Wednesday, October 7, 2009

मेसोपोटामियन ज्योतिष

मेसोयोटामिया भन्नाले रिग्रिस र ट्स नदीबचिको भू-भागलाई बुझिन्छ । मेसोपोटामियन सभ्यता वैदिक तथा पौराणिक सभ्यताको समकालीन मानिन्छ । मेसोपोटामियनहरू खगोलशास्त्र र ज्योतिषशास्त्रका मर्मज्ञ थिए । उनीहरूले नै दिन रातको लम्बाई र चन्द्रसूर्यको उदयस्तको गणना गरे । हाल विश्वमा प्रचलित भएको २४ घण्टाको एक दिन हुने समयको व्यवस्था उनीहरूको देन हो । आकाशलाई १२ भागमा विभाजित गरेर प्रत्येकलाई राशिचक्रमा नामाकरण गर्ने पनि उनीहरू नै थिए । सम्पर्ूण्ा आकाशलाई ३६० ड्रि्रीको मानेर १२ भागमा विभाजित गर्ने काम पनि उनीहरूले नै गरे । हिन्दुहरूको नक्षत्र चक्र र मेसोपोटामियनहरूको राशिचक्र एक आपसमा मेल खाएको देखिन्छ । सौर वर्षो तुलनामा चन्द्रवर्ष११ दिन घटी हुने भएकाले ऋतुको ठीक स्थिति मिल्दैन जसको कारण ऋतु विशेषमा मनाउनु पर्ने चार्डपर्व त्यस ऋतु भित्र नपर्न पनि सक्छ । अरेवियन र इस्लामहरू अझैपनि मेसोपोटामियनहरूकै चन्द्र क्यालेण्डर प्रयोग गर्दै आईरहेछन् । यता हिन्दूहरू भने सौर तथा चन्द्रसौर क्यालेण्डर अपनाउँदै आइरहेछन् ।

No comments:

Post a Comment

Google Search