Thursday, September 17, 2009

विवाहका प्रकार

पर्ूर्वीय मान्यतामा चार पुरुषार्थ -पुरुषार्थचतुस्टय) साधना गर्नका लागि पनि विवाहको आवश्यकता पर्दछ । धार्मिक विधिपर्ूवक विवाह गरिएकी असल शील,स्वभाव भएकी पत्नी चतर्ुवर्गमध्ये त्रिवर्गफल र्-धर्म, अर्थ, काम) साधना गराउन सहयोगी र सक्षम हुने कुराको उल्लेख पाइन्छ । त्यस्तो असल शीलस्वभाव विवाहको लग्नको वशमा हुन्छ । त्यस्तै जन्मसमयमा अरिष्ट योगहरू उपस्थित भएका भए पनि विवाहमुहर्ूत अत्यन्त शुद्ध भएमा मानिसको जीवन नै परिविर्तन हुनसक्ने कुरा समेत विद्वान् आचार्यहरूले गरेका छन् । यसरी विवाह पर्ुनर्जन्म सरह नै हुन सक्ने भएकाले विवाह समयमा मुहर्ूतको निर्धारण अत्यन्त विचार गरेर गर्नुपर्ने देखिन्छ ।
मनुस्मृति, याज्ञवल्क्यस्मृति, महाभारत लगायतका ग्रन्थहरूमा विवाहका वारेमा वर्ण्र्ाागरिएको पाइन्छ । मनुस्मृतिमा ब्राहृम, दैव्ा, आर्ष प्राजापत्य, आसुर, गार्न्धर्व, राक्षस र पैश्ााच गरी विवाहको आठ प्रकार देखाइएको छ ।
ब्राहृमविवाहः- योग्य वर बोलाएर यथाशक्ति अलङ्कृत कन्यालाई दिइने विवाह ब्राहृम विवाह हो । यस्तो विवाहबाट जन्म भएको सन्तानले आफू सहित अघिका १० र पछिका १० गरी २१ पुस्तालाई तार्छ भनिएको छ ।
दैवविवाहः- यज्ञ गर्दै रहेका ऋत्विकलाई यथाशक्ति अलङ्कृत कन्या दिएर गरिने विवाह दैव विवाह हो र यसबाट प्राप्त हुने सन्तानले आफू अघिका ७ र पछिका ७ गरी १४ पुस्तालाई तार्छ भनिएको छ ।
आर्षविवाहः- एक जोडी गाई वरक्षसँग लिएर विधिपर्ूवक कन्यादान गरी गरिने विवाह आर्षविवाह हो र यसबाट जन्म भएको सन्तानले आफू सहित अघिका ३ र पछिका ३ गरी जम्मा ७ पुस्ता तार्छ भनिएको छ ।
प्राजापत्य विवाहः- विवाहार्थी वरलाई सँगै बसेर धर्मको आचरण गर भनी कन्यादान गरी गरिने विवाह प्राजापत्य विवाह हो । यसबाट जन्मेको सन्तानले आफू सहित अगाडिका ६ र पछाडिका ६ पुस्तालाई तार्छ भनिएको छ ।
आसुर विवाहः- वरपक्षसँग धनसम्पत्ति लिएर कन्यादान गरी गरिने विवाह आसुर विवाह हो । अथवा वरपक्ष र कन्यालाई समेत यथाशक्ति सम्पत्ति दिएर गरिने विवाह आसुर विवाह हो । जुनसुकै रूपमा भएपनि सम्पत्तिको प्रयोग गर्नुपर्ने देखिन्छ आसुरी विवाहमा ।
गार्न्धर्व विवाहः- वर र कन्या परस्परमा प्रेम वा सहमति भई गरिने विवाह गार्न्धर्व विवाह हो र यसमा पनि विवाहको शास्त्रीय विधि गर्नुपर्ने देखिन्छ ।
राक्षसविवाहः- युद्धमा हरण गरी ल्याइएकी कन्यासित गरिने विवाह वा अभिभावकहरूलाई जितेर ल्याइएकी कन्यासित गरिने विवाह राक्षस विवाह हो ।
पैशाच विवाहः- छल गरेर, झुक्याएर गरिने विवाह वा असहाय अथवा अस्वस्थ कन्यालाई बलात्कारपर्ूवक गरिने विवाह पैशाच विवाह हो ।
माथि वर्ण्र्ाागरिएकामध्ये पहिलो ४ प्रकारलाई उत्तम कोटिको विवाह मानिएको छ ।

No comments:

Post a Comment

Google Search