दुईसय वर्ष पुरानो वट वृक्ष
वरको महत्व ब्रम्हपुराण, मार्यण्डेय पुराण, बाल्मिकी रामायण, रामचरित्र मानस, मनुस्मृति, भविष्य पुराण इत्याद ग्रन्थमा उल्लेख भएको पाइन्छ । वर वृक्षको ठूलो धार्मिक महत्व छ । यसको पात पंचपल्लवमा लिइन्छ । धर्मात्माहरूले वरको विरुवा रोपेर पूजा गर्नुको साथै चौतारी बनाउने शितल ताप्ने हाम्रो हिन्दू परम्परामा धेरै कालदेखि चल्दै आएको हो । कुनै पनि धार्मिक कार्य, सभा समारोह, पूजा, यज्ञ आदि वरको रुखमुनि गर्नाले अति नै शुभ मानिन्छ । वरमा अनेकौँ देवी देवताको वास हुनुका साथै अतिनै शुद्ध पवित्रताको प्रतिक मानिन्छ । साथै वर वृक्षलाई सौभाग्य र अविनाशी अजर अमर मानिन्छ ।श्री मनु ऋषिले आफ्नो मनुस्मृतिमा भन्नु भएको छ । "यात्रा गर्दा वर वृक्षमा ढोगेर साइत गर्दा मंगल हुन्छ ।' ऋषिमुनी, तपस्वी र सन्तहरू वर वृक्षको मुन्तिर बसेर तपस्या, ध्यान साधना गरी ज्ञान हासिल गर्दछन् । भगवान सिर्द्धार्थ गौतमलाई बैराग्य आएपछि गया गएर वर वृक्षको आश्रयमा तपस्या गर्दा परम ज्ञन प्राप्त भयो भनिन्छ । त्यसैले आज पनि गयालाई ज्ञानको बोध गराउने बोध गया र वृक्ष बोधी वृक्षको नामले प्रख्यात छन् । आदर्श पुरुष श्री रामचन्द्रले बनवास जीवनयापन गर्दा वरको चोप लेपन गरी जटामुकुट बाँध्नु हुन्यो भनी रामायणमा भनिएको छ ।
साधारण कुनै पनि शुभ मंगल कार्य पूजा आजामा वरको पात र होम यज्ञमा सुकेको हाँगा चाहिन्छ । धान्य पर्व आदि दानमा सुनको वर वृक्ष बनाएरै दान गरिन्छ । बरणी गर्दा वर पिपल भै+m बरबधुको दाम्पत्य जीवन मंगलमय होस् भन्ने कामना गरी वरको पातमा पूजा गरिन्छ । यसरी वर वृक्षको अनेकौं धार्मिक महत्वका साथै शरीर र मनलाई सवल शुद्ध पवित्र पार्नुका साथै अनेकौँ रोग र शोक नाश हुने जीवनको अति नै आवश्यक र महत्वपर्ूण्ा वर वृक्षको महत्व रहेको हुनाले जुनसुकै बेला पनि पहिले वर, पिपल, तुलसी वा कुनै पनि डाँठ बोक्रा औषधिको लागि आवश्यक भएमा पहिले आत्मनिवेदन गरी आफ्नो वा अरूको मंगल कल्याणको लागि प्रयोग गर्दैछु भनी क्षमा पर््रार्थना गरेर मात्र प्रयोगमा ल्याउनाले नै मानिसको सम्पर्ूण्ा रोग शोक सारा नाश भएर स्वस्थ तन्दुरुस्त दिघार्यु जीवन बन्दछ ।
No comments:
Post a Comment