Tuesday, April 20, 2010

पुराणमा वृहस्पति

१. लग्नमा वृहस्पति भएर पनि आदर्श पुरुषोत्तम भगवान रामचन्द्रको आफ्नो राज्याभिषेकको बेलामा बनजानु पर्‍यो ।
२. दोस्रोमा वृहस्पति भए पनि -देवव्रत) भीष्मपितामह राज्याधिकारबाट वञ्चित हुनु पर्‍यो ।
३. तेस्रो पराक्रम स्थानमा वृहस्पति भएर पनि त्रिलोक विजयी बलि पातालमा सीमित हुन पर्‍यो ।
४. चौथो स्थानमा वृहस्पति हुँदाहुँदै पनि राजा हरिश्चन्द्रको र्सवश्वहरण भयो ।
५. पाँचौंमा वृहस्पति भएर राजा दशरथको पुत्र शोकका कारण मर्नुपर्‍यो ।
६. छैटौं स्थानमा वृहस्पति भएकै कारण द्रोणाचार्य र भीष्मपितामह जस्ता भएको सभामा पनि द्रौपदीको चीरहरण भयो ।
७. सातौ  वृहस्पति भएका राजा अजले जीवनको मध्येअवस्थामा नै विधूर बन्नुपर्‍यो ।
८. आठौं वृहस्पति भएकै कारण लङ्केश्वर रावणको नराम्रोसँग विनाश भयो ।
९. नवौं भाग्य स्थानमा वृहस्पति हुँदा विश्वामित्र ऋषिले अभक्ष भक्षण गर्नुपर्‍यो ।
१०. दशौं -राज्यस्थानमा) वृहस्पति भएर पनि शयभाइ कौ रवमध्येको जेठो दुर्योधन नराम्रोसँग राज्यभ्रष्ट हुनुका साथै मृत्यु भयो ।
११. एघारौ  लाभस्थानमा वृहस्पति भएका राजा नलको राज्यभ्रष्ट हुनुका साथै र्सपदंश आदि अनिष्ट फल भोग्नु पर्‍यो ।
१२. बाह्रौं वृहस्पति भएका कारण पाण्डुको वनमा नराम्रोसँग मृत्यु भयो ।

1 comment:

  1. Dr. Suneel ji.....according to your...is Brashpati (वृहस्पति) is not good planet ya ग्रह?

    ReplyDelete

Google Search