Monday, November 9, 2009

मानिसको स्वभाव, भाग्य, पेसा, व्यवसाय, आयु

ज्योतिषशास्त्रहरूमा मानिस वा कुनै घटनाको सम्बन्धमा फलादेश गर्दा विभिन्न कुराहरूलाई आधार मानेर गर्ने गरिन्छ । यसमध्ये यहाँ एक दिनको समय अर्थात् २४ घण्टाभित्र जन्म भएको मानिसहरूको फलादेश गर्दा समय विभाजनको आधारमा मानिसको स्वभाव, भाग्य, पेसा, व्यवसाय, आयु र पारिवारिक अवस्था आदिको सम्बन्धमा केही उल्लेख गरिन्छ । यसमा सूर्यको स्थान र अवस्थालाई आधार मानेर फलादेश गरिन्छ ।
जुन यस प्रकार छन्-
बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरूको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टिपरेमा सकारात्मक फलहरू प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् । बिहान ८-१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरू प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरू प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन् । बिहान १०-१२, यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरूले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरू बुद्धिमान् र उच्च ओहोदामा सम्मानित हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न चाहन्छन् । दिन १२-२, यस समय अवधिमा जन्म भएका मानसहरू प्रायः स्वाभिमानी, बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र त्यस्ता व्यक्तिहरूको ३० वर्षो उमेरपछि भाग्योदय हुनेछ । दिन २-४, यस समय अवधिमा जन्म भएका मानिसहरू दर्ीघायु हुन्छन् । सत्यावादी र इमानदार भए तापनि त्यस्ता मानिसहरूलाई आफन्तहरूबाट निकै दुःख पाउने हुन्छन् । दिन ४-६, यो समय अवधिमा जन्म भएका मानिसहरू कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् । यस्ता मानिसको भाग्योदय २५ वर्षउमेरपछि मात्र हुनेछ । साँझ ६-८, यस अवधिमा जन्म भएकाहरू दुब्ला,पातला र मध्यम कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले कहिलेकाहीँ बेइज्जती पनि कमाउनुपर्ने हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक, साझेदारी व्यवसायमा सफल हुने देखिन्छ । रात्रि ८-१०, यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं गृहस्थ जीवन, पेसा, व्यवसाय र नोकरीमा सफल र लाभदायक हुन्छ । रात्रि १०-१२, यस समय अवधिका मानिसहरू बुद्धिमानी हुने भएकाले सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरूले बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी, सफल र सम्पन्न हुन्छन् ।
रात्रि १२-२, यस समय अवधिका मानिसहरू झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् । यस्ता व्यक्तिहरूले बाबुको माया र पैतृक सम्पत्ति प्रायः कम मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२-३२ वर्षो उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ । आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्छन् । बिहान २-४, यस अवधिमा जन्मेकाहरू साहसी, पराक्रमी, तेजस्वी र मिठासपूर्णबोली भएका हुन्छन् र यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी, मित्रसेवी, कुलसेवी र उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय २०-२५ वर्षो उमेरमा हुनेछ । बिहान ४-६, यस समय अवधिमा जन्म भएका मानिसहरू प्रायः रिसाहा, क्रोधी, दुब्ला, पातला हुन्छन् । तर, सबै शत्रुहरूलाई आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम हुन्छन् ।ज्योतिष विद्यामा शास्त्रमा सम्वत्सर, ऋतु, अयन, मास, बार, तथि, नक्षेत्रअनुसार जन्म फलादेश गर्न सकिन्छ । त्यस्तै माथि उल्लेखित विधिमा एक दिनको समय विभाजनको आधारमा समष्टिगत फलादेश गरिएको हो ।

No comments:

Post a Comment

Google Search