Sunday, October 4, 2009

ज्योतिषशास्त्रका विशिष्ट पक्षहरू

ज्योतिषशास्त्र यद्यपी ग्रहनक्षत्रादिद्वारा विश्व समुदायमा पर्ने सूक्ष्म प्रभावका आधारमा भूत, भविष्यत्, वर्तमान विषयको फलादेश गर्ने शास्त्र भए पनि यसको प्रभाव समस्तशास्त्रमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पर्दै आएको छ । यो शास्त्र नभए कुनै पनि जात वा समुदायको सांस्कृतिक क्रियाकलाप अघि बढ्दैन । यज्ञ, पूजा, पाठ, जात्रा, उत्सव, चाड, पर्व र संस्कारको कार्य चल्दैन । ज्योतिष भविष्यको सचेतक, वर्तमानको निर्देशक र भूतको अनुभव हो । यसका मुख्यपक्ष निम्न छन्-
१)पञ्चाङ्ग भन्नाले तिथि, बार, नक्षत्र, योग र करणलाई लिइन्छ । यिनका यथार्थ स्थितिबाट समस्त कृत्यहरू चल्दछन् । यसको निर्माण ज्योतिषको सिद्धान्त ग्रन्थहरूबाट हुन्छ । देशान्तर, परमक्रान्ति, अक्षांश, अयनांश, ग्रहभगण, पलभा आदि यसका मुख्य आधार हुन् ।
२)जीव र जगत् विषयक ज्ञान-प्रत्येक व्यक्तिलाई सुखमय जीवन यापन गर्न आफूले व्यवहार गर्ने पदार्थमा कस्तो रूप, रङ्ग, परिणाम, गुण हुनर्ुपर्छ भन्ने कुरा थाहा नहुन पनि सक्तछ र भविष्यमा के हुँदै छ भन्ने ज्ञान पनि हुँदैन । यस सम्बन्धमा ज्योतिषको संहिता ग्रन्थले पूरै मद्दत गर्दछ । विश्वको कुन-कुन भागमा सुभिक्ष, दर्ुर्भिक्ष, बाढी-पहिरो, युद्ध, शान्ति हुन्छ भन्ने भविष्यवाणी गर्ने संहिता शास्त्र नै हो । कस्तो घर बनाउने, घरको कुन-कुन भागमा के-के काम गर्ने, कस्तो खालका हात्ती, घोडा, गाई, कुकुर, कुखुरा, मयुर, बोको, हाँस, कछुवा आदि पशुपक्षीहरू पाल्ने, बोटबिरुवा आदिको कलमी कसरी गर्ने्, बोट-बिरुवा कसरी लगाउने, बोट-बिरुवाको रोग कसरी थाहा पाउने, तिनको उपचार कसरी गर्ने, पानीको स्रोत कसरी पत्ता लगाउने, रत्नको ज्ञान कसरी गर्ने, यसबाट हुने फाइदाको ज्ञान कसरी गर्ने, बज्रलेप -सिमेण्ट) को निर्माण कसरी गर्ने, सेतो कपाल कसरी कालो बनाउने, सुगन्ध-द्रव्य कसरी बनाउने आदि समस्त व्यावहारिक कुराको ज्ञान गराउने शास्त्र पनि संहिता ज्योतिष नै हो । मुहर्ूतसम्बन्धी समस्त क्रियाकलाप यसैभित्र पर्दछन् । आजकाल प्रचलित राशिफल पनि यसैको सानो अंश हो ।
३)ग्रहहरूको यथार्थ स्थितिज्ञान-ग्रहस्पष्टीकरण पञ्चाङ्गसाधन, दिक्, देश र कालको ज्ञान, ग्रहण, ग्रहहरूको उदयास्त, चन्द्रश्रृङ्गोन्नति, ग्रहनक्षत्रयुति र यन्त्र निर्माण आदिको ज्ञान गराउने प्रमुख दायित्व पनि ज्योतिषशास्त्रकै हो । यी विषयको उहापोह वर्ण्र्ाागर्ने शास्त्र सिद्धान्तज्योतिष नै हो । सिद्धान्तज्योतिषले निर्धारण गरेका ग्रहस्थितिका आधारमा फलादेश हुने भएकोले सिद्धान्तज्योतिषलाई पूरै ज्योतिषशास्त्रको जनक भने पनि सायद अतिशयोक्ति हुनेछैन ।
४)व्यक्ति विशेषको सुख-दुःखको ज्ञान-जातकग्रन्थका आधारमा कुनै पनि व्यक्तिको जन्मदेखि लिएर मृत्युसम्मका समस्त क्रियाकलापको अध्ययन र फलादेश गर्न सकिन्छ । कुनै पनि जातकले कतिसम्म अध्ययन गर्ने, कुन पदमा पुग्ने, कति अर्थोपार्जन गर्ने, कुन पेशा अपनाउने, स्त्री-पुत्रादिबाट कत्तिको सहयोग पाउने इत्यादि विषयको उत्तर दिने कार्य पनि जातकग्रन्थले नै गर्दछ । जातकग्रन्थद्वारा फलादेश गर्दा लग्नकुण्डलीलाई प्रमुख आधार मानिन्छ । लग्न नै जातकको स्वरूप हो । यसैले यसलाई 'तनु' भनिन्छ । जसरी जातकको जीवनसम्बन्धी वर्ण्र्ााहुन्छ त्यस्तै गरी उसको पितामाता स्त्री आदिको पनि यथार्थ ज्ञान गर्न खोज्नु सबैको स्वाभाविक प्रवृत्ति हो । यसमा नवमांश कुण्डलीद्वारा धर्मपत्नी, होराकुण्डलीद्वारा सम्पत्ति र सुख, द्रेष्काण कुण्डलीद्वारा दाजुभाइ तथा दिदीबहिनी, द्वादशांश कुण्डलीद्वारा मातापतिा, त्रिशांश कुण्डलीद्वारा अरिष्ट र सप्तमांश कुण्डलीद्वारा सन्तानको स्थिति पत्ता लगाउने कुरा ज्योतिषशास्त्रमा वणिर्त छ । वर्षप्रवेशका आधारमा फलादेश गर्ने ताजिकशास्त्र भने अर्कै छ । समुद्रले बताएको नियमानुसार शरीरका विभिन्न अङ्ग, चिन्ह, हस्त-पादादिका रेखाहरूको यथार्थ अध्ययन गरी फलादेश गर्दा जातकशास्त्र र सामुन्द्रिक शास्त्रको फल एउटै आउँछ । भिन्न फल आएका लग्न, नवमांशादिमा गल्ती भएको वा सामुद्रिक विधिमा त्रुटि भएको मानिन्छ । जे होस् यी दुवै शास्त्र एक-अर्कामा पूरक हुन् ।
५)जिज्ञासापर्ूर्ति-मानिसलाई अचानक केही समस्या पर्दछ यसमा के होला भनी धेरै व्यक्तिहरू ज्योतिषकहाँ जान्छन् यसरी आएका व्यक्तिहरूको जिज्ञासापर्ूर्ति गर्न ज्योतिषले यथार्थ जवाफ दिनर्ुपर्छ । कुनै माल हराएको वा चोरी भएको छ भने त्यो माल कहाँ छ - कतापट्ट िछ ः कसले लग्यो - चोर कस्तो छ - आदि, यस सम्बन्धमा केवल वस्तुको प्रश्नमात्र हुँदैनन् अपितु विवाह, रोग, मुद्दा जन्म-मरण, वषर्ा, युद्ध आदिका प्रश्न पनि हुनसक्छन् । यसको सही उत्तर बताउने शास्त्रलाई प्रश्नशास्त्र भनिन्छ । प्रश्नको उत्तर बताउने क्रममा प्रश्नकालिन लग्नकुण्डली, प्रश्नकर्ताले पहिले उच्चारण गरेको वर्ण्र्ाा्रश्नकर्ताको चेष्टा र अरू विषयलाई समेत आधार मान्न सकिन्छ ।
६)दशाफल- हाल कस्तो दशा छ - भन्दा ज्योतिषशास्त्रमा दशाफल बताउने भिन्दाभिन्दै रीति देखिन्छन् । लग्नेश, चन्द्रमा र र्सर्ूयमध्ये जुन सबैभन्दा बलियो छ त्यसको आद्यदशा र त्यसबाट केन्द्र, पणफर र आपोक्लिम स्थानमा बसेका ग्रहहरूको क्रमैले दशा चल्छ । यसमा जुन ग्रहले जति आयर्ुदाय दिएको हुन्छ त्यसको दशवर्षो प्रमाण पनि त्यति नै हुन्छ । यो कुरा जातकग्न्थले स्पष्ट भने तापति आजकाल सजिलोको लागि विंशोत्तरी, त्रिभागी, योगिनी, अष्टोत्तरी आदि दशाका आधारमा फलादेश गरिन्छ । कसैले त भुक्तोन पनि गर्दैनन् तर यो कार्य गर्नेपर्छ ।
७)आयर्ुदाय साधन र मारक-जन्मकालिक स्पष्टग्रहरूले आ-आफ्नो अंश उच्च, नीच, वक्री, मार्गी र लग्नादि द्वादश भावमा बसेअनुसार प्रदान गर्ने आयर्ुदायको एकमुष्ठ नै वास्तविक आयु हो । यसले निर्धारण गरेको समयसम्म जातक जीवित रहन्छ । यसैका आधारमा पहिले-पहिले ज्योतिषीहरूले आयुको निर्धारण गर्थे । यसमा साधारण त्रुटि भयो भने आयुमा धेरै फरक आउँछ । आयु निर्धारण गरेजस्तै द्वितीय स्थान र सप्तम स्थानलाई मारक स्थान मानी यी दर्ुइ स्थानका मालिकको मूलदशामा कारक स्थानमा बसेको पाप ग्रहको अर्न्तदशा वा मारकेश ग्रहसित सम्बन्ध राख्ने ग्रहको अर्न्तर्दशामाआयुनाश हुन्छ । मारक क्रममा शनि ज्यादै प्रभावकारी हुन्छ भन्ने कुरा पनि ज्योतिषमा उल्लेखित छ ।
जसरी मानिसको आयर्ुदाय निर्धारण गरिन्छ त्यस्तै गरी हात्ती, घोडा आदिको समेत आयर्ुदाय निर्धारण गर्ने रीति जातकशास्त्रमा वणिर्त छ ।
८)अनूक- आर्यहरू पर्ूवजन्ममा विश्वास गर्दछन् र मरेपछि पनि म कुन लोकमा पुग्नेछु र त्यहाँ मेरो स्थिति कस्तो होला भन्ने जिज्ञासा राख्तछन् । हाल पृथ्वीतलमा प्राप्त मनुष्य अघिल्लो जन्ममा कुन लोकमा के थियो, अब कुन लोकमा जान्छ र के हुन्छ, यी सबै कुराको उत्तर पनि ज्योतिषबाटै थाहा हुन्छ । जन्म कुण्डलीअनुसार चन्द्रमा र र्सर्ूयमध्ये जो बली छ त्यो ग्रह बसेको राशिको जुन द्रेष्काण छ, त्यसको मालिक भएको ग्रहको आधार लोक र जातकको त्यहाँको स्थिति पत्ता लाग्दछ । गुरु, चन्द्र र शुक्र, र्सर्ूय र मङ्गल, शनि र बुध क्रम र्स्वर्ग, पितृलोक, तर्ीयग्योनि र नरकको मालिक मान्नर्ुपर्छ जन्मकालिक लग्नबाट पर्ूवजन्म र मरणकालिन लग्न पछिल्लो जन्मको ज्ञान हुन्छ ।
ज्योतिष र तन्त्र ऐहलौकिक सुखसमृद्धि र पारलौकिक मोक्ष दिलाउने अनुपम शास्त्र हुन् । यी दर्ुइको सम्बन्ध नङ र मासुको जस्तै छ । दिव्यज्ञानमय यी दर्ुइ शास्त्रको अध्ययन मनन, चिन्तन, प्रयोग, र अनुसन्धानबाट कुनै एक वर्ग विशेषको मात्र नभई अपितु समस्त मानव जातिकै र्सार्वत्रिक कल्याण हुन्छ ।

1 comment:

  1. Thanks for your comment to my blog. I also visited yours. There are so many areas where we can cooperate.

    ReplyDelete

Google Search