Sunday, September 6, 2009

तपाईको राशिमा शनिको प्रभाव

२०६६ साल भाद्र २४ गते शनिले सिंह राशि परित्याग गरी कन्या राशिमा प्रवेश गर्दछ । कन्या राशिमा शनि लगभग २०६८ सालसम्म रहने छ । यस अवधिमा बिभिन्न राशिमा शनिले पार्ने प्रभाव प्रस्तुत गरिएको छ ।

मेष राशि
षष्ठ शनि शुभ छ ।ब्यापार/ब्यवसायमा उन्नति हुनेछ । पराक्रम बृद्धि, ऋण शत्रु नाश, र बाज्ूय सर्म्पर्कको बृद्धिले उत्साह थपिने छ । सामान्य मावली पक्षको पीडा रहने सम्भावनालाई नकार्न सकिंदैन

वृष राशि
यस अवधिमा परिश्रम र सर्ंर्घ¬बाट कार्य सफल रहने छ । कुसङ्गतिमन आकृष्ट हुने हुनाले संयम आवश्यक छ । सन्तान तथा परिवारमा मनोमालिन्य बढी कलहको श्रृजना हुृने हुँदा संयम आवश्यक छ । आर्थिकप¯मा शिथिलता र शै¯किकर्ममा बाधापर्ने हुँदा शनिको पूजा आराधना गर्नाले शुभफल बृद्धि हुन्छ । निलसरस्वतीको दर्शन पूजा शनिको जप तथा शान्ति गराउनाले आर्थिक तथा बौद्धिककार्यमा स‡लता प्राप्ति हुँदै जाने छ ।

मथुन राशि
चतर्ुथ शनि अशुभ छ । यस अवधिमा शनिले परिवार कलह, मित्रवर्गवाट धोका, जमिन जायजादको हानि, भातर्ृवर्गमा कष्ट, स्थानान्तरण, कार्यान्तरण । मान प्रतिष्ठामा आँच आउने सम्भावना, राजकार्यमा वाधा, बाहनवाट भय लगायतका अनावश्यक झण्झट जस्ता घट्नाले खिन्नता रहिरहने भएकोले महाकाल शनि मृत्युञ्जयको पाठ, हनुमानको आराधना तथा शनिको वैदिक मन्त्र २३००० जप गराउनाले राहत प्राप्ति हुनेछ ।

कर्कट राशि
तृतीय शनि शुभ छ यस अवधिमा आरोग्य, सफलता, पराक्रम बृद्धि, अर्थ लाभ, न्यायिक कार्यमा सफलता तथा लाभ,शुभ समाचार प्राप्ति हुने छ । बिगतबर्¬मा भएको झण्झट र झमेलाको निवारण हुँदै जानाले उत्साह थपिने छ ।

सिंह राशि
अन्त्य साढेसाती भएकोल यस अवधिमा धन हानि, अप्रत्याशित विवाद, कार्यमा असफलता, अनिष्ट समाचार प्राप्ति, बन्धु-बान्धवहरू संग विवाद, विराधको सामना, धन नाश, बि¬युक्त जनावरहरूको भय, स्थान परिवर्तन,र श्रम सर्ंर्घ¬बाट कार्य सम्पादन हुनेछ । अतः यस अवधि महाकालको दर्शन पूजन, पिपल पूजन, हनुमानको आराधना र दक्षिणकालीको पूजा, शनि मृत्युञ्जय तथा महाकालको पाठ र आराधना गर्नाले शुभफल बृद्धि हुँदैजाने छ ।

कन्या राशि
राशिमा मध्ये साढेसाती भएकोले अशुभ छ । श्रम सर्ंर्घ¬ बढी गर्नुपर्ने, शारीरिक तथा मानसिक शक्ति र्‍हास हुँदैजाने छ । पत्नी, परिवार र मित्रवर्गमा विवाद बढ्ने छ । बिपरित बुद्धिले कार्य भ्रंस हुने स्थिती आउने छ । अनावश्यक बोझ र मेहनत बढिगर्नुपर्ने समय परेको छ । जोखिमपर्ूण्ा निर्ण्र्ाार लगानि गर्नु हानिकारक छ । यस समयमा राहतप्राप्तिका लागि शनिको २३०००मन्त्र जप र महाकाल शनि मृत्युञ्जय स्तोत्र १०८ पाठ तथा शनिवार महाकाल र दक्षिणकालीको पूजा, मङ्गलवार हनुमानको आराधना गर्नाले राहत प्राप्त हुनेछ

तुला राशि
बार्‍हौं स्थानमा शनि पुगी साढेसाती दशाको प्रारम्भ भएकोले समय अशुभ छ ।आर्थिक क्षति, मानसिक पीडा/चिन्ता, आफन्तमा बिवाद, अकस्मात् बिपक्षीको आगमन हुनाले घबराहट - आन्दोलित) भई रहन्छ । औषधि उपचारमा खर्च बढी हुनेछ । दण्ड जरिवानाको समेत योग भएकोले राहतका लागि भद्रकालीको पूजा, हनुमानको पूजा शनिको २३००० मन्त्र जप र महाकाल शनि मृत्युञ्जयको १०८ आवृत्तिपाठ तथा शनिवार पिपलको पूजन परिक्रमा तथा जल अर्पण गर्नाले अशुभ फल घट्दै शुभफल बृद्धि हुनेछ ।

बृश्चिक राशि
एकादश शनि भएकोले शुभ छ । धनधान्य बृद्धि हुनेछ । पारिवारिक सुखबृद्धि हुने । मान प्रतिष्ठा बृद्धि हुने आकस्मिक धनलाभ जस्ता शुभ समाचारले उत्साह थपिने छ । जन्मगत शनि शुभ भएमा लक्षित उद्धेश्य प्राप्ति हुनेछ ।

धनु राशि
दशम कण्टक शनिदशा हुनाले समय मध्यम ब्यापार/ब्यवसाय तथा नोकरीमा बाधा, मान्यजनबाट धोका, घरेलु तनाव, कर्ममा निराशा, कार्य सम्पादनमा ढिलाई रहने छ । त्यसकारण महाकाल शनिको दर्शन, शनि शुक्र १०८आवृत्ति पाठ तथा शिव पूजन गर्नाले राहत प्राप्ति हुनेछ ।

मकर राशि
नवम पूज्य शनि हुनाले श्रम संर्घष्ावाट लाभ, आशातित सफलतामा कमि, आफन्तवाट धोका प्राप्ति हुनेछ । यात्राका अवसरहरू प्राप्त हुनेछ । धार्मिक कार्यमा बढि खर्च गर्नुपर्ने छ । शनि शुक्र १०८आवृत्ति पाठ गर्नाले शुभफलमा बृद्धि हुनेछ ।

कुम्भ राशि
अष्टम शनि भई अढैया दशा प्रारम्भ भएकोले यस समयमा अब्यवस्थित जीवन रोग पीडाले स्वास्थ्यमा शिथिलता आर्थिक सङ्कटको भय, आफन्तमा मनोमालिन्य, कार्यमा अवरोध, ब्यवसायिक परिवर्तन जस्ता अप्रिय योगको उपस्थितिले खिन्नता रहने छ । यसको निवारणका लागि शनिको २३००० जप भद्रकालीको पूजन शान्ति स्तोत्र पाठ र पीपलको पूजा गर्नाले राहतको महशुस गर्नु हुने छ ।

मिन राशि
सातौं कण्टक शनिदशा हुनाले यस समयमा स्थानान्तरण, कार्यान्तरण, साझेदारी­ कार्यमा बाधा, पति/पत्निमा मनोमालिन्य झगडा, दैनिक रोजगारीमा अवरोध आउनुका साथै स्वास्थ्यमा समेत शिथिलता देखिने भएकोले शनि शुक्र १०८आवृत्ति पाठ गर्नाले राहत प्राप्त गर्न सकिनेछ ।

No comments:

Post a Comment

Google Search