Tuesday, September 22, 2009

सन्तान बाधा एवं शान्ति उपाय

जन्मकुण्डलीमा पञ्चम भावलाई सन्तानभाव मानिन्छ । त्यसै भावबाट नै सन्तानको बारेमा विचार गर्ने गरिन्छ । अझ सूक्ष्मतासँग जाँदा, पञ्चम भाव, पञ्चमेशर बृहस्पतिको उचित अध्ययन गरी सन्तानको बारेमा विवेचना गर्ने गरिन्छ ।
यदि कुण्डलीमा पञ्चम भावको स्वामी शत्रु राशिमा नीच राशिमा या अस्त छ र लग्नबाट छैठौँ,
आठौँ या बाह्रैा स्थानमा गएमा सन्तान प्राप्तिमा बाधा आँउछ । यदि कुनै कारणवश सन्तान हुन गएमा पनि सन्तान सुख भने मिल्दैन । यस्तै प्रकारले कुनै ग्रहनीच राशि शत्रुराशि या अस्त भएर पञ्चम भावमा या छैठौँ, आठौँ र बाह्रैँ भावको स्वामी पञ्चम भावमा आई बसेमा पनि सन्तानको सुख हुँदैन । अब यहाँ कुरा उठ्न सक्छ कि किन कुनै व्यक्तिको जन्मकुण्डलमिा ग्रहहरू यसरी बस्दछन् त - यसको जवाफको लागि हामीले हिन्दुहरूको पर्ूवजन्म र पर्ुनर्जन्मको सिद्धान्तलाई बु‰mने कोसिस गर्नुपर्दछ । हामी हिन्दूहरूको विभिन्न ग्रन्थहरूमा पर्ूवजन्ममा गरेका क्रियाकलाप नै अहिले व्याधि या ग्रहको रूपमा देखिने उल्लेख गरिएको छ । पाश्चात्य विद्वान्हरू पनि यस तथ्यलाई स्वीकार्दन् अझ उनीहरूले त माता-पिताले गरेका पापहरूलाई पनि ग्रह वा व्याधिका रूपमा स्वीकारेका छन् ।
हो, यिनै पर्ूवजन्ममा गरिएका पाप या कर्महरूले नै अहिले सन्त्रान पक्षमा पनि विभिन्न बाधा अड्चनहरू ल्याउने गर्दछन् । अब यहाँ, कुनै ग्रहले सन्तान बाधा पारेको छ भने त्यसको पर्ूवजन्ममा गरिएका कार्य र त्यसको शान्ति उपाय प्रस्तुत गर्दैछौँ । यदि सन्तानबाधक ग्रह र्सर्ूय भएको भए भगवान् शम्भू र गरुडासँग द्रोह गरेको मानिन्छ । या आफ्ना पितृको कश्राप परेको हुनर्ुपर्दछ । यस्तोमा हरिवंश पुराण श्रवण गर्नाले
सन्तान उत्पन्न हुनेछन् ।
यदि चन्द्रमाले गर्दा सन्तान बाधा भएको भए माता या अन्य कुनै सधवा स्त्रीको चित्त दुखाएको या भगवतीको श्राप परको हुनर्ुपर्दछ । यस्तोमा सन्तान गोपालको मन्त्र जपेमा सन्तान हुनेछ । त्यस्तै मङ्गलले गर्दा सन्तान नभएको भए गाउँ देवता या भगवान् कार्तिकेयप्रति अवज्ञा गरेको या शत्रु तथा भाइबन्धुको श्राप परेको हुनर्ुपर्दछ । यस्तोमा श्री महादेवको अभिषेक गरेमा सन्तान सुख मिल्नेछ ।
यदि बुधले सन्तान बाधा ल्याएको भए बिरालोमो हत्या गरेको या बालबालिकाको श्राप परेको या भगवान् विष्णुलाई घृणा गरेको हुनर्ुपर्दछ । यस्तोमा शिवपूजा गरे सन्तान सुख पाइनेछ । त्यस्तै यदि बृहस्पतिको कारण सन्तान बाधा भएको भए उसले फलदायी वृक्ष काटेको या कूल गुरु या कूल पुरोहितसँग द्रोह गरेको हुनर्ुपर्दछ । यस्तोमा कूलदेवताको आराधना गर्ने या औषधि मूलोबाट सन्तान हुनेछ । यदि शुक्रग्रहको कारण सन्तान बाधा भएको भए व्यक्तिले फूलको वृक्ष काटेको या गाईप्रति कुनै पाप गरेको या कुनै सधवा स्त्रीको श्राप परेको हुनर्ुपर्दछ । प्रायः यस्तोमा दक्षिणीको श्राप परेको मानिन्छ । यस्तोमा शिवपूजा गरे हुन्छ ।
त्यस्तै यदि शनिको कारण सन्तानबाधा भएको भए, पिपलको रुख काटेको या पिशाच, प्रेत या यमराजको श्राप परेको हुनेछ । यस्तोमा श्री महादेवको अभिषेक गरे सन्तान हुनेछ । त्यस्तै यदि राहुको कारण सन्तान बाधा भएको भए र्सप मारेको या नागको श्राप परेको मानिन्छ । यस्तोमा नागपूजा या कन्यादान गरे सन्तान सुख मिल्नेछ ।
त्यस्तै केतुको कारणले सन्तान बाधा भएको भए ब्राहृमणको श्राप परेको हुनेछ । यस्तोमा गाईदान गर्नाले सन्तान सुख पाइनेछ ।

No comments:

Post a Comment

Google Search