Sunday, July 25, 2010

आज गुरु पुर्णिमा

आज हिन्दू धर्मावलम्बीहरुले वेदव्यासको जन्मजयन्तीलाई  गुरुपुर्णिमाका रुपमा मनाउदैछन् । आजको दिन गुरुलाई विशेष रुपमा सम्झने गरिन्छ । आज शिष्यहरु प्रसाद र उपहारसहित आफ्ना गूरु कहां पुग्ने चलन छ । हरेक बर्ष असार शुक्ल पुर्णिमाको दिन मनाइने गुरु पुर्णिमालाइ शिक्षा सम्यता तथा संस्कृति एवं नैतिक बिकासमा गूरुहरुको देन लाइ संझीदै गुरुहरुलाइ पुजा गरी मनाउने प्रचलन रहेको छ
 आजको दिन गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ, गूरुले अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी आफ्ना शिष्यलाईर् उज्यालोतर्फ लैजाने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरुबाट आशीर्वाद थाप्ने चलन छ ।  आजकै दिन ऋषि परासर र माझीपुत्री मत्यस्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको थियो ।
चारैवेद, अठार पुराण, भागवत् गीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यहरुलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूणिर्मा दिनका रुपमा मनाउने परम्परा बसेको कथन छ ।
द्वापरयुगको अन्त्यतिर कौरव पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको थियो । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाड्ड पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ ।

No comments:

Post a Comment

Google Search