Thursday, September 24, 2009

तन्त्रशास्त्रका केही प्रमुख पक्षहरू

-१) तन्त्रशास्त्रमा मन्त्रयोग साधनाको ठूलो वर्ण्र्ााछ । त्यसको क्रम भने निम्न लिखित छ- १) भक्ति -२) शुद्धि -३) आसन -४) पञ्चाङ्गसेवन -५) आचार -६) धारणा -७) दिव्यदेशसेवन -८) प्राणायाम -९) मुद्रा -१०) तर्पण -११) हवन -१२) बलि -पायसादिको) -१३) याग -१४) जप -१५) ध्यान -१६) समाधि योग्य गुरुको निर्देशनमा यी १६ सोपान पार गरेपछि साधकले समाधियोगको ज्ञान गर्दछ ।
) मन्त्रसाधना-नियमअनुसार योग्य गुरुबाट मन्त्रग्रहण गरेपछि गुरुकै निर्देशनमा मन्त्रसाधना गर्नुपर्दछ । नियमानुसार निर्लोभी र तन्त्रज्ञ गुरुको निर्देशनमा मन्त्रसिद्धि भएपछि साधकलाई सांसारिक सुख-समृद्धि, सिद्धि प्राप्ति र अन्त्यमा मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रमा भनिएको छ-
अचिन्त्यो हि मणिमन्त्रौषधि प्रभावः ।
) काम्यकर्म- सांसारिक सुख भोगको र रोगनाश, विद्याप्राप्ति, शत्रुविजय आदिको चाहाना गर्ने व्यक्तिलाई तन्त्रशास्त्रमा कामनाअनुसार देवीको पूजा-पाठ र आराधानाको विधि पनि बताइएको छ । विशिष्ट ज्ञान, शास्त्रार्थमा विजय, कवित्वशक्ति, अलौकिक प्रतिभा आदिको लागि ताराको उपासना गर्नुपर्छ । धान, मकै, जौ आदि अन्न, वस्त्रको लागि अन्नपर्ूण्ाको उपासना गर्नुपर्दछ । शत्रुविजय र मुद्दा-मामिलामा आफ्ना वजयको लागि बंगलामुखीको उपासना गर्नुपर्दछ । बंगलाको उपासना गर्दा मृत्युञ्जय पनि मान्नर्ुपर्छ । त्यसैगरी पेटको रोग नाशको लागि र शारीरिक तन्दुरुस्तीका लागि हनुमानको उपासना गर्नुपर्दछ । पुत्र र धनको लागि कृष्ण, रगतसम्बन्धी खराबीको लागि मङ्गल र भुवनेश्वरी, दर्रि्र नाशको लागि महालक्ष्मी, कुवेर र नारायण, सुवर्ण्र्ाााप्तिका लागि कार्तवर्ीय, अकालमृत्यु विनाशको लागि मृत्युञ्जय, पदीय समुन्नति र राजनीतिक सफलताको लागि काली र ज्योतिषको ठीक-ठीक फलादेश गर्न कर्ण्र्ााशाचिनीको उपासना गर्ने विधि पनि तन्त्र शास्त्रमै पाइन्छ । यसको विस्तृत जानकारी प्राप्त गर्न तन्त्रशास्त्रका विभिन्न ग्रन्थहरूको अवलोकन र चिन्तन आवश्यक छ ।
) अभिचार्रकर्म-निरीह प्राणीलाई दुःख दिने अर्काको धन, सम्पत्ति, स्त्री, पुत्र आदिमा नराम्रो दृष्टि राख्ने, जति सम्झाउँदा पनि नसम्झने, मदमत्त भई पापकर्म गर्ने व्यक्तिलाई सही मार्गमा ल्याउन मारण, मोहन, वशीकरण, उच्चाटन, स्तम्भने, आदिको विधि पनि तन्त्रमै वणिर्त छ । कुनै पनि साधकले यो काम गर्न हुन्न । सकभर सहने, नसके व्यवहारद्वारा र सामाजिक सहयोगबाट समस्याको निराकरण गर्नुपर्छ । कथंकदाचित् कसैले यस्तो काम गर्‍यो वा गरायो भने यसमा सामान्य त्रुटि मात्र हुँदा पनि गर्ने र गराउनेलाई नै उल्टो फल मिल्छ ।
५) षट्चक्र र कुण्डलिनी जागरण-मानिसको मेरुदण्डको तल्लो भाग देखि -१) मूलाधार -२) स्वाधिष्ठान -३) मणिपूर -४) अनाहत -) विशुद्धि -६) आज्ञा नाम गरेका ६ चक्रहरू क्रमशः रहन्छन् । यिनको स्वरूप, वर्ण्र्ाा अक्षर तत्व शक्ति र पुरुष आदिको विस्तृत विवरण तन्त्रशास्त्रमा पाइन्छ । योग्य गुरुको निर्देशनमा आफ्नो इष्टदेवीको मन्त्रलाई प्राणायामको क्रियाद्वारा जागृत गराउँदै, यो शक्तिलाई विद्युत् शक्तिको रूपमा परिणाम गरेर मेरुदण्डको भित्र पसाली क्रमशः चक्रहरू पार गर्दै मेरुदण्डको माथि रहेको सहस्र कमलदलमा विराजित शिवसम्म पुर्‍याई समाधिस्थ हुनु योगको ध्येय हो । यसलाई क्रमदीक्षाको ठूलो उपलब्धि मान्न सकिन्छ । यो षट्चक्र भेदन गरेपछि त्यो साधक आकाशमार्गमा विचरण गर्न सक्तछ । पानीमाथि र आगोमाथि हिँड्न सक्तछ । र्स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा त्यसको गति हुन्छ ।
) आम्नाय- तन्त्रशास्त्रमा श्रद्धा र विश्वासका साथ क्रमदीक्षा लिन चाहने व्यक्तिले एउटा आम्नाय पकड्नर्ुपर्दछ । आम्नायको अर्थ बाटो हो । पर्ूव, पश्चिम दक्षिण र उत्तर, ऊर्ध्व र अधर गरी मुख्यरूपमा ६ आम्नाय मानिन्छन् । प्रत्येक आम्नायमा विद्याक्रमले विभिन्न विद्या तिनका भैरव, गणेश आदिको वर्ण्र्ाातन्त्रशास्त्रमा पाइन्छ । सामान्यतया पर्ूवाम्नायकी नायिका भुवष्नेश्वरी पश्चिमाम्नातया नायिका कुब्जेश्वरी, दक्षिणाम्नायकी नायिका दक्षिणकाली, उत्तराम्नायकी नायिका गुह्येश्वरी ऊर्ध्वाम्नायकी नायिका बालात्रिपुरसुन्दरी र अधराम्नायकी नायिका तारा हुन् । उपाम्नायमा आग्नेयाम्नायर्क नायिका महालक्ष्मी, वायव्याम्नायकी नायिक महासरस्वती र्रर् इशानाम्नायकी नायिका महाकाली हुन् आम्नाय चयन गरी क्रमानुसार दीक्षा लिने व्यक्तिले नियमानुसार उपासना गर्छ भने त्यो व्यक्ति शिव नै बन्छ । क्रमदीक्षारहित भएको साधकलाई पाइला पाइलामा सिद्धिहानि हुन्छ । त्यसैले भनिएको छ-
क्रमदीक्षायुतो देवि शिव एव न चापरः ।
क्रमदीक्षाविहीनानां सिद्धिहानिः पदे पदे ।
) श्रीयन्त्र-तन्त्रशास्त्रमा वणिर्त विभिन्न यन्त्रहरूमा श्रीयन्त्रलाई यन्त्रराज वा र्सवश्रेष्ठ यन्त्रको रूपमा स्वीकार गरिएको छ । अरू देवीहरूको आ-आफ्नै यन्त्रमा पूजा गर्नुपर्छ भने श्रीयन्त्रमा जुनसुकै भगवतीको पूजा गरे पनि हुन्छ । श्रीयन्त्रलाई भगवती त्रिपुरासुन्दरीको यन्त्र मानिन्छ । यो यन्त्रलाई प्रतिदिन पूजा गर्नाले समस्त पाप नाश भई र्सार्वधिक समुन्नति हुन्छ ।

No comments:

Post a Comment

Google Search