Thursday, March 11, 2010

ज्योतिषशास्त्रमा विवाह

हिजोआज कात्तिक र चैतमा समेत बाजा बजाउने चलन सुरु भएकाले शुभ लगनप्रतिको विश्वास घट्दै गएको छ तर,विवाहपछि हुने मनमुटाव,कलह,झै-झगडा,रोगव्याधीसम्मको प्रवेश कुसाइतमा विवाहका कारण भएको हो । ज्योतिषशास्त्रमा भावी दाम्पत्य जीवन,सन्तान सुख आदिका लागि पनि साइत र गुण-दोष मिलाउन आवश्यक छ ।  जन्मकुण्डली (चिना) नहेराइ र नमिलाइ गरेको बिहेलाई पनि राम्रो मानिँदैन। यसमा केटा-केटीका गुणहरू जाँचेर मात्र दुलहा-दुलही बन्न योग्यता पुग्छ कि पुग्दैन भन्ने हिसाब निकाल्ने गरन्िछ ।  हिजोआज जन्मकुण्डली र साइत हेराएर विवाह गर्ने परम्परा नमान्नेहरू बढ्दै जानाले पनि दाम्पत्य सम्बन्ध चिसो बन्न थालेको हो ।
ज्योतिषशास्त्रमा उल्लेख भएका नियमहरू मान्ने हो भने दाम्पत्य जीवनमा दुःख हुने छैन ।

No comments:

Post a Comment

Google Search