Wednesday, October 28, 2009

वरको औषधोपयोगीता

जसरी गौ माताको दूध अमृत समान सम्पुर्ण पूर्ण आहार पौष्टीकता भए झै श्री वरको दूध पनि त्यति नै गुणकारी भएको पाउँछौँ । निम्न रोगमा वरको दूध बिहान बेलुका प्रयोग गरेमा अति प्रभावकारी असर गर्छ । चोट पटकबाट भएको निल डाममा, बाथले जोर्नी दुखेमा सुनिएमा कम्मर वा हड्डी दुखेमा, खुट्टा फुटेमा, हाड भाँचिएमा त्यो ठाउँमा लगाउने, गिजा र दाँत दुखेमा, पाकेमा पनि लगाउन सकिन्छ ।
४/५ थोपा वरको दूध खानाले आउँसम्बन्धी रोग ठीक हुन्छ । नाइटो वरिपरी दल्दा झाडा पखाला बन्द हुन्छ । मानिस वा गाईवस्तुको किरा परेको घाउमा दिनको ३/४ पटक गरेर वरको दूध हालि दिने गरे किरा मर्छ, घाउ भरिन्छ । स्वप्नदोष भएमा ४/५ थोपा मिश्रीमा हालि खाली पेटमा एक हप्ता खाएमा ठीक हुन्छ । आइमाईको प्रमेह प्रदररोगमा पनि भैंसीको १ ग्लास मनतातो दूधमा १५/२० थोपा वरको दूध १/२ चम्चा मह राम्ररी फिटेर बिहान खाली पेटमा १/२ चम्चा पानीमा फिटेर नित्य खानाले १/२ महिनामै राम्रो प्रगति देखाउँछ । वरको बोक्राको काँडा पाठेघर खराबीको रोगीलाई पनि अति नै गुणकारी हुन्छ । कुनै पनि गाठागुठी डल्लो कुनै भागमा आएमा वरको पात तताएर २/४ दिन बाँधी दिएमा ठीक हुन्छ । वरको कलिलो जटा पानीमा पिनेर १ चम्चा पर-सरेको १६ दिनसम्म बिहान खाली पेटमाखान दिएमा गर्भ धारण हुन्छ । वरको बोक्राको चूर्ण एक चम्चा एक ग्लास दहीमा फिटेर १ हप्तासम्म दिएमा गर्भपात रोकिन्छ । अल्काईको रोगीले वरको कलिलो मात २/४ वटा पानीमा पिनेर नियमित खानाले अल्काईबाट रगत आउने र घाउ खटिरा ठीक हुन्छ । अल्काईको घाउमा गाईको नौनीमा फिटकिरी चूर्ण हालेर मलहम बनाई घाउमा लगाउनाले घाउ ठीक हुन्छ ।
मुटु हल्लनेमा वरको कलिलो पात पिनेर नियमित दिनको एक पटक र्सवत पिउने गरेमा ठीक हुन्छ । वरको कोपिला पिनेर ४ चम्चा खाने र कन्चटमा दल्नाले ३/४ दिनमै नामकबाट रगत आउने -नाथ्री फुट्ने) ठीक हुन्छ । आलसको तेलमा वरको पातको खरानी बराबर हालेर २/३ हप्ता १ चम्चा सेवन गर्दाले तालु खुइलिएको रौं पलाउन थाल्छ । दाँत दुखेको किराले खाएको ठाउँमा कपासमा वरको दूध राखेर च्यापेमा दाँत दुख्न निको हुन्छ । यसरी शरीरको कैयौँ रोगहरू निको पार्नामा मानिसको लागि वट वृक्ष साँच्चिकै वरदान नै भएको छ ।

No comments:

Post a Comment

Google Search