Sunday, May 23, 2010

यौन दुराचारी धरानका ज्योतिषी

धरान-१० स्थित राँगा चौकमा विगत ४ वर्षघिदेखि चण्डेश्वरी वास्तुशास्त्र केन्द्रको सञ्चालन गरी र्सवसाधारणको भाग्य भविष्य हर्ेर्दै आएका ज्योतिष प्रदिप  शर्माले एक यूवतिलाई डर देखाउँदै आफुसँग यौन सर्म्पर्क राखे सबै ठिक हुने बताएपछि उनि घरको न घाटको हुन पुगेका छन् ।
शर्माले ती युवतिलाई ग्रहदशा ठिक छैन । शाहाकारी भोजन गर्नु र मादकपदार्थ सेवन नगर्नेसँग यौनसर्म्पर्क राख्नु भनेको र त्यसका लागि आफु तैयार भएको बताएपछि यस्तो मामला चड्किएकेा हो । भाग्य हर्ेर्ने बहानामा ज्योतिषीले यस्तो कुकृत्यको प्रस्ताब युवतिसँग राखेको खुलेपछि शर्माले धरानमा अबदेखि भाग्य, ग्रहदशा छुट्याउन नपाउने भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पुरोहित तथा ज्योतिषी आफैंमा मयार्दित पेशा मानिन्छ । कुनैपनि मनिसको भाग्य भविष्य, राहु, केतु, शनिका स्थिति हेरेर त्यसबाट आउने सम्भावित समस्याबाट उम्कने पाठ सिकाउने गर्दछन् ज्योतिषीहरु । ज्योतिषीहरुलाई सबैले सम्मान गर्दछन तर केही अपवादका ज्योतिषीहरु भने ज्योतिष पेशाको समेत अस्तित्व समाप्त गर्ने दाउमा लागेका छन् । आखिर के गरिस् मङ्गले आफ्नै ढङ्गले ।
प्रसङ्ग सुनसरी जिल्ला धरानको हो । चारवर्षअघिदेखि धरानमा रहेर ज्योतिषीको काम गर्दै आएका शर्मा यतिखेर प्रहरीको चंगूलमा फसेका छन् ।
शर्माले यसअघि ति युवतिका भिनाजु विरुद्ध प्रहरीमा उजुर गरी आफ्नो पेशागत सुरक्षाको माग गरेको समेत इलाका प्रहरी कार्यालय धरानमा भएको र्सवपक्षिय छलफलमा बताइयो । युवतिका भिनाजुले घटना र्सार्वजनिक नहोस् भन्ने उद्वेश्यले यसअघि ज्योतिषलाई धरान छाड्न अनुरोध गरेको विषयलाई लिएर प्रहरीमा शर्माले उजुरी समेत गरेका थिए ।

No comments:

Post a Comment

Google Search