Thursday, August 27, 2009

विश्व को पहिलो प्रेम पत्र

अहिले सम्म प्राप्त प्रमाण हरु को आधारमा रुक्मिणीले भगवान् श्रीकृष्ण लाई लेखेको पत्र नै विश्व को पहेलो प्रेम पत्र मानिएको छ
"हे त्रिभुवन सुन्दर ! आफ्नो गुणगान सुन्नेहरूको हृदयमा कानद्वारा प्रवेश गरेर उनीहरूको प्रत्येक अङ्गकातापलाई शान्त गरिदिनुहुन्छ । मैले तपाईंको उपर्युक्त गुणहरू सुनेकी छु । संसारमा आँखा भएका प्राणी जति छन्, तिनीहरूको आँखा हुनाको सबभन्दा ठूलो फाइदा आफ्नो आँखाले समस्त स्वार्थ र परमार्थका एक मात्र आश्रय तपाईंको रूपको दर्शन गर्न पाउनु नै हो । मैले तपाईंको रूपको वर्ण्र्ाापनि सुनेकी छु । हे अच्युत ! त्यसै कारणले मेरो चित्त लोकलज्जालाई छाडेर तपाईंको चिन्तनमा तन्मय भइराखेको छु । हे मुकुन्द ! शील, कुल, स्वभाव, सौर्न्दर्य, विद्या, अवस्था, ऐर्श्वर्य तथा प्रभाव आफू समान नै हुनुहुन्छ अर्थात् तपाईं समान अरु कोही छैन । तपाईलाई देख्दा सबै प्रसन्न हुन्छन् । हे पुरुषसिंह ! तपाईं नै भन्नुहोस् न, विवाहयोग्य भएको कुन यस्ती कुलवती, गुणवती, तथा बुद्धिमती कन्या होली जो कि तपाईंलाई पतिका रूपमा वरण नगरोस् । यसैले मैले मनैमनमा तपाईलाई पतिकारूपमा वरण गरिसकेकी छु र तपाईंमा आत्मर्समर्पण गरिसकेकी छु । हे कमलनयन ! जसरी स्यालले सिंहको भाग खोसेर लैजान सक्दैन, त्यसैगरी, हे वीर ! तपाईंमा समर्पित भएकी मलाई चेदिराज शिशुपालले यहाँ आएर मेरो शरीरमा र्स्पर्श गर्न नपाओस् । यदि मैले जन्मजन्मात्रमा इनार, पोखरी आदि खनाएकी रहिछु, यज्ञयाग आदि गरेकी रहिछु, दान, नियम, व्रत तथा देवता, ब्राहृमण र गुरु आदिको पूजाद्वारा अलिकता पनिर् इश्वरको आराधना गरेकी छु भने भगवान् श्रीकृष्ण यहाँ आएर मेरो पाणिग्रहण गर्नुहोस् । उहाँबाहेक दमवोषका छोराले अथवा अरु कसैले मलाई छुन नपाओस् । हे प्रभो ! तपाईं अजेय हुनुहुन्छ, तपाई कित्न सक्ने यस संसारमा कोही छैन । मेरो विववाह हुने एक दिन अगावै यावत् सेनापतिहरूसहित विर्भेदेशमा आएर शिशुपाल र जरासन्धका सेनालाई नष्ट, भ्रष्ट पारेर वीरताको मूल्य चुकाएर राक्षसविधानअनुसार मसँग विवाह गर्नुहोस् । तिनी जन्तपुरमा बस्दछ्यौ, तिमरा दाजुभाइ बन्धर्ुवर्गहरूलाई नमारिकन तिमीलाई कसरी लैजान सकूला भन्नु हुन्छ भने म उपाय बताउँछु । हाम्रो कुलको रीतिरिवाजअनुसार विवाहभन्दा एक दिन पहिला कुलदेवीको दर्शन गर्ने ठूलो यात्रा हुन्छ । त्यस यात्रामा नवबधुले सहर बाहिर पार्वतीको मन्दिरमा पैदल जानर्ुपर्दछ । त्यसबेलामा तपाईंले मलाई हरेर लैजान सक्नुहुन्छ । हे कमलनयन ! उमापति शंकर बाहिर ठूलाठूला महापुरुषहरू पनि आफ्नो बाहृय कारणको अज्ञान हटाउन तपाईंको चरणको धुलाले स्नान गर्ने इच्छा गर्दछन् । भाग्वयश मैले तपाईंले चरणकमलको धूलो पाइन् भनेमा व्रतद्वारा आफ्नो शरीर सुकाएर प्राणत्याग्नेछु । त्यसरी सय जन्मसम्म गर्दै जाँदा तपाईंको प्रसाद अवश्य पाउनेछु।"

No comments:

Post a Comment

Google Search