Google Search

साउने सोमबार व्रतमा शुक्र अस्तको दोस लाग्दैन

भगवान शिवको बार सोमबार र साउन शिवको लागि महत्वपुर्ण महिना भएकोले साउन महिनामा प्राय सबै महिलाहरुले व्रत बस्ने गर्छन । साउनको सोमबारमा नयाँ व्रत शुरुवात गर्नेले साउन महिनामा पाचँ ओटा सोमबार परेको समयबाट व्रत बस्ने गर्छन् । विवाहितहरुले आफ्नो श्रीमानको लामो आयु र परिवारमा राम्रो होस् भन्ने कामना गर्न व्रत बस्छन् भने आफु दिनभरी भगवानको ध्यानमा तलिन हुन पाउँदा भोक नलाग्ने भक्तजनहरु बताउँछन् । ‘मनोकामना पूरा हुने भएकाले व्रत बस्ने गरेकी छु,’ मैतिदेवी काठमाडौं निवासी २५ वर्षीया इन्दु छेत्रीले भन्नुभयो– हरियो र पहेँलो चुरापोते लगाउने चलनचाहिँ पछि आएको हो, हिन्दूधर्म मान्ने भएकाले साउनमा सोमबार व्रत पहिलेदेखि नै बस्दै आएकी छु । उहाँले श्रीमानको दीर्घायु र सन्तानको सुखशान्तिको कामना गर्दै साउने सोमबारको व्रत बसी भगवान शिवको पूजा आराधना गरी जल चढाउने गर्नुभएको छ ।
अविवाहित महिलाहरुले राम्रोवर वा राम्रो श्रीमान पाउने विश्वासमा व्रत बस्ने चलन छ तर कति अविवाहित महिलाहरुले भने किन व्रत बसिन्छ भन्ने थाहा नभए पनि व्रत बस्ने गर्छन । यति मात्र नभएर अहिले आएर पुरुषहरुले पनि साउनको सोमबार व्रत बस्ने गर्छन् ।
साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलनका विषयमा कुनै तथ्य नभए पनि पछिल्लो समयमा यो एउटा फेसनको रूपमा विकास भइरहेको छ । विवाहिता, अविवाहिता मात्र हैन, वृद्धदेखि बच्चालाई समेत हातभर हरियो र पहेँलो चुरा लगाइदिने फेसन नै बनेको छ । कलेजमा पढ्ने छात्राहरूले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेँलो रङ्गको चुरा लगाउने फेसनको रूपमा विकास भएको छ । उनीहरूलाई हरियो र पहेँलो चुरा लगाउनुको धार्मिक एवम् सांस्कृतिक महत्व थाहा छैन । हरियो चुराको सन्दर्भमा ग्रामीण महिलाको कथनअनुसार दुई पुत्र भएकी महिलाबाट चारवटा हरियो रङ्गको चुरा लिएर लगाएमा पुत्र प्राप्ति हुन्छ भन्ने अन्धविश्वास पनि रहिआएको छ ।
यो साल साउनमा शुक्र अस्त हुनाले ब्रत बस्नु हुँदैन भन्ने हल्ला सुनिनमा आएको छ। धर्म शास्त्र अनुसार साउनको सोमबार स्वयंसिद्ध मुहुर्त भएको हुनाले ब्रत बस्दा दोस लाग्दैन। ढुक्क भएर ब्रत बस्न सक्नु हुन्छ।

0 comments:

Post a Comment