Wednesday, May 4, 2011

सम्पादकीय

वर्ष६ अंक-१, २०६८ वैशाख
ज्योतिर्वैज्ञानिकहरु जन्म समयलाई बढी महत्व दिन्छन् । जन्म समय सही छ भने भविष्यवाणी सही हुन्छ अन्यथा नहुन पनि सक्छ भनी यत्रतत्र र्सवत्र भनि हिँड्दछन् । भविष्यवाणी मिल्नु कसैकसैले इष्ट सिद्धि हो पनि भन्ने गर्दछन भने कसै कसैले यो विशुद्ध गणितीय हिसाव हो । यसमा कुनै दैविक आर्शिवाद या चमत्कारको जस्त पर्दैन भन्ने गर्दछन् ।
तर ज्योतिर्विज्ञानमा भएको दर्ुइ प्रकारको गणना पद्धतिले वर्तमान समयमा ठूलै समस्या खडा हुन गएको छ । पाश्चात्य ज्योतिषीहरुले प्रयोग गर्ने सायन पद्धति र भारत, नेपालमा प्रयोग गरिने निरायण पद्धति । यी दुबैको अन्तर २४ दिन पुगिसकेको छ । आकाशमा ग्रह सायन अवस्थामा रहन्छ । यो चलायमान पद्धति हो । अयनलाई स्थिर मानेर चिना बनाउने, राशि बताउने र भविष्यवाणी गर्ने गरिन्छ । तर त्यो अयनांशको मान पनि सिद्धान्तकार पिच्छे फरक-फरक हुनाले गणनामा भिन्नता आउन जान्छ । नेपालको आफ्नो सरकारर्ीतर्फबाट कुनै विशेष अयनांशलाई प्रयोगमा ल्याइएको नभए तापनि भारत सरकारको पंचाङ्ग सुधार समितिले तयार पारेको लाहिडी अयनांश प्रायः पर्ूर्वीय ज्योतिषीहरुले प्रयोगमा लाएका छन् । त्यस्तैगरी पाश्चात्य ज्योतिषीहरुले वैदिक ज्योतिषको प्रयोगमा फागन अपनांशलाई प्रयोग गरेको देखिन्छ ।
वि.सं. २०६८ साल वैशाख १ गते ६ बजेको अयनांश
नेपाली पात्रो ः २४० १९' ३७'
केतकी ः २४०००'४४'
एन सि लाहडी -चित्रापक्ष) ः २४०००'५२.७१'
जगन्नाथ -विष्णु नाडी) ः २४०००'४८.४६'
रमण ः २२०३४'०७'
देवदत्त ः २३०३८' १५-७१'
कृष्णमर्ुर्ति ः २३०५५'०५.२'
उशा-शशि ः २०० १२' ५४.४८'
युक्तेश्वर ः २२० ३८' ११.०२'
जे.एन. भसिन ः २२० ५५' ११.२'
चन्द्र हरि ः २४० ४४' ५२.७१'
फागन ः २४० ५३' ५२.८१'
द्विजहल कुल ः २८० ३१' ०२-१७'
ग्यालेक्सि केन्द्र ः २७० ००' ३८.२१'
हिप्पाकोरस ः २०० २४' १९'
डुलुस ः २७० ५८' ०२'
अल्डेवारन ः २४० ५५' ००.९०'
प्रस्तुत प्रयोगमा आएका अयनांशहरुमा २० देखि ५० सम्मको फरक देखिन्छ । रमण अयनांश २२० मा छ भने लाहिडी २४० मा त्यस्तै द्विजहलकुलको २८० र डेलुस, ग्यालेक्सी केन्द्रको २७० । यसरी अयनांशको फरकले गर्दा फल बताउँदा फरक आउनु स्वाभाविक हो । अब २०६८ वैशाख १ गते बिहान ६ बजे काठमाडौँमा कुनै व्यक्तिको जन्म भयो, उसको लाहिडी अयनांश प्रयोग गर्दा केतुको दशा २०७३ साल चैत्र ५ गतेसम्म चल्छ भने रमण अयनांश प्रयोग गर्दा केतु दशा २०७३ साल जेठ २१ गते सकिन्छ । यहाँ दशा वर्षा नै लगभग ९ महिनाको अन्तर आयो । एउटा ज्योतिषीले गणना गरेको चल्ती दशान्तर दशा र अर्कोले गणना गरेको दशा-अन्तरदशामा फरक पर्न जादा स्वभाविक रुपमा नै ज्योतिषीप्रति र्सवसाधारणको भरोषा उड्न जानेछ । यसकारण अब हेराउन आउनेलाई के तपाईंको जन्म समय सही छ - भनेर सोध्नुभन्दा ज्योतिषीहरुले प्रयोगमा ल्याएको अयनांश सही छ त - विचार गर्नु जरुरी छ । विद्वतवर्गबाट सहयोगको अपेक्षामा ज्योर्तिविज्ञान रहिरहने छ । अन्त्यमा नववर्ष२०६८ को सम्पर्ूण्ा शुभ चिन्तक पाठक एवं सहयोगीहरुमा हार्दिक मंगलमय शुभकामना ।

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

Google Search