व्यास-शिष्य महर्ष्र्ि सुमन्तु राजा शतानिकलाई बताउनुहुन्छ -''राजन्, अब म भगवान् र्सर्ूयलाई किन रक्तचन्दन र करवीरको फूल अति प्रिय भयो - तपाईंलाई बताउ“छु, एकचित्त भएर सुन्नुहोस् ।
र्सर्ूय अण्डाकार रुपमा उत्पत्ति भएर अण्डमा नै वृद्धि भएको हु“दा र धेरै समयसम्म अण्डमा नै रहेको कारण मार्तण्ड नामले प्रसिद्ध भए । र्सर्ूय अण्डमा नै रह“दा दक्षप्रजापतिले परम रुपवती रुपा१नाम गरेकी आफ्नी कन्या र्सर्ूयलाई दिए ।
दक्षको आज्ञाले र्सर्ूयको शरीरलाई विश्वकर्माले संस्कार गरे, जसबाट र्सर्ूय अति तेजस्वी भए । राजन् † र्सर्ूय अण्डाकारमा नै रह“दा यिनलाई दर्ुइ सन्तान प्राप्त भए जसको नाम थियो - यम र यमुना । र्सर्ूयको तेज सहन गर्न नसकेको कारण उनकी स्त्री व्याकुल भएर सोच्न लागिन् । यिनको अति तेजको कारण मेरो दृष्टि यिनीमाथि रहन सक्दैन, जसले गर्दा यिनका अङ्ग कुनै पनि म देख्दिन । मेरो यति सुन्दर सुवर्ण्र्ाा शरीर यिनको अति तेजको कारण कालो भएको छ, अब यी स“ग मेरो निर्वाह गर्न साह्रै कठिन भयो । अब के गरौ“ - त्यसपछि उनले आ“पबाट एउटी स्त्री उत्पन्न गरेर भन्न लागिन् - "तिमी भगवान् र्सर्ूयको नजिकै मेरो सट्टामा रहनू तर यो कुरा उहा“लाई थाहा हुनुहु“दैन नि" यसरी छाया““ छोडी रुपा तपस्या गर्नका लागि उत्तरकुरु देशमा गएर घोडीको रुप धारणा गरी तप गर्दै यता-उता धेरै वर्षम्म घुम्दै रहिन् । उता भगवान् र्सर्ूयले छाय“ालाई नै आफ्नी पत्नी सम्झनुभयो । केही समयपछि छाँयाबाट शनिश्चर र तपती नामका दर्ुइ सन्तान भए यम र यमुनालाई भन्दा छाँया आफ्ना सन्तानलाई बढी स्नेह गर्थिन् । एकदिन यमुना र तपती बिचको विवाद बढेर पारस्परिक श्रापको कारण दुवै नदी भए । यमलाई पनि छा“याले अतिशय रिस गरेको कारण यम रिर्साई छा“यालाई पिट्नका लागि लात्ती उज्याए ।
यसरी आफूलाई पिट्न लात्ती उजाएको हुनाले छाँयाले क्रुद्ध भई यमलाई श्राप दिइन् ( "मर्ूख † तैले मेरो उपरमा लात्ती उठाएको कारण जबसम्म चन्द्र र र्सर्ूय रहन्छन, तबसम्म त“ प्राणीहरुको हिंसा गर्ने काममा लागिरहेस् । यदि तैंले मेरो श्रापबाट कलुषित् आफ्ना पाउ पृथ्वीमा राखिस् भने कृमी गणहरुले खाइ दिऊन् ।" यम र छा“याको विवाद बढ्दैगर्दा भगवान् र्सर्ूय त्यहा“ आइपुग्नुभयो र यमले र्सर्ूयस“ग भने । "पिताजी यो हाम्री माता कदापि हैन, कोही अन्य स्त्री हो किनकि यसले हामीलाई सदैव रिस गर्छर्ेे भाइ र बहिनीलाई जस्तो हामीलाई माया गर्दिन अथवा समान व्यवहार कत्ति पनि छैन" । यमको यस्तो कुरा सुनेर र्सर्ूय क्रुद्ध भएर छाँयालाई भन्नुहुन्छ ( ''तिमीले यो उचित कर्म गरिनाँैै, आफैंले जन्म दिएको सन्तान एउटालाई माया र अर्कोलाई रिस †- आफ्ना सन्तान जति भए पनि समान व्यवहार गर्नुपर्छ । तिमीले असमान व्यवहार किन गर्यौ -" यो सुनेर छा“या त केही बोलिनन् तर यम फेरि भन्दछन् -''यो दुष्टा मेरी आमा होइन, मेरी आमाको छा“या हो, यसले मलाई श्राप दिएकी छ ।'' यति भनि सारा वृतान्त सुनाइदिए । यसपछि भगवान् र्सर्ूय यमलाई संझाउ“दै भन्नुहुन्छ - छोरा, तिमी चिन्ता नलेऊ कृमीगण मासु र रगत लिएर भूलोकमा जानेछन्, त्रि्रो पाउ गल्नेछैन, ब्रह्माको आज्ञाले तिमी लोकपाल पनि बन्नेछौ । त्रि्रा बहिनीहरू मध्ये यमुनाको जल गंगाजल समान र तपतीको जल नर्मदाको जल समान पवित्र हुनेछ । छाय“ा अबदेखि सबैको देहमा अवस्थित हुनेछ ।" यस्तो व्यवस्थाको मार्यादा राखि दिएर र्सर्ूय दक्षप्रजापतिको घरमा गएर आफू आउनुको कारण सारा वृत्तान्त सुनाउनुभयो । यसपछि दक्षप्रजापतिले भने - "तपाईको अति प्रचण्ड तेजले व्याकुल भएर तपाईकी भार्या उत्तरकुरु देशमा गएकी छन् । अव तपाई विश्वकर्मा कहा“ गएर आफ्नो स्वरुपलाई परिमार्जन गर्नुहोस् ।" यति भनेर प्रजापतिले विश्वकर्मालाई बोलाएर भने ("हे विश्वकर्मन्, तपाईले अब र्सर्ूयको रुपलाई सुन्दर बनाइ दिनुहोस् ।"तब र्सर्ूयको सहमति पाएर तत्काल र्सर्ूयको रुपलाई विश्वकर्माले मिलाउन थाले । अङ्गलाई तासेर तथा काटेर मिलाउ“दा र्सर्ूयलाई अति पीडा भयो । र्सर्ूय बारम्बार मुर्च्छा पर्नुहुन्थ्यो । विश्वकर्माले सवै अङ्गलाई ठीक पारि दिनु भयो तर पाउका आंैलाहरु छोडि दिनु भयो, तब र्सर्ूय भन्नुहुन्छ - "विश्वकर्मन्, तपाईंले त आफ्नो कार्य पूरा गर्नुभयो तर म पीडाले साह्रै व्याकुल भइरहेछु, यसलाई शान्त गर्ने केही उपाय मलाई बताइ दिनुपर्यो । विश्वकर्मा भन्नुहुन्छ -"भगवान् † हजुरले रक्तचन्दन र करवीरको फूलको लेप शरीरभरि लगाउनु होस्, यसले शरीरको अतिशय पीडा शान्त हुन्छ ।"अनि र्सर्ूय भगवानले रक्तचन्दन र करवीरको फूलको लेप शरीरमा लगाउनुभयो । त्यो पीडा तत्काल शान्त पनि भयो । त्यस बेलादेखि र्सर्ूय भगवानलाई रक्तचन्दन र करवीरको फूल अत्यन्तै प्रिय भयो र र्सर्ूयको पूजामा प्रयोग हुन लाग्यो । र्सर्ूय भगवानको शरीरलाई विश्वकर्माले मिलाउ“दा जुन तेज निस्क्यो त्यसबाट दैत्यलाई विनाश गर्ने वज्र निर्माण भयो ।
भगवान् र्सर्ूय पनि उत्तम रुप प्राप्त गरेर आफ्नी भार्यालाई भेट्न तत्काल उत्तर कुरुतर्फप्रस्थान गर्नुभयो ।
No comments:
Post a Comment