Saturday, September 12, 2009

सपना फल

हात्ती ः सपनामा हात्ती देखियो भने धन या पुत्र प्राप्ति हुन्छ । हात्तीमा चढेको देखियो भने गाडेको धन मिल्छ । सेतो हात्ती देख्नु अत्यन्त राम्रो र कल्याणकारी हो ।
हा“स ः सपनामा हाँस आदि पक्षीहरू देख्नु शुभफलदायक मानिन्छ ।
स्याल ः सपनामा स्याल आदि जन्तु देख्नाले शारीरिक कष्टका साथै मृत्युको सम्भावना हुन्छ । यसप्रकारको सपना अत्यधिक अशुभ फलदायक हुन्छ । ब्युँझेकै अवस्थामा पनि स्याल आदि जन्तुको बोली सुन्न अशुभ कारक मानिन्छ ।
सुन ः सुन देखिए सन्तान प्राप्ति हुन्छ । सुन पाउनु अशुभ हो ।
र्सर्ूय ः सपनामा र्सर्ूय देखियो भने चाँडै नै धनलाभ हुने सुयोग मिल्दछ । र्सर्ूय तारा आदि खण्डित भएको देख्नु मृत्युको सूचक हो ।
सिंह ःसिंहमा चढेको देख्नाले धनलाभ हुन्छ । यसको दर्शन मात्रले युद्धमा विजय, बल, सौर्य, वर्ीय आदिको वृद्धि हुन्छ । र्
र्सप ः सपनामा र्सप देख्नु मरणकारी हुन्छ । कुनै विद्वान्हरूले लेखेका छन् कि सेतो र्सपले डस्यो भने धनलाभ हुन्छ ।
सरर्स्र्युं ः सरर्स्र्युं देख्नाले सन्तान प्राप्ति हुन्छ ।
समुद्र ः सपनामा तरङ्गति समुद्र देखियो भने लक्ष्मीको निगाहा हुन्छ ।
विवाह ः सपनामा वैवाहिक उत्सव देख्नु अनिष्टकारक हुन्छ ।
वषर्ा ः यदि सपनामा घनघोर वषर्ा परेको देखियो भने गृहकलह, मित्रका साथ विछोड हुन्छ । तर, व्यापारिक सफलता हुन्छ ।
वनस्पति ः हराभरा, झारपात, बालीनाली, फलफूल देख्नु शुभ हो । यसलाई प्रेमी मिलनको सूचक पनि मानिन्छ ।
लाटोकोसेरो ः सपनामा लाटोकोसेरो देख्नु अशुभकारक हो । यसले रोगमय या मृत्युमय हुन्छ ।
लता ः सपनामा हराभरा लहरी देखियो भने धनलाभको साथै कन्याको पनि प्राप्ति हुन्छ । काँटादार लहरा देखियो भने रोगको डर हुन्छ ।
रुवाइ ः कुनै प्रकारको पनि रुवाइको सपना देखियो भने अनिष्टकारक हुन्छ । यसप्रकारको सपना बिमारी, सन्तान कष्ट र अचानक हानि हुने सम्भावना रहन्छ ।
रगत ः आफ्नो शरीरबाट निक्लेको रगत देख्नाले धनधान्यको वृद्धि हुन्छ । अरूका शरीरको रगत देखियो भने कार्यसिद्धि एवं रगत पियो भने धनलाभ हुन्छ ।
रङ ः साधारणतया सेता र हरियो रङ देख्नु शुभफलदायक हुन्छ, समाजका प्रतिष्ठा बढ्छ । कालो र रातो रङ देख्नु हानिकारक हुन्छ ।
योगी ः कुनै योगी या साधु महात्माको दर्शनले इष्ट वस्तुहरूको प्राप्ति हुन्छ । ध्यानमग्न महात्मालाई देख्नाले कार्यको सिद्धि ठान्नर्ुपर्छ ।
युद्ध ः युद्धको सपना देखियो भने भविष्यमा युद्धस्थलमा जाने सूचना मिल्छ । सामरिक वस्तुहरू देख्नाले चिन्ताको वृद्धि एवं स्वयम्लाई युद्धरत देख्नाले विजय मिल्छ ।
यात्रा ः सपनामा यात्रा गरेको देखिए अर्थ लाभ, युद्ध, मुद्दामामिलामा विजय तथा प्रियजनसँग सर्म्पर्क हुन्छ ।
मोती ः सपनामा मोतीको माला लाएको देखिए कार्यसिद्धि हुन्छ । समुद्रमा डुबुल्की मारेर मोती निकालेको देखे सन्तान उत्पत्ति हुन्छ ।
मृत्यु ः सपनामा कसैको पनि मृत्यु देख्नाले त्यो मान्छे दर्ीघायु हुन्छ ।
मुद्रा ः मुद्रा -टक) देखियो भने विपत्तिको आगमन हुन्छ । यदि कतैबाट मुद्राको थुप्रो पाइयो भने लडाइँमा जानर्ुपर्छ मुद्रा बनाइरहेको देखिए प्रेमीहरूसँग मिलन हुन्छ ।
माकुरो ः माकुरोले टोकेको देखियो भने रोग आइलाग्छ ।

No comments:

Post a Comment

Google Search