Friday, August 28, 2009

सत्ययुग कि कलियुग ?

पुराणका कतिपय श्लोकहरू आफूआफूमै विवादास्पद देखिन्छन् । किनकि एउटै पुराणमा पनि जुनजुन चिजको पुष्टि गरिएको हुन्छ । त्यसैको विरोधाषपर्ूण्ा श्लोकहरू पनि हुन्छन् । पुराण अनुसार नै कलियुगको पूर्ण्ाायू ४३२००० वर्षउल्लेख भएको प्रायः सबै पुराणमा पाइन्छ । माहाभारत तथा विष्णु पुराणको व्याख्या आपै-आपैमा विरोधाभाषपर्ूण्ा देखिन्छ । किनभने

यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च बृहस्पति ।

एक राशौँ समेष्यन्ति तदा भवति वे कृतम् ।।

विष्णु पुराण ४।२४।१०२

यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च वृहस्पति ।

एक राशौ समेष्यन्ति प्रयत्स्याति तदा कृतम् ।।

महाभारत वन पर्व १।९०

माथि उल्लेखित श्लोकहरूमा एकै राशीका तिष्य नक्षत्रमा र्सर्ूय, चन्द्र र वृहस्पतिको गोचरीय भ्रमण हुँदा कलियुग समाप्ति भई सत्ययुगको प्रारम्भ हुने उल्लेख छ । यसप्रकारको ग्रहयोग वि.सं. २००० श्रावण १७ गते आइतबार औँशी अर्थात् १ अगस्त १९४३ मा परेको थियो । त्यस दिनको ठीक १२ बजेको ग्रह स्पष्टमा र्सर्ूय ३।१४। ३८ चन्द्र ३।१४।३८ वृहस्पति ३।१४।३८ यसप्रकार तीनै ग्रह एकै अंश, कला तिष्य नक्षत्रका नै छन् । यस दिन कलियुगको समाप्ति हुन्छ भनिएको छ । गणितीय आधार वि.सं. २००० गत कलि ५०८५ मात्र छ । अन्य पुराणहरूको व्याख्या मध्य कलिको आयू ४३२०००० वर्षभनेर मान्ने कि - वि.सं. २००० को श्रावण कृष्ण आमावस्यामा कलियुग समाप्त भएर वर्तमान समय सत्य युग हो भनेर मान्ने । यो विरोधाभाषपर्ूण्ा देखिन्छ । यसलाई पुराणविद् तथा गणितज्ञहरूबाट स्पष्ट पारी भ्रम निवारणको आशा राखिएको छ ।

No comments:

Post a Comment

Google Search