Friday, September 11, 2009

घरेलु टुनामुना

छोरो पाउने:- एउटा नकुहिइएको कागती ल्याउनुहोस् । त्यसलाई हातले निचोरेर सबै रस निकाल्ने र त्यस रसमा स्वादअनुसार नुन  हाल्नुहोस् अब त्यस रसलाई केही समयको लागि हातमा लड्डु लिएका कृष्णको अगाडि राखिदिनुहोस् । त्यसपछि राति सुत्नुभन्दा पहिले स्त्रीले यसलाई खाइदिने र लोग्नेले आफ्नो पुरुषार्थ गर्ने यसो गरेमा पुत्र सन्तान प्राप्ति हुनेछ । यस प्रक्रियालाई एकपल्ट बढी गर्नु हुँदैन । अन्यथा हानि होला ।

उत्तम सन्तानका लागि:- गर्भवती स्त्रीले सोमबारको दिन एक टुक्रा कपुर लिएर आधा जति आफ्नै सामु जलाइदिने र बाँकी रहेकोलाई शिवको मन्दिरमा चढाइदिने । यसो गरेमा स्वास्थ्य एवं बुद्धिमान सन्तान जन्मिनेछ । यसलाई गोपनीयतासँग गर्ने ।

 सफल यात्राको लागि:- कुनै पनि याात्रामा निस्कनुभन्दा पहिले विशेष गरेर व्यापारिक यात्रामा जानुभन्दा पहिले ११ रुपियाा कुनै गुप्त ठाउँमा लुकाउर जानु होस् र यात्राबाट फर्किएपछि त्यस पैसाले कुनै गरिब या माग्नेलाई मिर्ठाई खुवाइदिनुहोस् । यात्रा सफल हुनेछ र व्यापार पनि फस्टाउँनेछ ।

सफल जीवनको लागि:- बिहान उठ्ने बित्तिकै नियमित आफ्नो हत्केलालाई चुम्ने गर्नुहोस् । किनकि तपाईँको हत्केलामा नै ३३ कोटी देवता र सम्पर्ूण्ा तर्ीथस्थल रहेको हुन्छ । तर यसलाई तीन पटक चुम्नु पर्ने छ । यसो गरेमा छपाईँका जीवनका हरेक पाइलाहरू सुगम र सरल हुनेछ । यो प्रक्रिया शनिबारबाट सुरु गर्न सक्नु हुनेछ । तर गुप्त राख्नु पर्नेछ । अन्यथा हानि हुन जाला ।

No comments:

Post a Comment

Google Search