Monday, May 31, 2010

ग्रहशान्ति सप्तबार व्रतविधि

रविवार व्रतविधि
सबै प्रकारको कामनासिद्धि एवं नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणको साथसाथै आयु एवं सौभाग्य वृद्धिको लागि रविबारको व्रत राख्ने गरिन्छ । व्रत राख्दा शुक्ल पक्षको पहिलो रविबारबाट सुरु गर्नुपदर्छ । यसलाई न्यूनतम एक वर्षम्म राख्न सकिन्छ । यदि कुनै कारणवश एक वर्षपूरा गर्न नसकेको अवस्थामा १२ रविबारसम्म भने अवश्य नै राख्नपर्दछ । व्रतको दिन सकेसम्म रातो कपडा लगाउने, त्यसदिन गहुँको रोटी मात्रै सेवन गर्ने, भोजन गर्नुभन्दा अगाडि स्नान गरी शुद्ध रातो कपडा लगाएर ' ॐ सूर्यय नमः' बीज मन्त्रको पाठ ५ मला गर्ने । त्यसपछि रविवार व्रत कथा पढ्ने त्यसपश्चात सूर्यलाई अक्षता, रातो  फूल, दुबोको जलले निम्न मन्त्र पढ्दै अर्घ्य दिने-
नमः सहस्त्रकिरण र्सवव्याधि विनासन ।
गृहणहर्य मया दत्तं संज्ञया सहितो रवे ।।
फेरि प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउने व्रतको सम्पत्ति अर्थात् अन्तिम रविवारको दिन हवनपश्चात ब्राहृमण दम्पतीलाई भोजन गर्राई यथाशक्ति रातो कपडा एवं दक्षिणासहित प्रसन्न गर्राईआशिर्वाद लिने ।
सोमबार व्रतविधि
यो व्रत श्रावण, चैत, वैशाख, कात्तिक या मंसिर महिनाको शुक्लपक्ष प्रथम सोमबारबाट प्रारम्भ गर्नुपर्दछ । यो व्रत पाँच वर्ष चौध वर्षया सोह्र वर्षम्म श्रद्धासहित विधिपुर्वक गर्नुपर्दछ । चैत शुक्ल अष्टमी तिथि आद्रा नक्षेत्र सोमबार या श्रावण मासको प्रथम सोमबारबाट व्रत सुरु गरे एकदमै ठूलो फल पाइन्छ । व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर जलमा केही कालो तिल हालेर स्नान गर्ने, त्यसपछि 'ॐ नमः शिवाय' लगायत शिवका मन्त्र या प्रार्थनाले शिवा-पार्वतीको पूजा गर्ने, श्वेत कपडा लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्ने, पूजा गरिसकेपछि ब्राम्हाणलाई दान, दक्षिणासहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्ने । भोजन गर्दा एक छाक विनानुनको हुनपर्दछ । व्रतको समापन पनि मथि बताइएका महिनामा परे उत्तम हुनेछ । सोमबारको व्रत राख्नाले मानसिक शान्ति, धन, पुत्र पति प्राप्ति एवं सबै प्रकारको कष्टबाट छुटकारा पाइनेछ ।
मंलबार व्रतविधि
सबै प्रकारका सुख रक्तविकार, शत्रुदमन, स्वास्थ्य रक्षा, पुत्र प्राप्तिको लागि मंलबारको व्रत एकदमै उत्तम रहन्छ । यो व्रत शुक्ल पक्षको प्रथम मंलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ मंलबारसम्म राख्नपर्दछ । सकेमा त जीवनभर नै राखे पनि हुन्छ । यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनपर्दछ । एक छाक विनानुनको भोजन गर्नुपर्दछ । यस व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी 'ॐ भौमाय नमः' ५ माला जप गर्नैपर्दछ । गणेश भगवानको आराधाना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल, दान गर्नपर्दछ । ब्राम्हणलाई यथाशक्य तामा, मुसुरोको दाल दान गर्नुपर्दछ या भाइलाई खुशी पार्ने चीज दिनपर्दछ ।
बुधबार व्रतविधि
बुधबारको व्रत बुधग्रह शान्ति एवं धन बुद्धि, विद्या र व्यापार वृद्धिको लागि राख्ने गरिन्छ । यो व्रत विशाखा नक्षेत्र युक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ बुधबारसम्म गर्नुपर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर विष्णु भगवानसामु विष्णु नाम जप गर्ने 'ॐ बुधाय नमः' मन्त्रलाई जप गर्ने, यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ । भोजनमा घ्यू, मुंगी अथवा मुंगीको दालबाट बनेका परिकार हुनुपर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्ने, गाई छ भने गाईलाई सेवा गरिरहने ।
बिहीबार व्रतविधि
यो व्रत वैवाहिक सुख विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि गरिन्छ । यो व्रत शुक्लपक्षको प्रथम बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षेत्र परेमा एकदमै उत्तम हुनेछ । यो व्रत १३ महिना या कम्तीमा ७ महिनासम्म राख्नपर्दछ । व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई 'ॐ गुरवे नमः' मन्त्र ५ माला जप गर्नुपर्दछ । केराको रुखलाई पूजा गर्नुपर्दछ । पूजा गर्दा पहेँलो चन्दन,चनाको दाल, छाता, लड्डुको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।
शुक्रबार व्रतविधि
यो व्रत विवाह, सन्तति आदि भौतिक सुख समृद्धिको लागि राख्ने गरिन्छ । श्रावण महिनाको प्रथम शुक्रबारबाट सुरु गरेमा विशेषरूपमा लक्ष्मी कृपा मिल्नेछ । व्रतको दिन स्नान गरी शुद्ध भई श्वेत कपडा धारण गरी लक्ष्मीदेवीलाई धूप, दियो, चामल, चिनी, सुपारीले पूजा गरी सेतो मिर्ठाई खिर, बच्चाहरूलाई बाँडिदिनु पर्दछ । ॐ शुक्राय नमः' मन्त्र ३ माला हरेक पटक जप्ने, व्रतको दिन एक छाक नुन बार्नुपर्नेछ । सेतो चीज बढी प्रयोग गर्ने । व्रत सकिएपछि बालक ब्राम्हणलाई यथाशक्य दान, दक्षिणा दिएर खुशी पार्ने यो व्रत कमसेकम २१ शुक्रबारसम्म राख्नपर्दछ ।
शनिबार व्रतविधि
यो व्रत शनि ग्रह शान्ति तथा जिर्ण रोग, शत्रु, भय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको हेतुले पनि लिने गरिन्छ । यो व्रत शूक्ल पक्षको शनिबारबाट लिन सकिन्छ । अझ श्रावण महिनाबाट सुरु गरेमा राम्रो हुनेछ । फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गर्राई धूप, अक्षता, फलफूलले पूजा गरी 'ॐ शनैश्चराय नमः' मन्त्र ३ माला जप्ने, व्रतको दिन नीलो वस्त्र धारण गर्ने, एउटा भाँडामा शुद्ध जल, कालो तिल, ल्वाङ, दूध राखी पुर्व फर्केर पीपलको बोटमा चढाउने, त्यसपछि शिव उपासना गर्ने, १९ शनिबारसम्म गर्नुपर्दछ । अन्तिम दिन कालो मास तिल, फलामका सामन दान गर्ने र ब्राम्हण भोजन गर्राई ब्राहृमणलाई खुशी बनाउने ।

No comments:

Post a Comment

Google Search