Monday, March 15, 2010

पाश्चात्य राशिफल

राशिफलको चर्चा गर्दा इश्वी सम्वतको महिनामा आधारित पाश्चात्यराशिफल नेपालमा पनि क्रमश लोकप्रिय बन्दैछ  । फलादेशका हिसावले अत्यन्त कम मिल्ने भएतापनि आफ्नोवास्तविक जन्म मिति र समय थाहा नपाउनेहरूका लागि मनोरंजनदायक भएको कारणले नेपालमा  पाश्चात्य राशिफलको माग र अभिरुचि बढेको हो । निरयण पद्धतिका आधारमा फलादेश गर्ने नेपाली ज्योतिष परम्परा छ भने पश्चिमा ज्योतिषीहरूले सायन र्सर्ूयको स्थितिका आधारमा गोचर फलादेश र राशिफल विश्लेषण गर्ने गरेको पाइन्छ । सामान्यतया पाश्चात्य राशिफल नेपाली एक महिना अघिको र्सर्ूयको मासिक फलसंग मिल्दोजुल्दो रहन्छ । तर पाश्चात्य राशिफलमा अंकशास्त्रका केही रोचक पक्षहरूलाई समेत समावेश गरेको पाइन्छ । मनोरञ्जनात्मक कर भावनात्मक खुराकको परिवेश परक व्याख्यामा सकारात्मक सोच जोडिएकै कारणले उनीहरूको लेखन बढी चित्ताकर्ष र पठनीय रहने गरेको पाइन्छ  । यस सम्बन्धी विस्तृत जानकारीका लागि इन्टरनेटमा असंख्य वेभसाइट पाइन्छन्  ।

No comments:

Post a Comment

Google Search