Friday, October 30, 2009

ज्योतिषशास्त्रको विकास गरौं

" धियाकृतान ज्योतिष्मथ पथोरक्ष" अर्थात् ज्योतिषशास्त्रले देखाएको बाटोको रक्षा गर, ब्रि्रन नदेऊ भन्ने वेदको वाणीलाई आर्य समाजले परापुर्वकालदेखि नै आफ्नो विशिष्ट अङ्गको रूपमा ग्रहण गर्दै आइरहेका छन् । वेदको आखाको रूपमा ज्योतिषलाई सविस्तार व्याख्या गरिएको देखिन्छ । हाम्रो दैनिक क्रियाकलापदेखि जन्म-मृत्युसम्म हरेक क्षेत्रमा ज्योतिषको जरुरत पर्दछ । दिन, बार, ऋतु, महिनालगायत चार्डपर्व व्रतहरु ज्योतिषीय गणनाको आधारमा मात्रै निर्धारण गरिएको हुन्छ । यदि ज्योतिषशास्त्र नहुदो हो त आज हामी तिथिमिति गणनालगायत धार्मिक कृत्यमा अन्योल भई बसिरहेका हुन्थ्यौं। ज्योतिषको सिद्धान्तबाट ग्रह, नक्षेत्रको उदय-अस्तको जानकारी गर्ने शास्त्र गणित ज्योषित हो भने त्यसको सम्पूर्ण चराचर जगत्मा पर्ने असरको बारेमा जानकारी दिने शास्त्र फलित ज्योतिष हो । फलित ज्योतिषको प्रावधान खगोलीय पिण्डहरुको खोज र अनुसन्धानमा निरन्तरता भइरहोस्, भन्ने उद्देश्यले ल्याइएको हुनर्पर्दछ । किनकि आफ्नो जीवनमा शुभ/अशुभ प्रभाव पार्ने हरेक चीजको खोजी र अनुसन्धान गर्ने मानवीय प्रवृत्ति हुन्छ । तर, आज भौतिक वादको नाममा ज्योतिष शास्त्रलाई उपेक्षा गरिएको देखिन्छ । सम्पन्न धनाढ्य वर्गहरुदेखि मन्त्री प्रधानमन्त्रीसमेतले र्सार्वजनिक रुपमा ज्योतिषलाई उपेक्षा गर्ने देखिए तापनि पछि समस्या पर्दा तिनै व्यक्तिहरु ज्योतिषको चाकडी गरी हिडेको पनि यत्रतत्र र्सवत्र देखिन्छ । त्यसैले यस्तो गहन र जीवन उपयोगी शास्त्रको उत्थान र संरक्षणमा ध्यान दिई ज्योतिषशास्त्रको विकासमा सहभागी हुनु आजको आवश्यकता देखिएको छ ।

No comments:

Post a Comment

Google Search