Thursday, May 5, 2011

२०६८ सालको ग्रहफल

ज्योतिषशास्त्रमा दर्ुइ प्रकारको ग्रह गणना पद्धति वर्तमानमा प्रचलनमा आएको छ । एउटा सायन र अर्को निरायण, जसले आफ्नो गणनामा वसन्त सम्पातलाई आरम्भ स्थान मान्दछन्, तिनीहरू सायन वादी र त्यसको अतिरिक्त कुनै अरु नै विन्दुलाई आरम्भबिन्दु मान्ने निरायण वादी । सामान्यतय भारत, नेपालमा जुन ज्योतिषको प्रचलन छ । पात्रो (पाञ्चाङ्ग) बन्दछ । त्यो निरायण हो र पाश्चात्य ज्योतिषहरूले जुन गणनालाई आधार लिन्छन्, त्यो सायन हो । आजकाल निरायणवादी र सायनवादीबीचको खाडल गहिरिँदै गएको र विवाद झन् चुलिँदै गइरहेको देखिन्छ ।
ज्योतिर्विज्ञानमा जब सूर्य ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, त्यसलाई संक्रान्ति या संक्रमणकाल भनिन्छ । सामान्यतया लोकव्यवहारमा यसलाई संक्रान्ति भन्ने प्रचलन छ । सूर्यको राशि परिवर्तन अर्थात् संक्रान्तिकाल या संक्रान्तिको दिन ज्योतिर्विज्ञानमा विशेष महत्व राख्दछ । वैशाख संक्रान्ति, श्रावण संक्रान्ति, माघ संक्रान्ति विशेष महत्वका छन् । ज्योतिषविज्ञानमा मेष (वैशाख) संक्रान्तिमा सूर्य भेष राशिमा प्रवेश गर्दछ र आजकै दिनदेखि नयाँ वर्षसुरु हुन जान्छ र नेपालमा नयाँ वर्षो उपलक्ष्यमा र्सार्वजनिक विदा पनि दिइन्छ । यसै संक्रान्तिको दिनलाई आधार मानेर वर्षरिको भविष्यवाणी गर्ने प्रचलन ज्योतिषहरूमा विद्यमान छ ।
गणना पद्धति नै दर्ुइवटा भएको हुनाले संक्रान्ति पनि दर्ुइवटा आउने भए । त्यसकारण संक्रान्तिकाल -पुण्यकाल) पनि दर्ुइवटा हुने भए, लग्न कुण्डली पनि दर्ुइवटा नै हुने भए, अब भविष्यवाणी गर्दा पनि फल फरक-फरक आउने भयो । तर, पनि मूलभूत कुरा एउटै हुन जान्छ । निरायणवादीहरूले अदृश्य फललाई आफ्नो पलादेशको मुख्य आधार मान्छन् भने सायनवादीहरू दृश्य फललाई आफ्नो पालादेशको आधार मान्छन् । विशेष गरेर जसरी भगवान् एउटै हुन् सक्छ तर धर्मसम्प्रदाय मान्यताअनुसार जाने बाटोको बारेको व्याख्या फरक भएझैँ ज्योतिषमा पनि विभिन्न मान्यता, सिद्धान्त र व्याख्या पाइन्छ । ऋषि वशिष्ठले निरायण मान्यतालाई बाख्राको गलस्तनझैँ निर्रथक बताउनुभएको भए तापनि आमहिन्दुहरूमा निरायण गणनाको पञ्चाङ्ग र ज्योतिष मान्यता चलन चल्तिमा छ । २१ मार्च २०११, सोमबार बिहान ५ बजेर ५ बजे मिनेटमा सूर्यको मेष राशिमा प्रवेश भएको छ । उक्त समयमा काठमाडौँको पर्ूर्वीय क्षितिजमा मीन लग्नको सिंह नवांश उदाइरहेको थियो । लग्नमा मित्रग्रही मङ्गल भए तापनि अष्टम स्थानमा रहेको शनि चन्द्रमाको विषयोग विश्वको लागि महाप्रलयकारी बन्नेछ । यसले भूकम्प, सुनामी आदिको कारण जनधनको ठूलो क्षति हुन जानेछ । राज्य घरमा राहू नीचो हुनाले सरकारले ठूलो संकटको सामना गर्नुपर्ने देखिन्छ । असार, कात्तिक, पुस महिना विश्वको साथसाथै नेपालको लागि विशेष घातक रहनेछ । वर्षो राजा शुक्र र मन्त्री चन्द्रमा बन्न गएका छन् । जसको फलसवरुप राज्य सत्तामा कर्मस्थानमा शनि उच्च भै बसेका हुनाले नेपालमा नयाँ संविधान बन्ने छ । देश उच्च महत्वाकांक्षीको साथ उन्नतितिर लम्कनेछ । विश्वमा म्लेच्छ जातिको प्रभाव बढ्न जानेछ । राष्ट्रपतीय प्रणालीको प्रभाव बढ्न जाने देखिन्छ । धनस्थानमा बृहस्पतिको शुभप्रभाव हुनाले बैंक, वित्तीय संस्था एवं शेयर बजारमा उल्लेखनीय सुधारको लक्षण आउनेछ । वैदिक धर्मकर्मको धार्मिक कृत्यका लागि कालको संकल्प गर्दा चन्द्रमासको उल्लेख गर्ने परम्परा छ र चन्द्रमासअनुसार विक्रम संवत्को सुरुवात चैत शुल्क प्रतिपदाको दिनदेखि हुन्छ र २०६८ सालको सुरुवात चैतशुक्ल प्रतिपदा ५ मार्च २०११ शुक्रबारको दिनदेखि भएको छ । त्यससमयको लग्नकुण्डली विचार गर्दा शुक्र र शनिको परस्पर सम्बन्ध केन्द्रस्थानमा रहनु भौतिक क्षेत्रमा नयाँ आविस्कार हुने भए तापनि राहु द्वादश स्थानमा हुनाले मानव जातिको लागि विनाशकारी रहने छ ।

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

Google Search