Wednesday, September 16, 2009

धन कति कमाउने

धर्म, अर्थ काम र मोक्षलाई पूरुषार्थमा कल्पना गरिएको छ । धर्म र मोक्ष दुबै अलौकिका एवं अदृष्ट फलसंग सम्बन्धित छन् । तर अर्थ र काम Sex ऐहिक र भौतिक साधन हुँदाहुँदै पनि धर्मको मर्मलाई पुष्ट गर्ने मानिन्छ । त्यसैले आजको युगमा र्'अर्थ' पुरुषार्थको महत्व सर्वोपरी भएको हुँदा यसमा आर्श्चर्य मान्नुपर्ने कुनै कारण देखिँदैन । यस Economic era मा समग्र विश्वले एक अतिविस्तृत बजारकोरूप धारण गरिसकेको छ ।
ज्योतिष शास्त्रले राष्ट्रको सानोभन्दा साना इकाइको आर्जन शक्तिको हिसाब र आंकडा प्रस्तुत गर्दछ । साथ साथै व्यत्तिगत तौरले कुनै व्यक्तिले आफ्नो जीवनमा कति धन कमाउने छ । यसको भविष्यवाणी विधि ज्योतिष शास्त्रको अनेक ग्रन्थमा निर्दिष्ट छ । जन्म कुण्डलीमा बाह्र घरद्वारा विश्वमा व्याप्त वृत्तिको निर्देशन पर्ूर्वीय ज्योतिषको महान उपलब्धी देखिन्छ । यी १२ भावमा चार भावद्वारा र्'अर्थको समिक्षा अनेकौँ दृष्टिकोणबाट गरिन्छ । द्वितीय भाव जसलाई धनसम्पत्ती खरखजनाको भाव मानिन्छ । यसमा स्थिर सम्पत्तिको विचार गरिन्छ । यसको अतिरिक्त रत्न, मणिक्य, मोति सुन फलाम क्रयापक -किराना वस्तु) आदिको विचार यसैस्थानबाट गरिन्छ । जस्तो कि ः-
मणिमुक्ताफलं स्वर्ण्र्ाात्न तुकदम्बकम् ।
त्रयाणकार्ध र्सवाणि धनस्थानान्निरीक्षयेत् ।।
भुवनदीपक श्लोक ४४
सप्तम् भाव जो मुख्यत दाम्पत्य जीवनलाई निर्देशन गर्दछ । त्यो वाणिज्य Export import र व्यवहार -लेनदेन) लाई पनि जनाउँदछ ।
वाणिज्य व्यवहार च विवाद समं परैः ।
गमागमकलत्राणि पश्येत् प्राज्ञः कलत्रतः
।। भुवदीपक श्लोक ४५
दशम स्थानबाट नोकरी व्यापारको प्रवृत्ति एवं राजत्व लाभको विचार गरिन्छ ।
व्यापारमेषूरण मध्यामानं ज्ञान च राजास्पदकर्मसंज्ञा
- जातकपारिजात ३।५५

यसको अतिरिक्त यसै भावबाट मुद्रा पुण्यकार्य र अतिरिक्त व्यापारको पनि विचार गर्ने गरिन्छ ।
राज्यं मुद्रां पुण्यं स्थानं पितृप्रयोजनम् ।
...व्योमस्थानान्निरी क्षयेत ।।
- भूवनदीपक श्लोक ५१
एकादश भावबाट आय -दिन प्रतिदिनको) हात्ती, घोडा बाहन शस्त्र अस्त्र तथा स्वर्ण्र्ााे चिन्तन गरिन्छ ।
गजाश्वयानवस्त्राणि सस्यकाञ्चनकन्यका ।
विद्वान विद्यार्थायोलभं लक्षयेल्ला भलग्नत ।।भूवनदीपक श्लोक ५३
यी चार भावको अतिरिक्त चर्तुर्थ भावबाट बाहान र घर जग्गाजमिनको विचार गरिन्छ ।
पातालबुद्विहिबुक क्षितिमातृविधायानाम्बुगेहसुखबन्धुचतुष्टयानि- जातकपारिजात १।५०
अतः अर्थसँग सम्बन्धित कुनै पनि प्रश्नको विचार यिनै भावको स्थितिलाई ध्यानमा राखी गर्ने गरिन्छ । यी सबै भाव र भावेशमा धनेश -द्वितीयेश) र लाभेश -एकादशेश) को स्थितिलाई बढी महत्वपर्ूण्ा मानिन्छ । यसको परस्पर सम्बन्ध र बलाबल व्यक्तिलाई जीवनमा सम्पर्ूण्ा लाभ दिने सूचक बन्दछ । जस्तो कि ः-
वित्तायोदयराशयः पतियुता वित्ताधिको जायते
लाभस्थौ धनलाभयौ निजसुहृदत तुङ्गादिगौ चेत्तथा ।
तद्वत् लाभ धनाधिपौ तनुगतावन्योन्यमिष्टग्रहौ
लग्नेशे धनलाभराशिपयुते लग्ने बहुद्रव्यवान ।।

- जातकपारिजात ११।५० ।
यदि द्वितीयको स्वामी र एकादश भावको स्वामी ग्रह बुध र वृहस्पति छ । या परस्पर संयोग केन्द्र त्रिकोणमा भएको छ भने यस्तो कुण्डलीवाला व्यक्ति अपार सम्पदाको मालिक हुनेछ । यदाः-
बली धनेशो धनकारकौ तथा बुधेज्यकौ केन्द्रसूतर्क्ष्र्ााग्यौ ।
लाभे निजांशे यदि वा निजालये स्थ्ितौ धनाढ्य कुरुतो नरं सदा
।। केरलसार
कहिलेकाही यो पनि देखिएको छ कि व्यक्तिलाई आकस्मिक कसैद्वारा धन लाभ हुने हुन्छ । या उसलाई कसैको सम्पत्तिको उत्तराधिकारी बनाइन्छ यसको पनि ज्योतिष शास्त्रमा वर्ण्र्ाागरिएको छ । यस्तो योगको लागि अनिवार्य र्सत छ कि धनेश लग्नमा स्थित हुनुपर्ने र अन्यग्रहसँग संयोग हुनुपर्ने हुन्छ जस्तो कि यदि धनेश तृतीयेशसँग लग्नमा छ भने उसलाई आफ्नो भाइको सम्पत्ति प्राप्त हुनेछ या हुन्छ । यदि लग्नेश र द्वितीयेशको योग लग्नमा छ भने यस्तो व्यक्तिलाई अत्यन्तै लाभ हुनेछ । यसप्रकार धनेश जुन भावको कारक ग्रहसँग लग्नमा योग गर्दछ त्यस भावसँग सूचित द्रव्य या स्थिर सम्पत्तिलाई प्राप्त गर्ने हुन्छ । जस्तो कि ः-
वित्ताधीशे लग्नगे लग्ननाथे वित्तस्थाने˜यन्तेता वित्तमव ।
यदावस्थौ लग्नवित्तेश्वरौ चेत् तन्मूलात् तु द्रव्यवृत्तिनेराणाम् ।।

-जातकपारिजात ११।५
धनेश बक्री हुनु विशेष लाभदायक मानिन्छ । बक्री धनेश सबै दिशामा लाभ दिलाउने छ ।
बक्रो˜सौ चेद्दिक्षु र्सवार्थसिद्धि ।। जातकपारिजात् ११।५८।
अतः यदि कुनै व्यक्तिको जन्म कुण्डलीबाट उसको वित्तीय स्थितिलाई निर्देश गर्नुछ भने यो स्थितिलाई सूक्ष्म तरिकाबाट विश्लेषण गर्नुपर्दछ । नक्षत्र पद्धति Kp Astrology अनुसार यदि द्वितीय भावको उपनक्षेत्रेश २, ६, ११ भावको संकेतक भएमा व्यक्ति जीवनमा धनवान हुनेछ ।

No comments:

Post a Comment

Google Search