Saturday, August 29, 2009

माधवनेपालको सरकार धरापमा


माधवकुमार नेपालले गणतान्त्रिक नेपालका दोस्रो प्रधानमन्त्रीको रूपमा वि.सं.२०६६ साल जेठ ११ गते सोमबार बिहान ११ बजेर ५ मिनेटमा सपथग्रहण गर्नुभएको छ ।उक्त समयमा काठमाडौको पर्ूर्वीय क्षितिजमा कर्कट लग्नको मीन नवमांश उदाइरहेको थियो।कर्कट लग्न आफैँमा चर लग्न हो अर्थात् यस लग्नमा गरिएका कुनै पनि कामहरू चिरस्थायी नहुने मुहर्ू ज्योतिषमा व्याख्या गरिएको पाइन्छ।यसको आधारमा ज्योतिर्विज्ञानअनुसार नेपालको मन्त्रिमण्डल आफ्नो काल पूरा गर्न नपाउँदै बीचमा नै विघटन हुन जाने देखिन्छ। त्यसैगरी,शिरमा केतु बस्नु पनि ज्योतिर्विज्ञान शिर छेद्न हुने जनाउँदछ अर्थात् नेपालको मन्त्रिमण्डल बीचमा नै छिन्नभिन्न नहोला भन्न सकिँदैन । तर,त्यस समयमा मंगल र शुक्र एकदमै शुभ स्थितिमा छन् । यसले केही वैदेशिक सहायतामा वृद्धि गर्नेछ र मन्त्रिमण्डल विदेशीको इशारामा बढी चल्नेछ । दुःखको कुरा सप्तम स्थानमा रहेको राहुको कारण सत्ता साझेदार दलहरूले बीचमा नै हात झिकी दिने र नेपालको मन्त्रिमण्डलले सहयोगी दलहरूबाट नै षड्यन्त्रको सामना गर्नुपर्ने हुन्छ । दोस्रो स्थानमा रहेका शनि २०६६ सालको असोज ७ गतेसम्म बढी नै कष्टकारक रहने देखिन्छ । यसले मन्त्रिमण्डलको विकास र विस्तारमा समेत कचिङ्गल खडा गनर्े छ । ग्रहदशाको अध्ययन गर्दा २००९ को डिसेम्बरसम्म अन्तरमा रहने भद्रिकाले सरकारलाई धरापमा पानर्े देखिन्छ । विशेष गरेर २००९ को जुन १३ देखि अगस्ट ३० र २००९ को अक्टोबर २७ देखि डिसेम्बर ५ सम्मको समय नेपालको मन्त्रिमण्डलको लागि विशेष घातक रहने छ । प्रधानमन्त्री माधवकुमार नेपालको व्यक्तिगत जन्मकुण्डलीको अध्ययन गर्दा पनि उहाँका ग्रहहरू खासै अनुकूल देखिँदैनन् । उहाँलाई वर्तमान समयमा विंशोत्तरी दशाअनुसार २०६५ सालको भदौदेखि २०६८ सालको भदौसम्म शुक्रभित्र राहुको अन्तर रहिरहने छ । जन्मकुण्डलीमा राहू पञ्चम स्थान -सट्टा, चिठ्ठा, लोटरी) मा बस्नु नै प्रधानमन्त्री बन्ने चिठ्ठा परेको देखिन्छ ।

No comments:

Post a Comment

Google Search