Saturday, October 17, 2009

अरेबिक ज्योतिष

अरेबिक ज्योतिष मुख्यतया मेसोपोटामियन ज्योतिषमा आधारित छ । जब इरान र इजिप्ट मुस्लिम राष्ट्र बने अरबीहरूले इरानी र इजिप्टसीयन ज्योतिष सिद्धान्तको फाइदा उठाए । हिन्दु ज्योतिषहरूले अरबीहरूलाई ज्योतिष विद्या सिकाए र व्रम्हस्फुट सिद्धान्त र खण्डखाद्य जस्ता ग्रन्थहरू अरबी भाषामा अनुवाद गरिए । सन ८१५ मा टोलमीको पुस्तकहरू अरवी भाषामा अनुवाद गरिएपछि क्रमश सन्को तेह्रौं शताब्दीमा ल्याटिन भाषामा समेत अनुवाद गरिए । त्यसपछि अरबीहरूले हिन्दु अंक विद्या सिके र अन्य क्षेत्रमा फैलिँदै गयो । ओमार खैयामले गे्रेग्रोरियन क्यालेण्डरभन्दा अझ बढि शुद्ध क्यालेण्डर निर्माण गरे । अलवरुनीले हिन्दु ज्योतिषका पुस्तकहरू अरवी भाषामा अनुवाद गराएका थिए । इस्लाम शासनपर्ूव हिन्दु ज्योतिष र विज्ञान अरबिहरूकै माध्यमबाट यूरोप पुग्यो । यसरी अरवी र इरानीहरूले पूर्वीय तथा पश्चिमी जगतको बिचमा पुलको काम गरेको देखिन्छ । तिनीहरूले थोर बहुत हिन्दु इरानी र अरबीहरूसँग ज्योतिषशास्त्र सिके । जहाँसम्म हिन्दु र इरानी आर्यहरूको कुरा छ उनीहरूले ज्योतिषको आफ्नै सिद्धान्त प्रतिपादन गरे र आवश्यक पर्दा अरूबाट पनि लिए । पूर्वीय -भारत वर्ष ज्योतिषको कुरा गर्नु पर्दा यहाँ तीन समान्नतर ज्योतिष सिद्धान्तहरू वैदिक जैन यवन हाल आएर एउटै हिन्दु ज्योतिषको नामले चिनिन्छन् ।

No comments:

Post a Comment

Google Search