Thursday, October 29, 2009

निवासयोग्य भूमि

निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हेर्नु पर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दरिद्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति (जो सिंह राशिपर्‍यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ । तर, आफ्नै राशि सिंह र सातौँ राशि कुम्भको ठाउँमा बसोबास गरेर शत्रुता बढ्नेछ । यसैगरी, सबै ठाउँ एवं नामको विचार गर्नुपर्दछ ।

No comments:

Post a Comment

Google Search