Monday, October 26, 2009

तुलसी को थिइन्


देवषिर् नारदले भगवान नारयणसँग आफ्नो शंका समाधान एवं जन कल्याणका लागि अनुरोध निवेदन गर्नु भयो । 'प्रभु हजुर र्सवज्ञ र्सव व्यापक हुनुहुन्छ कृपागरी साधवी तुलसी भगवान श्री हरिकी पत्नी कसरी बनिन्, कहाँ जन्मिन् र पर्ूवजन्ममा को थिइन् - यिनले कसको कूलमा जन्म लिइन्, यिनका मातापिताको थिए - कुन तपस्याको प्रभावबाट प्रकृतिका अधिष्ठाता भगवान श्री हरि नै उनलाई पति रूपमा प्राप्त गरिन् - साथै यस्तो सुयोग्य देवीलाई वृक्ष किन हुन् पर्‍यो र कसरी यिनी असुरको जालमा परिन् - यो सम्पर्ूण्ा कुराहरू विस्तार पर्ूवक मेरो शंका निवारण गरिदिनुहोस् प्रभु भनी पर््रार्थना गर्दा श्री हरि यसरी भन्नुहुन्छ-
राजा धर्मधजको पत्नीको नाम माधवी थियो । उनी राजाका साथ गन्धमादन पर्वतमा रहेको उपवन बगैँचामा आनन्दनसँग रहन्थिन् । धेरै समय बितेपछि राजा धर्मध्वजको हृदयमा ज्ञान उब्जेछ कि यसरी भोग-बिलासदेखि टाढै रहनु पर्ने भन्ने लागेछ तर माधवीलाई चित्र बुझेको रहेनछ र केही समयपछि माधवी गर्भवती भइछिन् । कार्तिक पूणिर्मा शुक्रवारका दिन लक्ष्मीको अंशका रूपमा कन्याको जन्म भयो । ती कन्याको अनुहार शरद पूर्णर्ीमाको जून जस्तो धपक्क बलेको थियो । आँखा कमल भैFm अतिनै सुन्दर थिए । जाडोमा तिनका अंग आपैFm न्यानो रहन्थ्यो भने गर्मीमा शितल हुन्थ्यो । उनीलाई हेरेर कुनैपनि स्त्री, पुरुषको सुन्दरतासँग तुलना गनसकिँदैन थियो । त्यसै अतुलनीय सुन्दरताको कारण नै महापुरुषहरूले उनको नाम तुलसी भनी राखे । धरतीमा आउने बित्तिकै यति सुयोग्य भइन् कि साक्षात प्रकृतिकै देवी देखिन्थिन् ।
सबैलाई रोक्दा रोक्दै पनि तुलसीदेवी बदरी वनमा तपस्या गर्न गईन् । त्यहाँ धेरै दिनसम्म तपस्या गरिन् । उनको हृदयमा एउटा निश्चित उद्देश्य राखेकी थिइन् कि स्वयं भगवान नारायण नै म पति रूपमा पाउन सकुं । तिनको हजारौँ वर्षो कठिन तपस्याबाट ब्रम्हाजी खुशी भएर दर्शन दिनुभयो र वर माग भन्नुभयो । उनले भनिन्- 'हे पितामह ! हजुर त र्सवज्ञ हुनुहुन्छ तैपनि मेरो मनमा जे इच्छा छ त्यो हजुरलाई निवेदन गर्दछु । पर्ूवजन्ममा म तुलसी नामको गोपिनी थिएँ । गोलोकमा मेरो निवास थियो । भगवान श्री कृष्णको प्रिया, उनको अनुचरी, उनको अर्द्धर्ाानी र उनको प्रिय सखी सबैथोक हुने मलाई सौभाग्य प्राप्ति थियो । गोविन्दको नामबाट सुशोभित उनै प्रभुसँग रास-विलासभै रत थिएँ । जुन परम सुखभोगबाट तृप्ति पनि नहुँदै एक दिन रासकी अधिष्ठात्री देवी भगवती राधाले रास मंडलमा आएर रिसाउँदै मलाई सराप दिनुभयो र भन्नुभयो 'तँलाई मानव योनी प्राप्ति होस् ।' त्यसैबेला भगवान् गोविन्दले भन्नुभयो- देवी ! तिनी भारत वर्षा बसेर तपस्या गर, त्यसबेला ब्रम्हाजीले आएर वर दिनु हुनेछ । जसले गर्दा मेरो स्वरूपको भूत अंश चतर्ुर्भुज श्री विष्णुलाई तिमी पति रूपमा पाउने छौँ । त्यसैले मले आफ्नो त्यो शरीरलाई त्यागोर फेरि यस धर्तीमा उत्पन्न भएँ । सुन्दर शान्त स्वरूप भगवान जो त्यसबेला मेरोपति हुनुहुन्थ्यो । उनैलाई म आफ्नो पति रूपमा पाउनका लागि वर माग्दैछु । अब मेरो इच्छा पर्ूण्ा पर्ने कृपा गर्नुहोस्, प्रभु ।'
भगवान श्ररुीकृष्णको अंगबाट प्रकट भएर सुदामा नामको एक जना गोप पनि राधिकाको सरापबाट उत्पन्न भएका छन् । त्यस महा तेजस्वी गोपलाई श्रीकृष्णको साक्षात अंश भनिन्छ । सरापको कारण दानव कूलमा उत्पन्न हुनु परेको छ । ती शंखचूड नामले विख्यात छन् । तीनै लोकमा कसैले पनि उनको समानता गर्न सक्दैनन् । ती सुदामा त्यसबेला समुद्रमा विराजमान थिए । श्री कृष्णको अंश भएको कारण उनलाई पनि पर्ूवजन्मको सबैकुरा याद छ । त्यसैगरी तिमीलाई पनि पर्ूवजन्मको सबै कुरासाग परिचित नै छौँ ।
यस जन्ममा श्री कृष्णको अंशनै त्रि्रो पनि हुनेछन् । यसपछि भगवान नारायणलाई तिमी पनि रूपमा प्रापित हुनेछ र लीलावश उनी नै नारायणीले तिमीलाई सराप दिनेछिन् । तर आफ्नो कलाबाट तिमी वृक्ष भएर यस धर्तीमा बस्नर्ुपर्छ र सम्पर्ूण्ा संसारलाई नै पवित्र गर्ने क्षमता तिमीलाई प्राप्त हुनेछ र सम्पर्ूण्ा फूलमा तिमीलाई प्रधानता प्रापित हुनेछ ।
ब्रम्हाजीको यस्तो कुरा सुनेर तुलसी प्रशन्न भइन् र ब्रम्हाजीलाई नमस्कार गर्दै फेरि भनिन्- "म पर्ूण्ा सत्य बोल्दै छु, जे मेरो हृदयमा छ । श्यामसुन्दर श्रीकृष्ण पाउनका लागि जुन मेरो इच्छा छ त्यसैगरी चारहात भएका भगवान विष्णुका लागि भने छैन । तर म श्री कृष्ण भगवानको आज्ञा अनुसार म चार हात भएका श्री विष्णु भगवान पाउनका लागि पर््रार्थना गर्दछु कि हे भगवान ! हजुरले मलाई दया गरेर म फेरि श्यामसुन्दरलाई पाउन सकुं साथै मलाई राधाको भय डरबाट पनि मुक्र गरिदिनुहोस् ।'
भगवान ब्रम्हा भन्नु हुन्छ- "देवी ! म तिमीलाई भगवती राधाको षोडाशाक्षर मन्त्र दिन्छु जसका प्रभावले तिमी राधाको प्राणप्रिय हुनुका साथै भगवान कृष्णकी त्यस्तै प्रिया बन्ने छौँ, जस्तो राधा छिन् ।' यसरी श्रृष्टिका विधाता ब्रम्हाले तुलसीदेवीलाई राधाको मन्त्र दिनुभयो र तुलसीले भगवती राधाको पर््रार्थना गरिन् र उनकै दयाबाट राधा भैFm सिद्ध भईन् र आनन्दले जीवन बिताउन लागिन् र श्री कृष्णका प्रमाशक्ति भइरहिन् ।
एक दिनको कुरा हो, तुलसीदेवीले उटा राम्रो सपना देखिन् जसमा एउटा अति सुदर पुरुषले तुलसीदेवीको मुखकमल रसपान गरिरहेका थियो र प्रेमालाप भएको पाइन् । उनी सपनाबाट उठेर रुन लागिन् । यसरी दिनहरू बितिरहेको थियो कि त्यसबेला शंखचूड नामको महान योगी ध्यानका लागि बदरी वनमा आए । जैगीषव्य मुनिका दयाले भगवान श्री कृष्णको दिव्य मन्त्र उनले पाएका थिए र पुष्करमा बसेर त्यो मन्त्रलाई सिद्ध गरेका थिए ।र्
र्सवमंगलमय त्यो कवचले उनको गलाको शेभा बढाइरहेको थियो । ब्रम्हाजीले उनलाई मन इच्छित वरदान दिइसकेका थिए र उनैको आज्ञाले यहाँ आएका थिए । ती अति आकर्ष कान्तिवान सुन्दर शंखचूडलाई देखेर देवी तुलसी मोहित भइन् ।र्
र्सवगुण सम्पन्न तुलसीदेवीलाई देखेर शंखचूड उनी माथि आकषिर्त भएर भने- "सम्पर्ूण्ा स्त्रहिरूमा अति सुन्दर तिमी को हौ, त्रि्रो नाम के हो - त्रि्रो पिता को हुन् -' उनी भनिन्छ्- "म श्री धर्मध्वजकी छोरी हुँ । तपस्याका लागि यस तपोभूमिमा आएकी हुँ । हजुरको हुनुहुन्छ -" शंखचूड हाँस्दै भन्छन्- "म यसबेला ब्रम्हाजीको आज्ञाबाट यहाँ आएको हुँ । म देवताहरूमा तहलका मचाउने शंखचूड हुँ । मेरो जन्म दानव कुलमा भएको हो ।"
उच्च विचार राख्ने सद्पुरुष नै संसारमा प्रशंसनीय हुन्छन् । यतिकैमा ब्रम्हाजी प्रकट हुनुभयो र भन्नुभयो- "हे शंखचूड ! यी देवीलाई गर्न्धर्व विवाह अनुसार आफ्नो पत्नीको रूपमा स्वीकार गर ।" फेरि तुलसीदेवीलाई भन्न भयो- "पत्रि्रता ! यस्तो गुणवान पतिको के परीक्षा लिनु पर्छ र देवता, दानव सम्पर्ूण्ालाई परास्त गर्न सक्ने क्षमता भएको हुनाले स्वीकार गर । नाराणयसँग लक्ष्मी, श्रीकृष्णसँग राधा भैFm तिमी पनि शंखचूडसँग पत्रि्रता भएर बस । यसपछि तिमी स्वयं गोलोकमा जानेछौँ । शंखचूड पनि शरीर त्यागेपछि बैकुण्डमा गएर चार भुजाधारी भगवान विष्णु भई समाहित हुनेछन् ।"
यसरी शंखचूड र तुलसीलाई आर्शिर्वाद दिएर ब्रम्हा अन्तरध्यान हुनुभयो । त्यसपछि शंखचूडले गर्न्धव विवाह अनुसार तुलसीदेवीलाई आफ्नो पत्नी बनाएर लगे । धेरैदिनसम्म शंखचूडले आनन्दपर्ूण्ा राज्य गरे । सम्पर्ूण्ा देवतालाई पनि जितेपछि सबै देवताहरू अत्यन्त दुखित हुँदै ब्रम्हाजी कहाँ विलाप गर्न पुगे ब्रम्हाले पनि सबैलाई साथ लिएर विष्ण्-ाु कहाँ पर््रार्थना गर्न जानुभयो । यसरी सबैको पर््रार्थना सुनी भगवान विष्णु भन्नु हुन्छ । यो शंखचूड पर्ूवजन्ममा मेरो एउटा गोप थियो । मलाई अतिनै चाहन्थ्यो प्रेम गथ्र्यो र यसमा मेरै नै अंश छ । त्यसकारण सबै पर्ूवनिर्धारित अनुसार नै भइरहेको हो । समय पुगेपछि फेरि शंखचूड गोलोकमा नै जानेछ । त्यसकारण तपाईंहरू मेरो त्रिशुल लिएर जानुहोस् र श.करजीले त्यसै त्रिशुलले प्रहार र्नु भउमा त्यो राक्षसको संहार हुनेछ । तर दानव शंखचूड मेरै मंगल कवच धारण गरेर अति नै वलशाली भएको छ । कवचको कारणले गर्दा उसलाई कसैले मार्न सक्दैन । त्यसकारण अब म नै ब्राम्हणको रूप लिएर कवच माग्न जान्छु साथै जुनबेला उसका स्त्रीको सतित्व नष्ट हुन्छ त्यसैबेला उसको मृत्यु हुनेछ ।
मैले नै उसलाई वरदान दिएको थिएँ त्यसको अत्याचारी अब चाँडै नै नाश हुन्छ । त्यसैले मेरो तुलसीसँग सर्म्पर्क हुने बित्तिकै शंखचूडको मृत्यु हुन्छ । त्यसपछि दानव पत्नी आफ्नो शरीर त्याग्ने छिन् र मेरो लोकमा आउने छिन् र मेरै प्रियत्नी भएर रहनेछिन् । त्यसपछि म लक्ष्मी समान मान प्रतिष्ठा दिएर राख्नेछु ।
भगवान् विष्णुको निर्देशनमा देवताहरू र शंखचूडको भयंकर युद्ध भयो । दानव पत्नीको पत्रि्रता भंग हुने बित्तिकै शंखचूडको पनि मृत्यु भयो । यता दानवराज शंखचूड पनि शिवजीको कृपाबाट सराप मुक्त भए फेरि पहिले कै कृष्ण सखाकै रूप प्रापित गर्‍यो ।
तुलसीको शरीर पतित पावन नदकिा रूपमा परिवतृन हुनेछ जसको गण्डकी नदीको नामले प्रसिद्ध हुनेछ । जुन नदीमा स्नान ध्यान गर्नाले मानिसले उत्तम पुण्य प्राप्त गर्नेछन् । उनको केश पवित्र बोट विरुवा हुनेछ जसको नाम नै तुलसी हुनेछ र जन्मजन्मान्तर मानिसले पूजा आर्चना र स्वस्थता प्राप्त गरी अहोभाग्य हुनेछन् । सम्पर्ूण्ा बोट विरुवामा तुलसी अति नै उत्तम गुणकारी बिरुवाको रूपमा प्रत्येक घर आँगनमा शोभायामान भई प्रसिद्ध हुनेछ । यसरी सम्पर्ूण्ा मृत्युलोक पाताललोक र गोलोकमा सदा श्री हरि प्रिया बन्ने छिन् र पुष्पमा पनि तुलसी अति हितकारी र्सवमानय बन्ने छिन् । बैकुण्ठमा दिव्यरूप धारण गरी वृक्षाधिष्ठात्रीदेवी बनेर श्री हरिसँग रहने छिन् ।
छल गरी श्री विष्णुले सतित्वहरण गरेको कुरा चाल पाई तुलसीले पनि सराप दिएकी थिइन् कि ढुङ्गा भएर रहन परोस् । त्यसैकारण तुलसीले देह त्यागेपछि गण्डकी नदी भयन् भने श्री हरि गण्डकीको तिरमा रहेका शाल्रि्रम भई रहनु भएको छ । जुन पूजा अर्चना गर्नाले सम्पर्ूण्ा दोष पाप नाश हुनेछ ।
श्री विष्णुलाई चढाएको तुलसीपत्र हटाउनेलाई घोर पाप लाग्छ र स्त्री वियोग भोग्नु पर्छ भन्ने किंबदन्ती छ भने विष्णु प्रियाशंखबाट तुलसी हटाउमा पनि स्त्रीहिन हुन्छ र रोगी बन्छ भन्ने चलन अध्यावधि छँदैछ । त्यसैले महाज्ञानी स्त्री पुरुष शाल्रि्राम, तुलसी र शंख एक ठाउँमा राखेर न्यास ध्यान गर्छ त्यसदेखि भगवान हरि अति नै खुशी हुनु हुनेछ । बिना तुलसीपात्र शाल्रि्राम पूजा हुनु हुँदैन भनी श्री शिवले तुलसी महात्मयको वर्ण्र्ाागरेर अन्तर्ध्यान हुनुभयो ।
तुलसीदेवी श्री हरिसँग बैकुण्ठमा रहन लागिन् । गंगा, लक्ष्मीले त कुनै किसिमको अपमान गरिनन् । सरस्वतीले नसहेको कारण अन्तर्ध्यान भइन् । ज्ञानीका लागि तुलसी त सिद्धि स्वरूपा थिइन् र बृन्दावनमा गएर एकान्तमा रहन लागिन् र श्री हरिमा लिन भइन् । सिद्धि स्वरूपमा तुलसीको जसले दशाक्षर मन्त्र सहित पूजा अर्चना गर्छ त्यसको सम्पर्ूण्ा मनोकामना पर्ूण्ा हुन्छ ।

No comments:

Post a Comment

Google Search