Thursday, September 17, 2009

कुन ग्रहको लागि कुन देवी मान्ने

ग्रहहरूको अशुभ दशा र नकारात्मक प्रभाव हटाउन कुन कुन ग्रहको लागि कुन कुन देवी मान्नुपर्छ भन्दा तन्त्रको वचन छ ।
आदित्ये त्रिपुरेश्वरी भगवती सोमे˜थलक्ष्मी परा ।
भौमेशे भुवनेश्वरी भयहरा सोमात्मजे तारिणी ।
देवानां सुगुरौ तथैव बगला शुक्रे तथा भैरवी ।
काली भास्करनन्दने च कक्षिता राहौ तु छिन्ना तथा ।
विज्ञेया कथिता मया सुरवरे धूमावती केतवे ।
मातङ्गी ग्रहमातृका निगदिता सा संकटा योगिनी ।

भावार्थ
सुर्यकी त्रिपुरासुन्दरी, चन्द्रमाकी लक्ष्मी, मङ्गलकी भुवनेश्वरी, बुधकी तारा, बृहस्पतिकी बगला, शुक्रकी भैरवी, शनिकी काली, राहुकी छिन्नामस्ता, केतुकी धूमावती, मुन्थादि योगिनीकी माताङ्गनिनी शक्ति हुन् । संकटा आदि योगिनीको ग्रह त आजकाल सबै पात्रमा दिइएको हुन्छ ।

No comments:

Post a Comment

Google Search