अंक ज्योतिषद्वारा व्यवसाय निर्धारण


ज्योतिष विज्ञानका विभिन्न हाँगाहरूमध्ये अंक विज्ञान पनि महत्वपूर्ण मानिन्छ । यो भविष्यफल जान्नका लागि विशिष्ट माध्यम बन्दछ । यसको माध्यमबाट मानव जीवनसँग सम्बन्धित महत्वपूर्ण घटनाको जानकारी दिन सकिन्छ । अंक ज्योतिषको क्षेत्रमा पाश्चात्य ज्योतिष कीरो (काउन्टलुइस हेमन), मागर्रर्ेट अनौल्ड, वाल्टर बी. गिब्सन, हिचकाँक, युनाइटेड क्रास आदिले ठूलो योगदान दिएका छन् ।अंक विज्ञानमा विभिन्न अवधारणाहरू प्रचलित छन् । अंक विज्ञान जान्नुभन्दा पहिले यसको सैद्धान्तिक पक्षलाई जान्न आवश्यक पर्दछ । अतः पाठकलाई अंक विज्ञानको बरोमा प्रमुख अवधारणाको जानकारी दिँदैछु।
अंक ० देखि ९ सम्मका अंकलाई मूलांक भनिन्छ, जसलाई मिलाएर संख्या बनाउन सकिन्छ
मूलांक:- अंक गणितमा ० देखि ९ सम्मको १० धनात्मक पूर्ण संख्या नै आधारभूत अंक हुन् । यसैको माध्यमबाट अरू सबै संख्याहरू (जुन लाखौँ, अरबौँ हुन्छन्) बनाउन मिल्दछ । फेरि पनि अंक ज्योतिषमा ० संख्यालाई छाडेर १-९ सम्मको आधारभूत संख्यालाई नै मूलांक मानिन्छ ।
अंक ज्योतिषमा मूलांकको तार्त्पर्य अंग्रेजी महिनाको जन्म तारिखको अंकलाई मानिन्छ । यदि कसैको जन्म ३०, जनवरी १९८० मा भएको रहेछ भने,
३ ± ० . ३ मूलांक भयो ।
मूलांक १ र उपयुक्त व्यवसाय:-मूलांक १ को स्वामी सूर्य ग्रह हुन्छ । अतः सूर्यसँग सम्बन्धित व्यवसाय उपयुक्त हुन्छ ।
जस्तै:- सरकारी सेवा, विद्युत् एवं त्यससँग सम्बन्धित नोकरी अथवा विद्युतीय एवं त्यससँग सम्बन्धित सामानको व्यापार, न्युरोलोजी, नाक, कान, गला, हिमोटोलोजी, नेत्र चिकित्सा, शल्यचिकित्सा अथवा अस्पतालमा नोकरी, औषधी व्यापार अथवा औषधी कम्पनीमा नोकरी, प्रयोगशाला, वैज्ञानिक संस्थान, अनुसन्धान केन्द्र एवं आविष्कारसँग सम्बन्धित कार्यहरू, तेल एवं ग्याँस कम्पनीका कार्यहरू साथै राजनीति तथा कूटनीतिमा सफलता मिल्दछ ।

Comments

Popular posts from this blog

शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन