Tuesday, November 30, 2010

विवाह कहिले र कता ?

ज्योतिर्विज्ञानमा जन्म, कर्म, विवाह, धन, पुत्र र मरणलाई निकै महत्व दिएर विभिन्न व्याख्या गरिएको हुन्छ । तर हामी यहाँ विवाहको बारेमा केही चर्चा गर्न गइरहेका छौँ । हरेक व्यक्ति एवं माता पितालाई आफ्नो एवं सन्तानको विवाहमा विशेष चिन्ता र रुची रहेको हुन्छ । विवाह कस्तोसँग कुन दिशामा कति वर्षा हुने हो । विवाह पछि कस्तो रहला आदि स्वभाविक जिज्ञासाहरूको समाधान गर्न गइरहेका छौँ ।
ज्योतिर्विज्ञानमा जन्म समयको पूवीय क्षितिजमा जुन राशि उदाउँदछ, त्यसलाई जन्मलग्न भनिन्छ र त्यसदेखि पश्चिमी क्षितिजमा उदाइरहेको लग्नलाई विवाहको लग्न मानिन्छ । अर्थात् जन्म लग्न आफ्नो र जन्म लग्नबाट सातौँ स्थानमा रहेको लग्न पति पत्नीको लग्न भनिन्छ । यसैको आधारमा पति/पत्नीको रूप, रंग, स्वभाव आदिको बारेमा ज्ञान गर्ने गरिन्छ ।
र्सवप्रथम विवाह कुन दिशामा हुने हो । त्यसको जानकारी हुनर्पर्दछ । यसको लागि सप्तमेश जुन राशिमा गएर बसेको छ । त्यस राशिको दिशामा विवाह हुने हुन्छ । फेरि सप्तमस्थ राशिको दिशामा पनि विवाह हुने हुन्छ । त्यस्तै शुक्रबाट सप्तमस्थ राशिको दिशामा पनि विवाह हुने योग बन्दछ । उपरोक्त तीन सूत्र मध्ये जुन ग्रह बलवान छ । त्यही दिशामा निश्चय नै विवाह हुने छ ।
अब विवाह हुने दिशा हेरेपछि कति टाढा-या नजिक कहाँ हुने हो । त्यो हर्ुर्नुपर्दछ । यदि सप्तमेश चर राशिमा गएर बसेको छ भने विवाह टाढा हुने छ । स्थिर राशिमा छ भने स्वस्थानमा र द्विस्वभाव राशिमा छ भने न टाढा न नजिक मध्यम दूरीमा विवाह हुने छ । सामान्यतयः चर राशि परेमा २०० कि.मि.भन्दा टाढा, स्थिर राशिमा परेमा ९० कि.मि. भित्र र द्विस्वभाव राशिमा परेमा ९० देखि १५० कि.मि. को दूरीमा विवाह हुने हुन्छ ।
विवाहको दिशा र दूरी पछि अर्को महत्वपर्ूण्ा कुरा कहिले हुने हो त - त्यो जान्नु आवश्यक छ । विवाहको उमेर जान्नको लागि विभिन्न महषिर्हरूले आ-आफ्नो अनुभवहरू आफ्नो पुस्तकमा दिनुभएको छ । तर आज ती सबै लागू हुने स्थिति देखिँदैन, तैपनि हरेक ज्योतिषीले त्यसलाई आधार मानेर देश काल र परिस्थितिअनुसार विश्लेषण गर्न सक्नर्ुपर्दछ । सामान्यतयः विवाहको वर्षनिकाल्न सप्तम भावमा उपस्थित राशि संख्यामा २० अंक जोडिदिने,योगफल विवाह वर्षहुनेछ । जति पाप ग्रह बसेको या दृष्टि दिएको छ, त्यसको लागी ५ वर्षथपिदिने र शुभग्रहको लागि ३ वर्षघटाइदिने, जुन योगफल, आउँछ त्यही विवाह वर्षहुनेछ ।
कुन राशि सग विवाह हुने
कुन राशिको व्यक्तिसँग विवाह हुने हो त - जन्मकुण्डलीको अध्ययनबाट त्यो पनि ज्ञात हुने हुन्छ । तर यो सूत्रलाई मेलापक प्रक्रिया अनुसार मिलाएर विवाह गरेमा मात्र हितकर हुनेछ । यदि बिना मेलापक अनुसार छ भने विवाह हुने अवस्था न्यून रहन्छ ।
जन्म राशिको स्वामी लग्नेश, या सप्तमेश, जुन राशि या नवमांश छ त्यो राशि या त्यसबाट त्रिकोणस्थ राशिको मान्छेसँग विवाह हुने छ । सप्तमेश लग्नेशको साथै उच्च या निच राशिमा पनि विवाह हुने हुन्छ ।

No comments:

Post a Comment

Google Search