Tuesday, August 24, 2010

आज रक्षाबन्धन

आज देशभरी हिन्दुहरुको महान पर्व रक्षाबन्धन बाँधेर मनाईदै छ । शुक्लपक्ष पूणिमा तिथीका दिनमा ब्राम्हणहरु र तर्राई क्षेत्रमा दिदी बहिनीबाट रक्षा सुत्र (डोरो)बाँध्ने भएको हुनाले यस दिनलाई रक्षा बन्धन पनि भनिन्छ । यस पर्वलाई जनैपूणिमा पनि भनेर चिनिन्छ । शुक्लपक्ष पूणिमा तिथीका दिन हिन्दू धर्मवलम्बीहरुले शिवको मन्दिरमा गएर पुजा गर्ने गर्दछन् । व्रतन गरेका पुरुषहरुले आजकै दिन जनै फेर्ने परम्परा पनि चलिआएको छ ।
आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनको ठूलो घुइँचो लाग्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बँाधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको  रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।
"येनबद्धो बलिराजा दानवेन्द्रो महाबल । तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल " मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिदिन्छन् ।
यसैगरी आजको दिन देह शुद्ध गरी देवता, सप्तषिर् तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ ।यस दिन सप्तषिर्द्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु-पुन्ही’ भनी मनाइने परम्परा छ । आजकै दिन गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ ।यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्छ ।

No comments:

Post a Comment

Google Search