Thursday, April 15, 2010

वेदाङ्गज्योतिषमा अधिकमास

वेद हिन्दुहरुको मूल धर्मग्रन्थ हो । वेदको अर्थ गर्न ऋषिहरुले ६ वेदाङ्ग रचेका छन् । तिनमा ज्योतिष कालको निरूपण गर्ने शास्त्र हो । मूल ज्योतिषशास्त्रग्रन्थमा ऋग्वेदीहरुका र यजर्ुर्वेदीहरुका परम्पराबाट आएका आर्चज्योतिष याजुषज्योतिष प्राप्त छन् ।
उक्त ग्रन्थहरुको रचना ३४ सय वर्षति अघि भएको मानिएको छ । तर्सथ यी ग्रन्थ विक्रमाब्दका छैटो शतकपछिका आर्यभटीय, पञ्चसिद्धान्तिका, बृहत्संहिता, ब्राह्मस्फुटसिद्धान्त, खण्डखाद्यक, भास्वती, सिद्धान्तशिरोमणि, ग्रहलाघव, मुहर्ूतमार्तण्ड, मुहर्ूतचिन्तामणि इत्यादि भन्दा सारै नै धेरै प्राचीन देखिञ्छन् । वैदिकहरुका निम्ति आर्चज्योतिष-याजुषज्योतिष भनिने गरिएका मूल ग्रन्थहरु नै मूल वेदाङ्गज्योतिष ग्रन्थ हुन् ।
स्वाद्ध्यायशालाकुटुम्बलेे शिक्षा, कल्प इत्यादि छओटै वेदाङ्गहरुले सहित वेदको अध्ययन गर्ने र श्रौत कृत्यहरुका लागि र स्मार्त कर्महरुका लागि आवश्यक कालव्यवस्था मूल वेदाङ्गज्योतिषग्रन्थका आधारमा बुझने उद्देश्यले वेदमन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र इत्यादि धेरै ग्रन्थहरुको गम्भीर अनुसन्धान गरी तिनका समेत आधारमा वेदाङ्गज्योतिषग्रन्थको तार्त्पर्यविषयभूत मूल वैदिक काल गणनापद्धति बुभ\mने प्रयास गरेको छ । तेसका सारको प्रतिपादन २०५२ सालमा प्रकाशित वैदिकमन्त्रसङ्ग्रहमा -१३७ पृ.) गरिएको छ । वेदाङ्गज्योतिषमा प्रतिपादित कालगणनापद्धतिको सप्रमाण विस्तृत व्याख्या २०६२ सालमा -२००५ क्रै.) प्रकाशित वेदाङ्गज्योतिषको कौण्डिन्न्यायनव्याख्यानमा प्रकाशित भएको छ । वैदिक कालगणनापद्धतिको विस्तृत विवेचन भएको भारतवषर्ीय ज्योतिष के ज्वलन्त प्रश्न और वेदाङ्गज्योतिष -२००८ क्रै.) नामको ग्रन्थ पनि प्रकाशित छ ।
नेपालि ज्योतिषीहरुले मात्र हैन, भारतीय पञ्चाङ्गसुधारसमितिका अध्यक्ष मेघनाथ साहा समेतका आधुनिक भारतीय विद्वान्हरुले पनि ठीक प्रकारले बुझन नसकिराखेको वेदाङ्गज्योतिषोक्त वैदिक कालगणनापद्धतिको मूल प्रक्रिया पत्ता लगाई स्वाद्ध्यायशालाकुटुम्बले तेसको पुनर्जागरण गरेको छ । यो सबै नेपालिहरुका लागि गौरवको विषय हुन आएको छ ।
श्रौतकृत्यमा चयनका लागि पञ्चसंवत्सरात्मक युगको ज्ञान आवश्यक हुञ्छ । अयन, ऋतु, मास इत्यादिको ज्ञानका लागि वर्षो ज्ञान आवश्यक हुञ्छ । सबै देवकृत्यका लागि र विवाहादि संस्कारका लागि तथा निरूढपशुबन्धका लागि पनि अयनव्यवस्थाको ज्ञान आवश्यक हुञ्छ । अग्न्याधान, व्रतबन्ध इत्यादिका लागि ऋतुको ज्ञान आवश्यक हुञ्छ । दर्शपर्ूण्ामासयागादिका लागि र विवाह, श्राद्ध इत्यादि कृत्यका लागि पनि चान्द्रमहिनाको, पक्षहरुको र तिथिहरुको ज्ञान आवश्यक हुञ्छ । विभिन्न प्रयोजनका लागि नक्षत्रहरुको ज्ञान पनि आवश्यक हुञ्छ । यिनै कृत्यका लागि आवश्यक कुराको प्रतिपादन वेदाङ्गज्योतिषग्रन्थमा छ । वेदाङ्गज्योतिषग्रन्थमा सौर वर्ष सौर उत्तरायण-दक्षिणायन, सौर विषुवदिन, सौर मास इत्यादिको पनि गौण रूपमा प्रतिपादन गरिएको छ -६,७,८,९,१०,११,२३,२८ श्लो.) । सौरवर्षा र चान्द्रवर्षा सामञ्जस्य स्थापित गर्ने अधिकमास पनि त्याहाँ निरूपित छ -श्लो.३७ । सावन महिना-वर्षरु पनि त्याहाँ छन् -३१श्लो.)। नाक्षत्रमास-वर्षरु पनि त्याहाँ पाइञ्छन् -२९ श्लो.) । उक्त कुराहरुको निरूपणका लागि आवश्यक अन्य कतिपय कुरा पनि वेदाङ्गज्योतिषमा छन् । एसमा चान्द्रवर्षसौरवर्षो सम्बन्ध साधारण रूपमा बुभ\mनमा उपयोगी हुने गणितलाइ सजिलो पार्न चान्द्रवर्षसाधारणतया ३५४ दिन जतिको, सावन वर्ष३६० दिनको र सौरवर्ष३६६ दिनको मानिएको छ । वास्तविक चान्द्रवर्षर सौरवर्षत यसमा पनि दृक्सिद्ध रूपमा नै मानिञ्छन् -८,४२ श्लो। र्सर्ूय-चन्द्रको नक्षत्रभोगकाल पनि एसमा प्रतिपादित छ -२९ श्लो.) । एसमा वर्षतपःशुक्लादि -माघशुक्लादि) र चान्द्रमास पनि शुक्लादि अमान्त नै मानिएको छ -५,६ श्लो.) । त्याहाँ पूणिर्मान्त चान्द्रमास छैन । त्याहाँ ग्रहणको र र्सर्ूय-चन्द्रबाहेक अरु मङ्गल-बुधादि ग्रहको उल्लेख पनि छैन । वारको त महाभारतमा पनि उल्लेख छैन । श्रौतसूत्र-गृह्यसूत्रहरुमा कालको विधान गर्दा मङ्गलादि ग्रहहरुको र ग्रहणको उल्लेख गरिएको छैन । व्रतबन्ध विवाह इत्यादिको विधान गर्ने मूल ग्रन्थ गृह्यसूत्रमा शुक्र र बृहस्पतिको उदय हुँदा मात्र ती कर्म गर्नू अस्त हुँदा नगर्नू भन्ने कुरा पनि तोकिएको पाइँदैन । तेसैले वेदाङ्गज्योतिषमा ती ग्रहहरुको र ग्रहणको प्रतिपादन नगरिएको हो । अमुक लग्नमा अमुक कर्म गर्नू भन्ने कुरा पनि श्रौतसूत्र-गृह्यसूत्रमा छैन । तर्सथ वेदाङ्गज्योतिषमा लग्नको उल्लेख नभएको हो । वैदिक मूल वेदाङ्गज्योतिषग्रन्थ "पञ्चसंवत्सरमयम्" इत्यादि ग्रन्थ नै भएकाले वैदिक कृत्यका लागि उक्त ग्रन्थका अनुकूल अंशमा मात्र अरु ग्रन्थलाइ मान्यता दिन मिल्छ । तेसैले वैदिकहरुका लागि अधिकमास मान्दा पनि वेदाङ्गज्योतिषअनुसार नै मान्नु उचित हुञ्छ ।
वर्षा उदगयनका वा दक्षिणायनका अन्त्यमा अयनको सातौ अमान्त चान्द्रमासका रूपमा वैदिक अधिकमास पर्छ । अर्थात् कृष्णपक्षका दशमीमा वा त्योभन्दा परको तिथिमा दृक्सिद्ध सौर दक्षिणायनको वा उत्तरायणको आरम्भ हुने दिन परेमा तेस अमान्त मासलाइ अधिकमास मानिञ्छ ।
वेदाङ्गज्योतिषको ३७औँ श्लोकमा अधिकमासका विषयमा बताइएको छ-
द्वयूनं द्विषष्टिभागेन दिनं सौराच् च पार्वणम् ।
यत्कृतावुपजायेते मध्येन्ते चाधिमासकौ ।।
अर्थ सौर दिनभन्दा पार्वण दिन तिथि) बयसट्ठि भागमा दुइ भागले कम हुञ्छ, जसले गर्दा पाँच वर्षा युगमा बिचमा उदगयनका अन्तमा शुचिमासमा अर्थात् आषाढमा र युगको अन्तमा दक्षिणायनका अन्तमा सहस्यमासमा अर्थात् पौषमा दुइ अधिमास उत्पन्न हुञ्छन् ।
यो लगधमुन्रि्रोक्त वेदाङ्गज्योतिषको कालगणनापद्धतिको अत्यन्त महत्त्वपर्ूण्ा सिद्धान्त बताउने श्लोक हो । राशिका आधारमा होइन दृक्सिद्ध सौर अयनका आधारमा अधिकमास मानेर सौर अयनमा र चान्द्र अयनमा तथा सौर वर्षा र चान्द्र वर्षा तालमेल राख्ने अर्वाचीन-निरयण-राशिपद्धतिबाट अप्रभावित यो अनादि वैदिक पद्धति विशेष ध्यानयोग्य छ ।
एस अधिकमासव्यवस्थामा सबै पञ्चवषर्ात्मक युगका सबै युगार्धमा अधिक­मास नियमित रूपमा योजित गरिँदैन, यथावश्यक औचित्यानुसार नै अधिकमास योजित गरिञ्छ । किन्तु जबजब अधिकमास योजित गरिञ्छ तबतब अयनका अन्तमा नै शुचिमासमा -आषाढमा) द्वितीयशुचिमासका -द्वितीयाषाढका) रूपमा अथवा सहस्यमासमा -पौषमा द्वितीय­सहस्यमासका -द्वितीयपौषका रूपमा नै अधिकमास योजित गरिञ्छ, अयनका मध्यमा अरु महिनामा होइन । एस व्यवस्थामा जब दृक्सिद्ध सौर अयनका आरम्भका दिनमा कृष्णपक्षको दशमी वा तेसभन्दा पछाडिका तिथि हुञ्छन् भने तेस अवस्थामा तेस कृष्णपक्षयुक्त अमावास्यान्त मास अधिकमास मानिञ्छ । जब दृक्सिद्ध ­सौर अयनको आ­रम्भका ­दिनमा कृष्णपक्षको नवमी अथवा त्योभन्दा अगाडिको तिथि हुञ्छ भने तेस कृष्णपक्षले युक्त अमावास्यान्त मास अधिकमास हँुदैन । यो कुरालाइ सूचित गर्ने वचन काठमाण्डुमा रहेको राष्ट्रिय अभिलेखालयमा सङ्गृहीत द्रोणकृत रत्नकरण्डिकानामक स्मृतिसमुच्चय भनिने प्राचीन धर्म­शास्त्र-निबन्धग्रन्थमा -रिल नं. ३३/१२) एकादशी­प्रकरणमा २०९औंं पत्रमा पर्ूवपृष्ठमा उद्धृत छन्-
कृष्णपक्षे दशम्यादौ मेध्यं गच्छेद् दिवाकरः ।
द्विराषाढः स विज्ञेयो विष्णुः स्वपिति कर्कटे ।।
तथा,
दशमीमभ्यतिक्रम्य यदा सङ्क्रमते रविः ।
द्विराषाढः स विज्ञेयो विष्णुः स्वपिति कर्कटे ।।
-द्रष्टव्य- सोमाकरभाष्य-कौण्डिन्न्यायनव्याख्यानसहित वेदाङ्गज्योतिष, २००५ क्रै., ३९६-४१२ पृ., ४७३ पृ., भारतवषर्ीय ज्योतिष के ज्वलन्त प्रश्न और वेदाङ्गज्योतिष, २००८ क्रै., ९५-१०२ पृ.)
एसै वैदिक परम्पराअनुसार नेपालको इतिहासमा छैटो शताब्दीदेखि सोह्रांै शताब्दीसम्मका अभिलेखहरुमा आषाढमा र पौषमा मात्र अधिकमास पाइञ्छन् । पछि आएर भने अनादि वैदिक परम्परालाइ छोडी तेह्रौं शताब्दीको सिद्धान्तशिरोमणिको "असङ्क्रान्तिमासोधिमासः" भन्ने परिभाषाअनुसार फाल्गुन, चैत्र, वैशाख, ज्येष्ठ, श्रावण इत्यादि महिनाहरुमा पनि अधिकमास मान्ने चलन चल्न गएको देखिञ्छ र तेसअनुसार एस वर्ष२०६७ मा वैशाखमा अधिकमास परेको भनी नेपाल-भारतका पात्राहरुमा उल्लेख गरिएको छ ।
वैदिक कालगणना-सिद्धान्तानुसार क्षयमास पर्दैन । नेपालोपत्यकामा प्राप्त प्राचीनकालदेखि मध्यकालका सोरौँ शताब्दीसम्मका लेखहरुमा क्षयमासको उल्लेख पाइँदैन । तिनमा अर्वाचीन ज्योतिषग्रन्थअनुसार क्षयमास पर्ने भनिएको वर्षपनि क्षयमास नमानी आषाढमा अथवा पौषमा नै एउटा मात्र अधिकमास मानिएको पाइञ्छ ।
पतिगृहमा विवाहदेखि पछिको पहिलो आषाढमा बस्ता वधूले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आप\mनै शरीरलाइ पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाइ पिर्ने, पहिलो अधिकमासमा बस्ता पतिलाइ पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्ता आप\mनै बाउलाइ पिर्ने र सासू इत्यादि नभएमा आषाढ इत्यादिमा पतिगृहादिमा बस्ता पनि डर नहुने भन्ने कुरा मुहर्ूतमार्तण्डादिका "उद्वाहात् प्रथमे शुचौ" इत्यादि श्लोकहरुमा पाइञ्छ । मुहर्ूतमार्तण्डको १६२८ संवत्मा र मुहर्ूतचिन्तामणिको १६५७ संवत्मा रचना भएको हो । उक्त कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थभन्दा पछिका देखिञ्छन् । वैदिक परम्पराका प्राचीन ग्रन्थहरुमा उक्त कुरा प्रतिपादित देखिँदैन ।
माथि बताइएको वैदिक कालगणनापद्धतिमा "क्षयमास" हुँदैनहुने र नेपालमा ४-५ सय वर्षअगिसम्म पनि क्षयमास मान्ने प्रचलन नै नभएको हुँदा र अग्निको आधान गरेका पति-पत्नी महिनाभरि छुट्टिएर बस्ने कुरा मूल वैदिक धर्मशास्त्रको अनुकूल नदेखिएको हुँदा पनि कुनै महिनामा पतिका घरमा बस्न निषेध गर्ने उक्त कुराहरु अत्यन्त अर्वाचीन ग्रन्थका कुरा हुन् भन्ने कुरा स्पष्ट छ । मुहर्ूतचिन्तामणिका पीयूषधारा व्याख्यामा पनि उक्त कुराको प्रतिपादक प्रमाणका रूपमा कुनै मुनिवचन दिइएको छैन भन्ने कुरा पनि यहाँनेर स्मरणीय छ । एस विषयको प्रतिपादन पाइने मुहर्ूतमाला भन्ने ग्रन्थ पनि १७१७ संवत्मा काशीमा रचिएको ग्रन्थ भएको बुझिञ्छ । वैदिक परम्पराका विवाहादि संस्कारहरुको विधान गर्ने पारस्करगृह्यसूत्रादिमा द्विरागमनादिको कुनै विधान नै नभएकाले विवाहपछि सामान्यतया पति-पत्नी नछुट्टिने नै मूल वैदिक परम्परा देखिञ्छ ।
प्रमोदवर्धन कौण्डिन्न्यायन
स्वाद्ध्यायशाला, काठमाण्डु, नेपाल,
फोन ४३८६९८९, ९८४९०९१४६७

No comments:

Post a Comment

Google Search