधारमा सामाजिक न्यायको र सुखशान्तिको वातावरण स्थापित हुन सक्दैन । राष्ट्रनीतिसम्बन्धी विविध प्रकारका आस्था भएका सबै नै लोकहितैषी युवक र प्रौढहरुले आप\mनै मन, वचन र कर्मलाई सन्मार्गमा नलगाई आफू, कुटुम्ब, समाज, राष्ट्र र विश्वलाई वास्तविक रूपमा उँभो लगाउन ठूलो काम केही पनि गर्न सकिँदैन भन्ने कुरा वारंवार सम्झनु आवश्यक देखिन्छ र उनीहरुले आप\mना मन, वचन र कर्मलाई सन्मार्गमा लगाउन धर्मविचार गर्नु परमावश्यक छ भन्ने बुझनपर्छ ।
यसरी मानवको व्यक्तिगत, कौटुम्बिक, सामाजिक, राष्ट्रिय र र्सार्वभौम न्याय्य जीवनयात्रालाई समुचित रूपमा चलाउनमा वास्तविक धर्मभावनाको ठूलो स्थान देखिन्छ । त्यति मात्र हैन, मानिसका वशमा नभएका बुढयाइँ, रोग, मृत्यु, प्रियवियोग, घर-खेत-धनको नाश इत्यादि अनिष्ट विषयबाट हुने दुःख र शोकका समयमा र प्रियसंयोग, धनलाभ, बललाभ इत्यादि इष्ट विषयबाट हुने हर्षर समृद्धिका समयमा पनि मानिसको हृदयलाई न्याय्य मार्गमा चल्न तथा शान्तिपर्ूण्ा र सन्तुलित जीवनयात्रा चलाउन प्रेरित गर्ने तथा दृढ सहायता दिने तत्त्वका रूपमा पनि धर्मविचारको स्थान ठूलो देखिन्छ । धर्म दर्ुबलहरुको ठूलो बल हो र निरुपाय दुःखित-पीडितहरुको धर्ैय धारण गरेर बाँच्ने आधार पनि हो । त्यसैले शास्त्रमा धर्मको महिमा धेरै गाइएको छ ।
मान्छेलाई व्यवस्थित र सन्तुलित रूपमा अर्थ, काम र मोक्ष तीनै पुरुषार्थ प्राप्त गर्न र्समर्थ गराउनु नै धर्मविचारको मूल प्रयोजन हो भन्ने कुरा ऋषि-मुनिले भनेर गएका छन् । जस्तै
धर्मात् सञ्जायते ह्यर्थो धर्मात् कामो˜भिजायते ।
धर्मादेवा˜पवर्गश्च तस्माद् धर्मं समाश्रयेत् ।।
( कर्ूमपुराण १।२।५४,५५)
महाभारतकारले पनि "धर्मबाट मोक्षरूप परमपुरुषार्थ त प्राप्त हुन्छ-हुन्छ, साधारण लौकिक व्यक्तिहरुले प्राप्त गर्न अत्यन्तै चाहने अर्थ र काम पनि धर्मबाटै प्राप्त हुन्छन्"-
ऊर्ध्वबाहर्ुर्विरौम्येष न च कश्चिच्छृणोति मे ।
धर्मादर्थश्च कामश्च स किमथर्ं न सेव्यते ।। -१८।५।६२)
भन्ने कुरा देखाएका छन् । तर्सथ सबैका लागि अर्थ, काम, मोक्ष यी तीनै पुरुषार्थ सिद्ध गर्न आवश्यक समुचित व्यवस्था मिलाउनु र ती पुरुषार्थ प्राप्त गर्ने बाटो देखाउनु नै धर्मविचारको मूल प्रयोजन हो भन्ने कुरा स्पष्ट हुन्छ । अर्थात् मनुष्यलाई बाँच्दा न्याय्यवृत्तिमा रमाएर सुखशान्तिपर्ूवक बाँच्न र मर्दा र्स्वर्गनिष्ठ वा ब्रहृमनिष्ठ भएर मर्न तत्पर बनाउनु नै धर्मविचारको मूल उद्देश्य रहेको बुझिन्छ । त्यसैले मानवजीवनमा धर्मको आवश्यकता र महत्त्व अत्यन्त धेरै छ भन्ने कुरा स्पष्ट छ ।
स्वाद्ध्यायशाला, १६८, शिवभक्तमार्ग, लाजिम्पाट, काठमाण्डु-२, फोन ४-४३३३२७ ।

No comments:

Post a Comment

Google Search