Tuesday, August 25, 2009

पिप्पलवृक्षस्तोत्रम्

शनैश्चरानिष्टफलनिवारणार्थे अश्वत्थवृक्षपर््रार्थना ।।
साँढे सात,अढैया दशाबाट छुटकारा पाउनको निमित्त गरिने पिप्पलवृक्ष -अश्वत्थ) को पर््रार्थना ।
अश्वत्थ ! यस्मिन् त्वयि वृक्षराज !नारायणे तिष्ठति सौरिवारे ।।
अतः श्रुतस्वं सततं तरुणां) धन्यो˜सि चानिष्टविनाशको˜सि ।।१।।

वृक्षहरूका राजा हे पिपलवृक्ष ! जब शनिबार आउँछ, तब हजुरमा भगवान् नारायण बास बस्नु हुँदा सबै वृक्षहरूको प्रख्यात ख्याति कहलाएका तपाईंले साँढे साती र अढैया दशाबाट हुने दुःख, दर्द सधैँ नाश गर्नुहुन्छ । यसकारण तपाईं
धन्य गुणी हुनुहुन्छ ।
य इदं शृणुते भक्त्या नरो˜श्वत्थस्य सन्निधौ ।
तारकाग्रहदोषाणं शीघ्रमेव विनश्यति ।।२।।

पिप्पल वृक्षको सामुन्ने गएर जो मानिस यो माथि बताइएको स्तोत्र सुन्ने वा पढ्ने काम गर्ला त्यसको निमित्त तारका
धूम्रकेतु र ग्रह आदिका दोषहरूको तुरुन्त-तुरुन्तै नाश भएर जान्छ ।
मूलतो ब्रहृमरूपाय मध्यतो विष्णरुपिणे ।
अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः ।।३।।

जरामा ब्रहृमाको रूप भएका, मध्यभागमा विष्णुको रूप भएका र अग्रभाग -टुपो) मा शिवजीको रूप भएका सम्पर्ूण्ा -रुख) का राजा तपाईं अश्वत्थ देवतालाई बारम्बार नमस्कार छ ।

No comments:

Post a Comment

Google Search