Tuesday, May 4, 2010

बृहस्पतिको राशि परिवर्तनले पार्ने असर:-

वि. सं. २०६७ साल वैशाख  १९ गतेको दिन ज्योतिर्विद्हरूका लागि विशेष महत्व राख्दछ । किनकि त्यस दिन देवतादि देव, गुरुदेव, बृहस्पति, धर्म, कर्म, कानुन, न्याय एवं भाग्यका ग्रह मीन राशिमा प्रवेश गरेका छन् । बृहस्पतिको यस राशि परिवर्तनसँगसँगै विश्व जगत्मा विभिन्न उदेकलाग्दा घटनाक्रमहरू देखिन्न थालिसकेको छ । विश्व जगत् एवं राजनीतिमा पनि विभिन्न हल्ला एवं शंका, उपशंकाहरू प्रकट हुन थालेका छन् ।
फलित ज्योतिषमा बृहस्पति, शनि, राहु, केतुको राशि परिवर्तनले विशेष महत्व राख्दछ । फलित ज्योतिषमा बृहस्पति शनि, राह, केतु भनेका ठूला एवं विस्तृत र व्यापक क्षेत्र ओगट्ने ग्रह हुन् बृहस्पति एक राशिमा लगभग १ वर्षसम्म रहन्छ भने राहु, केतु १८ महिना, शनि साँढे दर्ुइ वर्ष। शनिको भ्रमण शनि अढैयाको नामले विश्वविख्यात भए तापनि बृहस्पति एवं अन्य ग्रहको भ्रमण पनि आफ्नै विशेष महत्व राख्दछ ।
ज्योतिषशास्त्रमा राशि भनेको त्यस्तो भण्डारण स्थान हो या त्यो गोदाम हो, जहाँ हरेक मनुस्यले गरेका पाप र पुण्य संग्रह भएर बसेको हुन्छ । यदि त्यस स्थानमा पर्याप्त प्रकाश परेको खण्डमा त्यो स्थान स्वच्छ र सफा रहने हुन्छ भने प्रकाश नपरेमा त्यस स्थानमा ढुसी परी काम नलाग्ने हुन्छ । कहीँ प्रकाश अर्थात् ज्योतिपुञ्ज भनेका नै ग्रह हुन् । हरेक राशिबाट गुज्रने ग्रहले पार्ने प्रभावको आधारमा गरिने भविष्यवाणी नै राशिफल हो । अतः हामी यहाँ हाम्रा प्रबुद्ध पाठकहरूको राशिअनुसार बृहस्पतिको यस भ्रमणले के, कस्तो प्रभाव पार्नेछ त भन्ने जानकारीको साथसाथै यसले जीवन र जगत्मा पर्ने असरको जानकारी दिनेछौँ । जसमा समाजलाई दिशानिर्देश गर्ने मन्त्री, प्रधानमन्त्रीदेखि तपाईं आफू पनि पर्नु हुनेछ ।
मेषादि द्वादश राशिमा बृहस्पतिको यस राशि परिवर्तनले पार्ने असर:-
मेष:-  मेष राशि भएका व्यक्तिहरूको खर्च एवं शत्रु बढ्नेछन् । आफन्तसँग नै मुद्दा लड्नुपर्ला । तर, विदेशी सम्बन्धबाट चाहिँ फाइदा नै हुनेछ ।
वृष:- लाभदायक समय छ । सन्तानबाट लाभ, ज्वाइँ, बुहारी एवं छोरीबाट शुभ समाचार पाइनेछ । बिहेबारीको योग बन्दछ ।
मिथुन:- मिथुन राशि भएका व्यक्तिहरूको लागि कर्म स्थानबाट बृहस्पतिको भ्रमण हुनेछ । त्यसले कर्ममा नाश ल्याउन सक्ने भए तापनि धन कुटुम्ब माता, भूमि घर, वहान एवं शत्रु ऋणमा समेत दृष्टि दिनेछ ।
कर्कट:- ककर्ट राशि भएकाहरूको लागि यो बृहस्पतिको भ्रमणले भाग्य पिता र संस्कारमा प्रतिकूल असर पार्नेछ भने आयुमा दाजुभाइमा र सन्तान, विद्या, बुद्धिमा अनुकूल प्रभाव पार्नेछ ।
सिंह:- सिंह राशिको लागि यस भ्रमणले रोग वृद्धि गराए तापनि धनसम्पत्तिको, यात्राको एवं अचल सम्पत्तिको लागि अनुकूल नै फल प्रदान गर्नेछ ।
कन्या:- कन्या राशिको लागि यस भ्रमणले निश्चय नै मानसम्मान, स्त्री लाभ, शरीरमा उमङ्ग र साहस एवं धर्ैय बढाउने छ ।
तुला:- तुला राशि भएका व्यक्तिहरूको शत्रु लाग्ने अचल सम्पत्तिमा ह्रास आउने र मातृसुखमा न्यूनता हुनसक्ने भए तापनि कामधन्दाको लागि चाहिँ अनुकूल फल दिनेछ ।
वृश्चिक:- वृश्चिक राशिको लागि बृहस्पतिको यस भ्रमणले पीडा नै बढाउने छ । दाजुभाइसँग सम्बन्ध ब्रि्रन सक्छ । घरपरिवारबाट टाढा हुनु पर्ला । श्वासप्रश्वाससम्बन्धी केही रोग बढ्न जाला ।
धनु:- धनधान्यमा वृद्धि गराउने छ । कर्मक्षेत्रमा पनि फैलावट नै हुनेछ । तर, परिवारमा शोक पर्न सक्छ ।
मकर:- बृहस्पतिको यो भ्रमणले सुख प्रदान गर्नेछ । साथसाथै भाग्यवृद्धि र लाभको क्षेत्र फराकिलो पार्नेछ ।
कुम्भ:- रोग, ऋण, शत्रु एवं चोट लगाउन सक्ने भए तापनि कार्यक्षेत्रमा र धनसम्पत्तिमा निश्चय नै वृद्धि हुनेछ । मानसम्मान एवं वैभव बढ्नेछ ।
मीन:- शिरको बृहस्पति आयुको लागि केही अशुभ भए तापनि मानसम्मान, पदप्रतिष्ठा एवं भाग्यवद्धिमा सहायक बन्नेछ ।

No comments:

Post a Comment

Google Search