Sunday, August 23, 2009

प्रभावशाली वास्तु टिप्स

1) कुनै पनि कुनामा सेभ, राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन ।
२) मङ्गलबार या शनिबार कदापि नयाँ काम सुरु नगर्ने बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् ।
३) उत्तर, इशान एवं पर्ूवबाट अग्निको सामान हटाएर आग्नेय कोणमा राख्दा लगभग घरको सबै कामकुरा ठीक हुँदै जानेछन् ।
४) आग्नेय कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।

५) सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने । दक्षिण या ढोकातर्फपाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ ।
६) विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् ।
७) तपाईंको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं सहारा मिल्नेछ ।
८) दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ ।
९) आग्नेय कोणमा बस्दा मानसम्मान एवं पदप्रतिष्ठा बढ्ने छ ।
१०) दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।
११) यदि घरको उत्तरपर्ूव अग्लो र दक्षिण-पश्चिम उँचो छ भने त्यस्तो घरमा विभिन्न दर्ुभाग्यको सामना गर्नुपर्ने हुन्छ । स्वास्थ्य खराब एव. ऋण, रोग, शोक थपिन सक्छ ।
१२) शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ ।
१३) दक्षिण-पश्चिम उँचो भएको ठाउँमा बसोबास गर्दा उन्नति हुनेछ ।

No comments:

Post a Comment

Google Search